प्रतिष्ठानमा योग ध्यान र उत्प्रेरणा शिविर



मानदत्त रावल, जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले योग, ध्यान र उत्प्रेणा शिविर सञ्चालन गरेको छ । विशेष गरी प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी र अन्य सहभागीहरुलाई सकारात्मक उत्प्रेणा जगाउनका लागि यो विशिर सञ्चार गरिएको हो ।

प्रतिनिधि सभाका सांसद गजेन्द्रबहादुर महतले समाजमा सकारात्मक सोचका खाँचो रहेको बताए । उनले भने यो देशको समृद्धि देखि सामाजिक मानसिक रुपमा स्वस्थ्य र तन्दुरुस्त हुनका लागि यस्ता योग शिविर सञ्चालन गर्न आवश्यक छ । विशेष गरी बालकालिका युवा विद्यार्थीहरुमा सानै देखि सकारत्मक सोचका विकास गर्न यो शिविर महत्वपूर्ण भुमिका रहेन उनले विश्वास व्यक्त गरे ।

चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले जनप्रतिनिधिलाई यस्ता योग ध्यान र उत्प्रेरणा जगाउन आवश्यक रहेको बताइन् । उनले भनिन् अहिले धेरै जसो मानिसका मानसिक नकारत्मक सोचले भरिएको छ । समन्वय सहकार्य भन्दा पनि एकले अर्काेलाई विरोध गर्ने भएकाले बढी समस्या हुने गरेको छ । मानिसका नकारात्मक सोचले विकास र निकासमा असर पर्ने भएकाले सवैले यो शिविरमा भाग लिनुपर्ने बताइन् ।
योग, ध्यान र उत्प्रेरण शिविरका प्रशिक्षण शुधन ज्ञावलीले मानिस जहिले पनि सामाजिक मानसिक रुपमा स्वस्थ हुनुपर्ने बताए । उनले भने मानसिक स्वास्थ्य सन्तुलनमा ल्याउनका लागि यस्ता शिविरले महत्वपूर्ण भुमिका खेल्ने गर्दछ ।

दुइ दिनसम्म सञ्चालन हुने योग ध्यान र उत्प्रेरणा शिविरमा योग गुरु शान्त खरेलले पनि सहजीकरण गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्टार विश्वराज काफ्ले बताए । मानिसका सोच बदल्ने र नयाँ उर्जा थप्नका लागि यस्तो कार्यक्रमहरु प्रतिष्ठानले बेला बेलामा गर्दै जाने उनले बताए ।

तपाईको प्रतिक्रिया