चैत मसान्तसम्म प्रतिष्ठानका सबै शैक्षिक कार्यक्रम बन्द


 जुम्ला ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका सम्पुर्ण शैक्षिक कार्यक्रमहरु बन्द भएका छन् । विश्व व्यापी माहामारीका रुपमा फैलिएको नोवल कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्य नजर गर्दै प्रतिष्ठानका सम्पुर्ण शैक्षिक कार्यक्रम बन्द भएको रजिष्टार विश्वराज काफ्लले जानकारी दिए ।

नेपाल सरकारको कोरोना संक्रमरण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको चैत ५ गते निर्णय बमोजिम निर्देशन भए अनुसार आज देखि सबै शैक्षिक कार्यक्रम बन्द भएका हुन् । आगामी चैत मसान्त सम्मका लागि प्रतिष्ठानमा संचालित शैक्षिक कार्यक्रम, परिक्षाहरु, तालिमहरु, फिल्ड तथा क्लिनिकल पोष्टीङका कार्यक्रम बन्द भएको प्रतिष्ठान शैक्षिक प्रशासनले जानकारी दिएको छ ।

कोरोनाको संक्रमणबाट बच्नका लागि त्रास भन्दा पनि व्यक्तिगत तथा वाताबरणिय सरसफाईमा ध्यान दिन चिकित्सकले सुझाब दिएका छन् । भने, जुम्लाका कोरोना संक्रमित भेटिएको खण्डमा तत्तकाल उपचार गर्ने गरी  १५ बेड छुटाइएको छ ।

तपाईको प्रतिक्रिया