जनयुद्ध दिवसमा हिमा गाउँपालिकाले दियो सार्वजनिक विदा


जुम्लाको हिमा गाउँपालिकाले फागुन १ गते जुनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार जनयुद्ध दिवसको सम्मान र सम्झना स्वरुपमा सार्वजनिक विदा दिने गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको हो । माघ २८ गते बसेको गाउँपालिकाको बैठकले जनयुद्ध दिवसका दिन (फागुन १) सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष शाहीले बताए ।
फागुन १ गते तत्कालीन माओवादीले युद्ध गरेको दिन, जसलाई जनुयद्ध दिवसको रुपमा माओवादी तथा पूर्वमाओवादीका नेताहरुले मान्दै आएका छन् । २५औं जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले फागुन २ गते सहिदको सम्झना र उनीहरुको सम्मानका लागि सहिद भएका व्यक्तिका नाममा अभिनन्दन र घाइतेलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ । जनयुद्धमा १२ जना सहिद र ८ जना घाइते भएको तथ्यांक रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया