मृत्युदाबी बीमा रकम हस्तान्तरण



जुम्ला ः चन्दननाथ नगरपालिका – ४ कार्कीवाडाका धनबहादुर सुनारलाई मृत्युदाबी बीमा रकम हस्तान्तरण गरेको छ ।
एशियनलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्ला शाखाले मृत्युदाबी रकम फागुन २९ गते हस्तान्तर गरेको हो । गत माघ १३ गते धनबहादुरकी पत्नी सानुमाया सुनारको घर लिप्ने माटो कोर्नेक्रममा माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको थियो । सानुमायाको माटोको ढिस्कोमा परिएर दुर्घटनाबाट निधन भएकाले बीमा गरेको रकम हस्तान्तर गरेको शाखा प्रबन्धक बीरबहादुर भण्डारीले बताए ।
मृत्युदाबी कार्यक्रमको आयोजना गरी चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवाल मार्फत १० लाख ४२ हजार ९ सय २४ रुपैयाको चेक हस्तान्तरण गरिएको उनले बताए ।

बीमा अभिकर्ता भगवती थापाले ०७६ भदौँ १५ गते सानुमाया सुनार र उनका पति धनबहादुर सुनारको दम्पतीप्लस बीमा योजना ५ लाख ८ हजार रुपैया बीमाङ्कको बीमा गरेका थिए । मृत्यूदाबी कार्यक्रममा चन्दननाथ नगरपालिका – ४ का वडाध्यक्ष जगदिश चौलागाई एशियनलाईफ इन्स्योरेन्स क.लि जुम्ला शाखा प्रबन्धक बीरबहादुर भण्डारी, बि.एम भगवती थापा, कालीबहदुर बुढा अभिकर्ता, बिमीत, पत्रकारहरु, स्थानीय सर्बसाधारणको सहभागीतामा मृत्युदाबी बीमा रकम हस्तान्तरण गरिएको जनाएको छ । ।

बीमित तथा मृतक सानुमाया सुनारको मृत्युमा कम्पनीले दिएको मृृत्युदाबी रकमले आश्रित परिवारलाई र्आिर्थक राहत भएकोले मानिसले आफ्नो क्षमता अनुसारको बीमा गर्दा आफु हुँदा आफैलाई र नहँुदा आश्रित परिवारलाई आर्थिक सहायता मेयर सेजुवालले बताइन् ।

कम्पनीले देशभर शाखा र उपशाखा गरी १ सय ३५ स्थानबाट बीमा सेवा प्रदान गर्दै आईरहेको र देशकै दुर्गम स्थान कर्णालीको जुम्लामा शाखा २०७६ माघ २९ गते सिँजाको नराकोटमा उप शाखा स्थापना गरी जीवन बीमा सेवा प्रदान गर्द आएको एशियनलाईफ इन्स्योरेन्स जुम्ला शाखा प्रबन्धक बीर बहादुर भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया