कोरोना बिरुद गाउँगाउँमा सचेत जोगाउँदै पातारासी गाउँपालिका


सागर परियार ।

पातारासी गाउँपालिकाले नोवल कोरोना भाईरसबाट त्रसित नहुन तथा संक्रमण हुनबाट बच्न गाउँगाउँमा सचेतना अभियान संचालन गरेको छ । विश्व व्यापी माहामारीका रुपमा फैलिएको कोरोनाबारे नागरिकलाई सचेत गराउन गाउँगाउँमा अभियान चलाईएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

उनका अनुसार पहिलो दिन बिहिवार गाउँपालिकाको पूर्वमा पर्ने १,२, र ३ वडाका तल्फी, परे, छुमचौर लगायतका गाउँमा कोरोना भाईरसबाट बच्ने उपायका बारेमा सिकाईएको छ । कोरोनाबाट वचन तथा बचाउन सम्पुर्ण तयारी तिब्र भैईरहेको अध्यक्ष बोहोराको दाबी छ ।

पालिकाभरीका ७ वटै वडाका करिब २७ वटा गाउँ बस्तीमा पुग्ने गरि अभियानै संचालन गरेको प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । स्वास्थ्यकर्मि सहितको टोली लिएर गाउँगाउँ सर्वसाधारणहरु कोरोनाबाट बच्ने उपाय तथा यसको मनोबैज्ञानिक त्रासलाई कम गर्न परामर्श समेत गरिएको बुढ्थापाको भनाई छ ।

गाउँमा पर्चा पम्पलेट समेत वितरण गरिएको छ । भने पाएक पर्ने वडाका आधारमा पातारासीमा रहेका चार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिलाई परिचालन गरिएको छ ।  स्वास्थ्यकर्मि,गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडासदस्य लगायत सम्पुर्ण टोलीनै गाउँगाउँमा पुगेर स्थानीय संग कोरोना विरुदको छलफल तथा परामर्श गर्दै आएका छन् ।

शौचालय गईसकेपछि,फोहोर छोएपछि, साबुनपानीले अनिवार्य हात धुन,गाईबस्तु संग टाढा रहन, माछा मासु राम्ररी मात्र पकाएर खान समेत सिकाईएको छ । गाउँघरमा स्वास्थ्य भन्दा बढी काममा ध्या दिने, पशुचौपायकै रेखदेख अधिकांश समय बिताउने भएकाले पनि गाउँगाउँमा सचेतना अभिायन संचालन गरिएको हो गाउँपालिका अध्यक्ष बोहोराको भनाई छ ।

गाउँपालिकाले हेल्थ डेक्स राख्ने देखि गाउँगाउँमा चेतना फैलाउने अभियान थालेकोले कोरोनाको त्रासबाट बिचलीत नहुन समेत आग्रह गरेका छन् ।

२५ जना भन्दा बढी भेला नहुन सरकारले निर्देशन गरिसकेकाले गाउँघरमा हुने कुनै मेला पर्व, उत्सव समेत नगर्न सुझाब दिएका छन् । भने, पातारासीमा रहेको कर्णाली ईन्च्युटलाई आईसोलेसन बनाउने समेत तयारी भएको छ ।

तपाईको प्रतिक्रिया