भैरब माबि नराकोटको डकुमेन्ट्री सार्वजनिक



जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकामा रहेको भैरब माध्यमिक बिध्यालय नराकोटको बृत्तचित्र सार्बजनिक गरिएको छ । २०१७ सालमा स्थापना भएको भैरब माध्यमिक बिद्यालयमा अहिले कक्षा १–१२, १५ महिने कृषि जेटिए र ३ बर्षे वाली बिज्ञानको पठान पाठन भईरहेको छ । यस बिद्यालयले गरेका उपलब्धी, हालको शैक्षिक वातावरण विभिन्न सुबिधाको वर्णन डकुमेन्ट्रीमा देखाइएको छ ।

पत्रकार मोहन बिक्रम शाहीले छायांकन र निर्देशन गरेको डकुमेन्ट्रीको विहिबार भैरब मावि नराकोटमा अबिभाबक, बिद्यार्थी र जनप्रतिनिधिको उपस्थितिमा सार्वजनिक गरिएको हो । सिजा गाउँपालिका सामाजिक शाखा प्रमुख नवीन शर्माले डकुमेन्ट्री बिद्यालय क्षेत्रमा बनाईएको यो डकुमेन्ट्री कर्णालीकै पहिलो प्रयास भएकाले बिद्यालय प्रति सरोकारवाला सबैको जिम्मेवारी थप बढेको बताए ।

करिब चार लाख रुपैयाँ खर्चमा बनाईएको डकुमेन्ट्रीमा बिद्यालयको भौगोलिक वातावरण प्रस्ट देखाइनुका साथै बिद्यालयलाई अघि बढाउन योगदान गर्ने स्थापना काल देखि हालसम्मका अबिभाबक, बिब्यास र प्रधानाध्यापकको धाराणा राखेका छन् ।

https://www.youtube.com/watch?v=6HzP_4OAj8M&feature=share&fbclid=IwAR1M3SnlwhBsgQf6nFMqq6PNe5zHE0S9GohqEmhKdgxIR2LJix2akPTJlWM

 

तपाईको प्रतिक्रिया