ज्वरो नाप्ने थर्माेस्क्यान नहुदा समस्या


जुम्ला ः सिंजा भेगमा पर्ने हिमा गाउँपालिकाले हेल्थ डेस्कसहित ६ स्थानमा क्वारेनटाइन स्थापना गरेको छ । तर हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्माेस्क्यान नहुदा चेकजाँचमा समस्या भईरहेको छ ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार (नन्टच) थर्माेस्क्यान खरिद गर्नका लागि धेरै ठाउँ पहल गरियो तर पाउन सकिएन । उनले भने जोखिम मोलेर भएपनि अहिले स्वास्थ्यकर्मीले काखीमुनि च्यापेर ज्वरो नापचाँज भईरहेको छ । हिमा गाउँपालिका सिंजा भेग र मुगु जिल्ला जाने प्रवेशद्धारमा पर्दछ ।
यहाँका बासिन्दा अहिले कोरोना भाइरसको त्रासले भारतबाट धेरै जिल्लामा आउने गरेका छन् । बाहिर जिल्लाबाट आउने जोसकै व्यक्तिलाई अहिले सहजै आफ्नो घरभित्र जानदिएका छैनौ अध्यक्ष शाहीले भने उनीहरुलाई पहिला क्वारेनटाइनमा राख्ने गरेका छौँ ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाका अनुसार विद्यालयमा क्वारेनटाइन स्थापना गरेका छौँ । अहिले मानु मावि पाथरखोलामा ५ जना र राहदेव मावि मोफ्ला क्वारेनटाइनमा १९ जनालाई राखेका छौँ । क्वारेनटाइनका लागि स्थानीय स्तरबाट जुटाउन सक्ने खाने बस्ने लत्लाकडा सवै व्यवस्थापन भयो तर ज्वरो नाप्ने थर्माेस्क्यान नपाउदा समस्या भएको उनले बताए ।
स्थानीय प्रशासन, प्रदेश सरकार, संघीय सरकार र सरोकारवाला निकायलाई (नन्टच) थर्माेस्क्यान व्यवस्थापनका लागि पहल गरिदिन अनुरोध गरिएको हिमा गाउँपालिकाले जनाएको छ । स्थानीय तहमा अहिले अहेव बाहेक अरु माथिल्लो दक्ष चिकित्सक नभएकाले पनि समस्या भईरहेको जनाएको छ ।
पातारासी गाउँपालिका स्थित क्वारेनटाइनमा पनि ६ जना व्यक्तिलाई राखिएको छ । गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराका अनुसार उनीहरुलाई ज्वरो र खोकी छैन तर भारतको हिमालचल प्रदेशबाट आएका हुनाले क्वारेनटाइनमा राखिएको हो । गाउँपालिकाको हेल्थ डेस्कमा पनि (नन्टच) थर्माेस्क्यान भएकाले समस्या भएको उनले बताए ।

बच्चाको आइसोलेसनमा उपचार
जुम्लाको सदरमुकाम स्थित कर्णाली प्राविधिक शिक्षालयमा स्थापना गरिएको क्वारेनटाइनमा दुई जना व्यक्तिलाई राखिएको थियो । उच्च ज्वरो र निरन्तर खोकी लागीरहेका दुई जना व्यक्तिलाई क्वारेनटाइनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डाक्टर मंगल रावलले बताए । बुधबार राती एक जना बच्चालाई क्यारेनटाइनमा राखिए पनि ज्वरो नरोकिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भईरहेको निर्देशक डाक्टर रावलले बताए ।
जुम्लाका एक यूवालाई कोरोनाको आशंकापछि क्वारेनटाइनमा राखिएको छ । सिंजाका ३२ वर्षीय एक यूवालाई क्वारेनटाइनमा राखिएको हो । भारतको कास्मीरबाट आएको करिब ११ दिनपछि चेकजाँच गर्दा उच्च ज्वरो र निरन्तर खोकी लागेपछि क्वारेनटाइनमा राखिएको थियो उनका अनुसार उनी युवालाई विगत सात दिनदेखि निरन्तर उच्च ज्वरो र तीन देखि खोकी लागेको थियो ।
२५ सय यात्रुको चेकजाँच
यसैगरी अहिले बाहिरवाट जिल्लामा भित्रने व्यक्तिहरु धमाधम आउने भएकाले जाँच गरेर मात्रै पठाईने गरिएको छ । जुम्लामा प्रवेश हुने विन्दु नाग्ममा तीन दिनमा २ हजार ५ सय जनाको चेकजाँच गरिएको छ । केही त्यस्तो समस्या भएमा स्वास्थ्य जाँच गर्न समेत सूचना जारी गरिएको छ । स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डा. धिरज गुरुङको नेतृत्वमा टोली खटाएर सम्पर्क गर्न भनिएको छ ।
जुम्ला विमानस्थल र जुम्लाको प्रवेशद्धार नाग्ममा हेल्थ डेक्स स्थापना गरिएको छ भने कर्णाली प्राविधिक शिक्षालय जुम्ला सय वेडको क्वारेनटाइन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २० वेडको आइसोलेन को व्यवस्थापन गरिएको छ ।
कोरोना परीक्षण सेन्टर आवश्यक
कर्णाली प्रदेशका हिमाली जिल्लाको जुम्ला भौगोलिक दृष्टिकोणले केन्द्रविन्दुमा रहेको छ । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएकाले हिमाली जिल्ला कालिकोट, मुगु, डोल्पाका विरामी यहाँ उपचार गर्न आउने गर्दछन् । अहिले कोरोना प्रभाबले साविक कर्णालीका नागरिक भारतबाट गृह जिल्लामा भित्रिने क्रम बढ्दो रहेको छ ।
कोरोना भाइरल फैलिएको भारतबाट कर्णालीमा आउने नागरिकको संख्या बृद्धि भएकोले यहाँको संक्रमण फैलिने सम्भावना बढी रहेको प्रतिष्ठानका निर्देशक डाक्टर रावलले बताए । उनले भने यहाँ कोरोना परीक्षण गर्नका लागि काठमाडौँ पठान एम्बुलेन्स दुगुराउनु प¥यो वा हवाई फलाईट गर्नुको विकल्प छैन । यसले गर्दा पनि यहाँ कोरोना परीक्षण सेन्टरको आवश्यकता परेको हो उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया