‘लकडाउन’ कहर ः बजार सुनसान, खाद्यन्नको जोहो गर्न गाउँ डुल्दै स्थानीय


जुम्ला –कोरोना संक्रमकणको रोेकथामका लागि सरकारले गरेको ‘लकडाउन’ प्रभाव बजारमा मात्रै देखिएको छ । साहेत यो समग्र देशैको अबस्था हो । ‘लकडाउन’ को अर्थ जहाँ छौ त्यहि बसौ, अत्याआवश्यक काम बाहेक घर बाहिर नआउ भन्ने हो । विडम्बना ‘लकडाउन’ले जुम्ला सदरमुकाम मात्रै सुनसान छ ।
भने गाउँमा सर्वसाधरणलाई खाद्यन्न जोहोकै पिरलो छ । दोष कट् गर्नका लागि भएपनि गाउँका सबै सर्वसाधारणले मास्क भने नियमित प्रयोग गरिरहेको पाइएको छ । तर गाउँमा विपन्न समुदाय खाद्यन्न जोहो गर्न बाध्य भएर अन्य सचेतनाको अभावले ‘लकडाउन’ पालनामा लापरबाहि गरिरहेका छन् ।

भारत तथा तेस्रो मुलुकबाट आएका मान्छे खुलेआम घुमिरहेका छन् । यसको अर्थ गाउँघरका नागरिकलाई चामल, पिठोकै जोहो गर्न ‘लकडाउन’ उलंघन गर्न बाध्य भएका हुन् । अब स्थानीय सरकारलाई खाद्यन्न पुर्ति गर्न तथा ‘लकडाउन’ प्रभावकारी कार्यान्वयनका लागि खाद्यन्न वितरणमा ध्यान पुराउन आबश्यक देखिन्छ । खाद्य संस्थानमा चामल मौज्दात भएपनि लकडाउनका कारण बजार आएका लिने अबस्था छैन् ।
नागरिक समाजका अध्यक्ष राज बहादुर महत भन्छन, तेल छैन्, खाद्यसंस्थानमा एककटी चामलका लागि वडाको सिफारिस सिस्टम गरेको छ । नागरीहरु बजार आउनु भन्दा गाउँमा खाद्यन्नको जमेहो गर्न बाध्य छन् । जौ, गौको पिठो पिस्न यहाँका ग्रामिण एकगाउँदेखि अर्को गाउँमा पुग्ने गरेको छन् ।
स्थानीय महिला ‘लकडाउन’ हाम्रै लागि भएपनि घरमा खाने कुरा अभाव । भोको पेटलाई ‘लकडाउन’को कुनै मतलब छैन् । स्थानीय सरकार तथा नेताहरु मास्क र साबुन मात्रै ल्याएर आउँछन् । भोको पेट भर्नका लागि ‘लकडाउन’को त्रासकै बीच घट् पिस्न जाने बाध्य रहेको ग्रामिण महिलाको दुखेसो उद्रित गर्दै स्थानीय अमृत बुढाथोकी मगरले बताए ।
उनका अनुसार स्थानीयहरु खोला किनार, गाउँमा भेला हुने ‘लकडाउन’ लाई मजाकका रुपमा लिएको पाइएको छ । प्रहरी प्रशासनले ‘लकडाउन’ बजारमा मात्र नभई गाउँघरका स्थानीयले कसरी कार्यान्वयन गरिरहेका छन् अनुमगन गर्न सुझाब दिए ।
‘लकडाउन’को प्रभाव बजार जतिको गाउँमा परेको छैन् । स्थानीय सरकार देखि प्रहरी प्रशासनले खाद्यन्न आपुर्ति देखि ‘लकडाउन’ पुर्ण कार्यन्वयनमा जोड दिए मात्रै कोरोना भाईरसको संक्रमण हुनबाट बच्न सकिने अबस्था छ ।

तपाईको प्रतिक्रिया