नेपालमा थप १० जनामा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या ६९ पुग्यो


काठमाडाौँ ः नेपालमा आइतबार एकैदिन १० जनामा काेराेना संक्रमित भएकाे पुष्टि भएकाे छ । नेपालगन्जका नाै र पर्साका एकजनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको हाे । योसमेत नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा कोरोना संक्रमित भएकामा पाँच पुरुष र चार महिला रहेकाे जानकारी दिए । पर्सामा ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

नेपालगन्जमा काेराेना संक्रमण देखिएकामा सात वर्षीय बालकसमेत रहेकाे उनले बताए । यसअघि त्यहीँका एकजनामा संक्रमण देखिएको थियो । काेराेना संक्रमित १६ जना उपचारपछि निकाे भइसकेका छन् ।

https://www.nayapatrikadaily.com/news-details/42609/2020-05-03

तपाईको प्रतिक्रिया