सार्वजनिक शौचालय प्रयोग गर्न कार्ड प्रणाली


जुम्ला  : पर्यटकिय शहर जुम्लाको खलङ्गा बजार तर सार्वजानिक शौचालय नहुदा बजारमा आवतजावत गर्ने देखि पर्यटकलाई दिसा पिसाव गर्न समस्या हुने गरेको थियो । जहाँ सदरमुकाम आएका स्थानीयहरु दिसा पिसाब गर्न पनि जुगाड खोलाको किनारमा जानु पर्ने अस्था थियो । नगरक्षेत्रमा बसोबास गर्ने केही विपन्न समुदायको शौचालय बनाउने जग्गा समेत नहुँदा हरेक दिन शौच गर्न पनि खोला किनार, झाँडीमा जानु पर्ने बाध्यता थियो ।
चन्दनाथ नगरपालिका बजार क्षेत्रका सयौँ स्थानीय अहिले पनि शौचालय बिहिन छन् । आर्थिक अभाव भन्दा पनि जगाा नभएर बजार क्षेत्रका अधिकांश विपन्न समुदायको शौचालय छैन् । जसलाई केहि समय अघिसम्म दिसापिसाब गर्न खोला किनारकै भर थियो । तर बुधबार देखि खलंगामा एक नमुना शौचालय प्रयोगमा ल्याएको छ ।
नगरक्षेत्रका स्थानीयलाई शौचालयको प्रयोगका लागि कार्ड प्रणाली लागु गरिएको उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताए । उनले भने, बजारमा सार्वजनिक शौचालयको अभाव विगत देखि थियो जसले गर्दा नागरिकले सास्ती पाएको कुरालाई मध्य नजर गर्दै नमूना र सुविधा युक्त शौचालय निर्माण गरिएको हो ।
स्थानीयलाई मासिक तीन सय रुपैया शुल्क
अध्यक्ष मनियारका अनुसार बजारमा बसोबास गरेका र घर भएकालाई कार्ड सिस्टमले शौचालय प्रयोग गर्ने वातावरण सिर्जना गरिएको छ । जसले सबैले नियमित शौचालयको प्रयोग गर्ने, सरसफाई गर्ने बानी पर्ने विश्वास गरिएको छ । बजार क्षेत्रमा घर भएका स्थानीयले कार्ड मार्फत शौचालय गरे बापत मासिक रुपमा तीन सय रुपैया मात्रै शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
यसअघि जुम्लामा निर्माण भएका शौचालय प्रयोग बिहिन भएका छन् । त्यसैले नियमित प्रयोग हुने बानी व्यवहोरामा समेत सुधार गर्न कार्ड सिस्टम लागु गरिएको हो । कुनै एक व्यक्तिको कार्ड लिएर घरमै बसेका अर्को व्यक्तिले शौच गर्न पाउने छैन् । त्यसैले व्यक्तिले नियमित शौचालय प्रयोग गर्नै पर्ने छ । जसले कार्डको माध्यमबाट नियमित शौचालयको प्रयोग गर्नेको संख्यामा बृद्धि हुने सरसफार्इृमा सुधार हुने लक्ष्य राखिएको उद्योग बाणिज्य संघका अध्यक्ष मनिहारको भनाई छ ।
४० लाख लागतमा शौचालय निर्माण
जुम्ला सदरमुकाम खलंगामा निर्माण भएको नमुना शौचालय निर्माण गरिएको छ । अपांग व्यक्ति, महिला जेष्ठनागरिक, बालबालिकाहरुको पहुँच पुग्ने गरी मैत्रीपूर्ण शौचालय निर्माण भएको हो । शौचालय निर्माणको लागत ४० लाख रहेको छ ।
साविकको शहरी विकास तथा भवन निर्माण सव डिभिजन कार्यालयबाट शौचालय निर्माणका लागि ४४ लाख ६३ हजार २ सय ५० रुपैया प्राप्त भएका थियो । त्यसमा ४० लाख ६२ हजार ४ सय ४४ रुपैयाँ खर्च मात्र खर्च भएको शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष डम्बर खड्काले जानकारी दिइन् । बाँकी बजेट बैंकमा मौज्दात रहेको छ ।
चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले कर्णालीमै सुविधा सम्पन्न शौचालय बनेको दाबी गरिन् । यद्यपी भोलीका दिनमा नागरिक मैत्री शौचालय हुन सकेन् भने तत्तकाल नियमन गरिने बताईन् । अब बजारमा आउने हरेक उपभोक्ताले सहजै रुपमा शौचालय प्रयोग गर्न पाउने समेत उल्लेख गरिन् । नगरपालिकाले पनि गुठिको जगा लिजमा लिएर अर्को नमुना शौचालय निर्माणको तयारी गरेको जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया