कोरोनाबाट बच्न सचेतीकरण, निशुल्क माक्स वितरण


जुम्ला : हिमा गाउँपालिकाको स्वास्थ्य शाखाले कोरोना संक्रमणबाट बच्नका लागि सचेतीकरण गर्दै निशुल्क माक्स वितरण गरेको छ । विश्वमा फैलिएको कोरोना भाइरसबाट सर्तकता गर्दै गाउँपालिकाले पहिलो चरणमा स्वास्थ्य संस्थाका विदामा बसेका स्वास्थ्यकर्मीलाई कार्यालयमा हाजिर निर्देशन गरेको थियो । दोस्रो चरणमा महिला स्वयम् सेविकालाई भेला गरी सचेतीकरण गर्दै निशुल्क माक्स वितरण गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सचेतीकरण गर्दै गाउँपालिकाले १० हजार माक्स वितरण गर्ने योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले बताए । उनले भने महिला स्वास्थ्य स्वयम् सेविका, सार्वजनिक स्थानमा काम गर्ने व्यक्तिहरुलाई र विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षकलाई समेत निशुल्क माक्स वितरण गर्ने तयारी गरिएको छ ।
यसका लक्षण घाटी र टाउको दुख्ने, सय डिग्री भन्दामाथि ज्वरो आउने, सास फेर्न समस्या हुने र रुघाखोकी लाग्ने रहेका छन् भने बच्ने उपाय राम्रोसँग साबुन पानीले हात धुने, घरमा रहदा तथा बाहिर रहदा माक्सको प्रयोग गर्ने, पशुपक्षीबाट टाढा बस्ने, मासु अण्डा राम्रोसँग पकाएर खाने, रुघाखोकी र ज्वरो आएको व्यक्तिसँग नजिक नबस्ने र ज्वरो आउने घाटी दुख्ने भएमा तुरुन्त अस्पताल जाने गर्नु पर्दछ ।
नोबेल कोरोना संक्रमणबाट बच्नका लागि हिमा गाउँपालिकाले उच्च सर्तकता गर्नुका साथै गाउँपालिका भित्रका संस्था संस्थाका विदामा बसेका स्वास्थ्यकर्मीलाई कार्यालयमा हाजिर हुन निर्देशन गरिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाका अनुसार विदामा बसेका स्वास्थ्यकर्मीलाई तीन भित्र कार्यालयमा हाजिर हुन निर्देशन गरिएको बताए । स्वास्थ्य चौकीमा आवश्यक औषधिको पनि पुर्ण व्यवस्थापन गरिएको उनले बताए ।
गाउँपालिका अन्तरगत रहेका स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी स्वास्थ्यकर्मीहरुले तालिम, गोष्ठी सेमिनार र विदामा नजान भन्ने नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय भए अनुसार कार्यन्वयन गर्न गराउन समेत जानकारी गराएको छ ।
अहिले यस गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मी मध्ये ४ जना विदामा रहेको स्वास्थ्य सहसंयोजक मेनका देवकोटाले बताए । उनले भनिन् विदामा बसेका स्वास्थ्यकर्मीलाई जानकारी गराएका छौँ । उनीहरु छिट्टै कार्यालयमा हाजिरी हुने छन् ।
बड्की स्वास्थ्य चौकीमा ७ जना स्वास्थ्यकर्मी मध्ये १ जना अनमी विदामा छन् । त्यसैगरी प्रथामिक स्वास्थ्य केन्द्रमा ७ जनामा मध्ये २ जना अनमी विदामा रहेका छन् । महावैपाथरखोला स्वास्थ्य चौकीमा ७ जना मध्ये १ जना अहेब विदामा रहेको सहसंयोजक देवकोटाले बताइन् ।

तपाईको प्रतिक्रिया