एसइई परीक्षा ः जुम्लामा एक मात्र महिला केन्द्राध्यक्ष


जुम्ला ः चैत ६ देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि जुम्ला जिल्लामा एक जना मात्र महिला केन्द्राध्यक्ष नियूक्ति भएकी छन् । एक नगरपालिका सहित सात गाउँपालिकामा कुल १६ वटा परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्दाध्यक्ष नियूक्त गरिएको जिल्ला परीक्षा समन्वय समितिका सदस्य सचिव तथा शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए ।
चन्दननाथ माध्यामिक विद्यालयका मावि शिक्षक समृता बुढालाई जनता माध्यामिक विद्यालय महतगाउँ परीक्षा केन्द्रको केन्द्राध्यक्ष नियूक्त गरिएको उनले बताए । माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८(संशोधनसहित) बमोजिम परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक माध्यामिक तहका स्थायी शिक्षक भएमा त्यस्ता प्रधानाध्यापक तथा शिक्षकलाई नै केन्द्राध्यक्ष नियूक्ति गर्ने प्रावधान रहेको छ ।
जनता माध्यामिक विद्यालय महतगाउँ परीक्षा केन्द्रमा केन्द्राध्यक्षको रुपमा नियूक्त भएकी समृता बुढाले यस बर्ष सहित पाँच बर्षसम्म केन्द्राध्यक्षको जिम्मेवारी पाएका बताइन् । उनले भनिन् आफैले शिक्षण गरीरहेको विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या हुदैन । तर फरक विद्यालयमा जादा निकै समस्या झल्नु परेको विगत बर्षका अनुभुति रहेको छ ।
अघिल्लो बर्ष कर्णाली माध्यामिक विद्यालय अनामनगरमा केन्द्राध्यक्षको जिम्मेवारी प्राप्त भएको थियो उनले भनिन् त्यहाँ निकै कठिनाई जेल्नु परेको थियो । विद्यालयका शिक्षक देखि अभिभावकले समेत परीक्षा सञ्चालनमा सहयोग गरेनन् । विद्यालयको (अपिस कोठा) प्रशासन शाखा पनि प्रयोग गर्न पाईएन । उनले भनिन् छुट्टै अर्काे कोठामा कार्य सञ्चालन गर्नुप¥यो । सामान्य स्टामप्याड देखि स्टीच पीन समेत बाहिरबाट लिनुपर्ने स्थिति भएको उनले अनुभव रहेको बताइन ।
माध्यामिक शिक्षा परीक्षामा यस वर्ष जुम्लाका २ हजार ५ सय ७३ परीक्षार्थी सहभागी हुने छन् । जसमा छात्र १ हजार २ सय ५६ र छात्रा १ हजार ३ सय १६ जना रहेका छन् । एसइइ परीक्षा तयारी पुरा भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया