एसईई परीक्षा स्थगित


सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।

बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।

एसइईको परिक्षा दिन घरबाट कोठा लिई तमतयार रहेका तातोपानी २ का दिपक परियारले परिक्षा स्थगीत गर्ने निर्णयले आम विद्यार्थीको मनस्थितीमै धक्का पुग्ने बताए । स्थगीत गर्नै थियो भने एक हप्ता पहिला गर्नु पर्ने उनले थपे, सरकारको अदुरदृष्टि निर्णयले गर्दा टाढाबाट आई कोठा लिएका, परिक्षाको सबै तयारी गरेका विद्यार्थीको मनस्थितीमा समेत असर परेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया