तातोपानी गाउँपालिकाका ३२ सय घरधुरीलाई मास्क र साबुन वितरण


सागर परियार । 
यहाँको तातोपानी गाउँपालिकाले कोरोना भाईरसको रोकथामका लागि माक्स र साबुन वितरण अभियान संचालन गरेको छ । पालिकाभरीका ८ वडाका करिब ३२ सय ६८ घरधुरीलाई साबुन र १६ हजार ९ सय जनालाई मास्क वितरण गरिएको छ । ती मध्य १,२,३,४,५ र ७ का सयौ नागरिकलाई मास्क घरमै गएर वितरण गरिएको तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले जानकारी दिए ।

देशमै स्यानीटाईजरको अभाव छ । स्वास्थ्यकर्मीलेनै पाएको अबस्था छैन् । कोरोनाबाट बच्ने उत्तम उपायमध्य साबुन पानी पटक पटक हाँत धुनु भएकाले पनि घरघरमा गई हातधुने चरण सिकाउँदै साबुन वितरण गरिएको तातोपानीका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाँईले बताए । लकडाउनको पुर्ण पालना र पटक पटक साबुन पानीले हात धोएको खण्डमा कोरोना भाईरसको संक्रमणबाट सजिलै बच्न सक्ने दाबी गरे ।

मास्क वितरण संगै लकडाउन अवधिमा अति विपन्न परिवारको अबस्था हेरी खाद्यन्न आपुर्तिमा समेत जोड दिईने पालिका अध्यक्ष नवराज न्यौपानले बताए । जिल्लामै सबैभन्दा बढी ५० बेड क्यारेन्टाईन् तयार गरेको तातोपानीले कोरोना संग जुद्न आबश्यक प्रतिकार्य योजना पनि बनाईसकेको अध्यक्ष न्यौपानेको दाबी छ ।

भने, अध्यक्ष न्यौपानेसहितको टोली तातोपानीको ७ र ८ वडाका ताम्ती क्षेत्रमा २० बेडको क्वारेन्टाईन तयार गर्न, मास्क र साबुन वितरण गर्न गईसकेको लेखाअधिकृत मिलन बुढ्थापानले जानकारी दिए । आफै उत्पादन गरेका तथा केहि सर्जिकल मास्क गरी ३२ सय घरधुरीका १६ हजार ९ सय जना परिवारको हातहातमा वितरण गरिएको छ ।

६ नम्बर वडाध्यक्ष विशाल खड्कका अनुसार घरघरमै गएर मास्क वितरण संग कोरोनाबारे सजग गराइएको छ । सबै पालिकामा १० बेडको क्वारेन्टाईन व्यवस्थापन तथा फोहोर फाल्न डष्टबीन समेत गाउँपालिका ८ वटा वडामै व्यवस्थापन गरेको छ ।

त्यस्तै हिमा गाउँपालिकाले पनि पालिकाभरीका १३ सय घरधुरीलाई साबुन र मास्क वितरण गरेको छ । विपन्न परिवारको आबश्यकतालाई मध्यनजर गरी घरमै नुन चामल नेत पुराउने व्यवस्था गरिएको हिमा गाउँपालका अध्यक्ष रज बहादुर शाहिले बताए ।

कोहि कोरोना संक्रमित भेटिएको खण्डमा पालिकाले निशुल्क उपचार गर्ने समेत निर्णय भईसकेको छ । हाल हिमा गाउँपालिकामा मात्रै भारतबाट आएका ४६ जनालाई क्वारेन्टाईनमा राखिएको प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया