थप दुईजनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा कुल ५९ जना कोरोना संक्रमित


नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीका २५ वर्षका एक पुरुष र बाँके नेपालगन्जका ६० वर्षका पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पुष्टि गरे ।

यससँगै देशमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । दुवैजना नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरू दुवैजनाको स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

https://www.nayapatrikadaily.com/news-details/42483/2020-05-01

तपाईको प्रतिक्रिया