“समृद्धिका लागि व्यवस्था भन्दा चरित्र बद्लिनु पर्छ”


“राष्ट्रको समृद्धि र विकास नयाँ राज्य व्यवस्थाले गर्ने होइन,   यसका लागी नेतृत्वको प्रवृति अर्थात चरित्र बदलिएको हुनुपर्छ 

राजनैतिक दलका नेताहरुमा, अझै भनौ, शासन गर्ने शासकको प्रवृतिमा सिर्जनशिलता, सदाचारिता, इमान्दारिता र नैतिकता रहदैन भने प्रजातान्त्रिक भनौ, वा लोकतान्त्रिक भनौ वा गणतान्त्रिक, कुनै पनि राज्य व्यवस्थाले राष्टलाई समृद्धि र विकासको बाटोमा लैजान सक्दैनन् । लोकतन्त्र एक उन्नत, सभ्य र विकशित राज्यव्यवस्थाको असल चरित्र हो । यसका लागी सभ्य र सुसंस्कृत नागरिक र शासकहरु न्यनतम आवश्यकता हो । यसको अर्थ नेपालमा सभ्य र सुसंस्कृत नागरिक र राजनैतिक नेतृत्व नै छैन भन्न खोजेको होइन । नेपालमा यही लोकतन्त्रका लागी हजारौको बलिदान र संघर्ष रहेको छ । यसबाट आजको यो लोकतान्त्रिक व्यवस्था स्थापना भएको हो ।

यसका सवल र दुर्वल पक्षहरु पनि छन् । लोकतान्त्रिक व्यवस्थाका मालिक ठान्नेहरुले सबल पक्षहरुको भरपुर प्रयोग र अभ्यास गदै दुर्वल पक्षहरुको प्रभाव न्यनिकरण गर्ने तर्फ ध्यान नजाँदा, प्रश्न उब्जीनु कुनै नौलो र अनौठो कुरो पनि होइन । जहाँ भ्रष्ट शासक र नागरिक सचेतना कम भएका जनता हुन्छन, त्यहाँ अभिसाप पनि हुन सक्छ । त्यसैले वरदान वा अभिसाप के बनाउने, त्यो त दल र दलका नेता र सचेत नागरिकको पहलकदमीमा निर्भर रहन्छ ।

राज्य व्यवस्थाका विभिन्न संगठन र निकायमा कायम रहने भ्रष्टाचारजन्य गतिबिधिहरु संरचनागत, नीतिगत र व्यवहारिक रुपमै नियन्त्रण गर्ने प्रयास नहुने हो भने बाध्य भएर जनताले फ्रान्सेली विद्धान भोल्तेयरको भनाईलाई सम्झन बाध्य हुनेछन । उहाँले भन्नु भएको थियो, “हजारौ मुसाहरुले गरेको शासन भन्दा एउटा सिंघले गरेको शासन मन पर्छ ” । अनि जनता त्यस्तो शासकको खोजीमा हिड्ने छन जसले राष्ट निर्माण गर्ने कसमका साथ भ्रष्ट नेता र कर्मचारी नष्ट गर्ने अभियान चालोस । त्यसैले समग्र राष्टको विकास र समृद्धिका लागी नयाँ व्यवस्थाले गर्ने होइन, यसका लागी शासकको प्रवृति अर्थात चरित्र बदलिएको हुनुपर्छ । जनता र राष्टका लागी सत प्रयास गरिएको हुनुपर्छ ।

अर्को कुरो, संविधानले पनि बोलेको कुरा, नेपाल अब क्रमश समाजबादी व्यवस्थामा जानेछ, अर्थात लोकतान्त्रिक मुल्य मान्यता सहितको समाजबादको परिकल्पना गरेको छ । मानव समाजको सर्वोकृष्ट राज्य व्यवस्था नै समाजबादी व्यवस्था हो, जहाँ आर्थिक एवं सामाजिक दृष्टिकोणबाट सवै मानिस समान रहन्छन । सामाजिक न्याय र समानताको प्रत्याभुत गरिएको हुन्छ । घर परिवार, समाज र समग्र राष्टमा सामुहिकताको भावना पैदा गराउँछ । यसका लागी आवश्यक तयारी सरकारको के छ त ? हाम्रो जस्तो अति कम विकशित राष्टको राष्टिय पुँजी अवस्था त्यस्तै हो । समाजबादका लागी त राष्टिय पुजी निर्माण पनि आवश्यक होला ।

शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका आभारभुत आवश्यकताको सहज र सुलभ परिपुर्ति गर्नुपर्ला नि त । अव त्यसका लागी ८० हजारमा आउने कुनै माल सामानमा १ लाख ६० हजार तिरेर कमिशनको खेलबाट राष्टिय पुँजी त निर्माण हुन्छ त ? सरकारको गति र दिशाका सम्बन्धमा कसैले भनि रहन नपर्ला । पछिल्ला विभिन्न प्रकरणबाट प्रस्ट नै हुन्छ । जस्तै ताततातै, सरकारका प्रवक्ताको अडियो प्रकरण ।

त्यस्तै गरी, “म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिदैन” भन्ने प्रधानमन्त्रीका मन्त्रिमण्डलका प्रवक्ताको अडियो प्रकरणलाई अव कुन ढङगले लिने, भलै ठिक छ, प्रधानमन्त्रीको सोच र प्रयास सकरात्मक रुपमा लियौ । तर यस प्रकृतिका घटनाले आम नागरिक प्रतिको विश्वासको अवस्था के रहन्छ । यसबाट नेतृत्वमा शंका पैदा नगर्ला भन्ने अवस्था रहेन । नियन्त्रणात्मक भुमिकामा रहेको नेतृत्वमा यस खालका प्रवृति देखिनुले, कार्यालयमा जाने कर्मचारीका लागी गेटमा “म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिदैन” भन्ने सपथको पनि के अर्थ रहयो र ।

यो देखावटी मात्र शिवाय व्यवहारमा सदाचारिता ल्याउन पुर्णरुपमा असफल नै रहयो । त्यसैले आफुलाई भौतिकबादी ठान्ने, द्धन्द्धात्मक भौतिकबादलाई मार्गदर्शक सिद्धान्त भएको नेतृत्वले आर्दशका गफ बाँडदै हिडने गरेको सोभनिय नहोला । जनताले त मुल्याङन गर्छन नै । मिठा शब्दमा समृद्ध नेपाल सुखी नेपाली जनताले खोजेका होइनन वस्तुगत रुपमा चाहेका हुन । यो पनि नेतृत्वले ख्याल गरिनुपर्छ ।

समाज विकासका आफनै विशिष्टता कायम रहेको हुन्छन् । समग्र समाज विकास र रुपान्तरणकको नेतृत्व गर्ने सवालमा विभिन्न मान्यताहरु स्थापित भएका छन् । यस खालका सामाजिक विशिष्टता र उदयमान मान्यताहरुलाई नेतृत्वले आफना हरेक क्रियाकपाल र व्यवहार मार्फत प्रदर्शन गर्न सक्नुपर्छ । पर्दा पछाडीका भ्रष्टाचार र अनियमिततालाई अबलम्बन गर्ने होइन । राज्यव्यवस्था र यसको सहज सञ्चालनका विषयमा विभिन्न सवालहरु उठेका छन । उपयुक्त समाधान आवश्यक भएको छ ।

राजनीति शक्तिका माध्यमबाट सत्तामा पुग्ने बाटो मात्र होइन । यो राष्ट निर्माण गर्ने, समाजमा शान्ती, स्थायित्व, विकास, सुशासन कायम राख्ने अश्त्र हो । यो आफैमा शक्ति पनि हो । यसले ल्याउने परिणाम नेतृत्वको अशुसुचित मनसाय सहितको प्रयोगमा निर्भर रहन्छ । नागरिकको सुःख शान्ती र समृद्धिका पक्षमा प्रयोग भएमा शक्तिको सदुपयोग, त्यसो नभइ निश्चित व्यक्ति र समुहका लागी प्रयोग भएमा दुरुपयोग हो । नेतृत्वको व्यवहार गतिलो र तागतिलो नभए पछि जनताले विकल्प खोज्छन । यो पनि स्वभाविक हो । त्यसैले राजनीति राष्टको वृहत्तर विकास र जनताको सुखका लागी गरिएको हुनुपदथ्र्यो । नेपाली जनताले त्यो आभास सम्म नपाउनु नेतृत्वका लागी शुभ संकेत भने पक्कै होइन ।

विकास निर्माणका काम कारबाहीमा ऐन, नियम लगाएतका नीतिगत एवं कानुनी व्यवस्था ठुलो समस्याको कुरो होइन । यहाँ समस्या केवल शासकहरुको मनसाय, प्रवृति र व्यवहारको हो । यसको समाधान राजनैतिक दलहरुले असल राजनीतिक संस्कार एवं व्यवहार नै हो । अर्को कुरा, राजनैतिक दलले भ्रष्ट नेता कार्यकर्तालाई कारबाही गरी पार्टीबाट निष्काशसन गर्न सक्नुपर्छ । यसले राजनीतिमा सभ्य, अनुशासित एवं नैतिकवान व्यक्तिले प्रवेश पाउँछन । असल नेतृत्वमा थप उर्जा प्रदान गर्छ ।

विरासत या अन्य भनौ, राज्य व्यवस्था परिर्वतन भए तर नेतृत्वहरुको व्यवहार र प्रवृतिमा नौलोपन भेटाउन सकिएको छैन । त्यस्तै गरी, नागरिकहरुले कुशल, सक्षम एवं क्षमतावान शासक छनोट सक्नुपर्छ । त्यसैले भ्रष्ट प्रवृति र तत्वलाई राजनैतिक बहिष्कार गर्न सकेमा विकास र समृद्धि सात समुन्द्र पारी पनि छैन ।

 प्रेम बहादुर फडेरा
रास्कोट न.पा. ६ कालीकोट
त्रिभुवन विश्वविद्यालयमा एम. ए. (समाजशास्त्र अध्ययनरत)

तपाईको प्रतिक्रिया