कर्णालीका ५० जना सहित नानपारामा १५० नेपालीको विचल्ली,उद्दार गरिदिन गुहार


सागर परियार जुम्ला ।

भारतमा मजदुरी गरेर फर्किंदै गरेका १ सय ५० जना नेपाली मजदुर नेपालभारत सिमा रुपैडिया स्थित नानपारामा अलपत्र परेका छन् । कर्णाली प्रदेशका ५० जना सहित अन्यगरी १ सय ५० जना विगत ४५ दिन देखि नानपारामा कष्टकर जीवन विताउन बाध्य भएका छन् ।

डेढ महिनापहिले नेपालगन्ज नाका भएर नेपाल आउन लागेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले रुपैडियाबाट लगेर भारतको बराइच जिल्लाको नानपारा स्थित क्वारेन्टाइनमा राखेको थियो । दुई कोठे नाममात्रको क्वारेन्टाईनमा मास्क,सेनिटाईजर, बसाई व्यवस्थापन बिनै १ सय ५० जना खाँदिएर बस्न बाध्य भएका हुन् ।

नानपारामा अलपत्र नेपाली मजदुरले डेढ महिना बितिसक्दा पनि सामान्य चेकजाँच समेत हुन नभएको गुनासो गरेका छन् । रुदै नेपाली कामदारले स्वदेश फर्किने व्यवस्था मिलाई दिन सामाजिक संजालदेखि फोन मार्फत नेपाली पत्रकारलाई गुहारेका छन् । दैलेख ३६,कालिकोटका ६, जुम्लाका २ र सुर्खेतका ६ जना गरी ५० जना मात्रै कर्णाली प्रदेशका कामदार नानपारामा अलपत्र रहेका छन् ।

त्यस्तै प्रदेश नं.१ को एकजना, प्रदेश नं.२ का हरि बहादुर नामका एकजना, प्रदेश नं. ३ का चित्र बहादु तामाङ एकजना, प्रदेश नं. ४ का विष्णु पौडेल सहित ४ जना, प्रदेश नं. ५ का ४४ जना र ७ प्रदेश नं. ७ का नर बहादुर साहुद सहित ४ जना लगायत अन्य गरी १ सय ५० जना अलपत्र रहेको भारत नेपाली एकता समाज रिकांगपिओका नगर सचिव मिथुन सिंहले जानकारी दिए । उनले भने, अलपत्र नेपाली कामदार फोनमार्फत क्वारेन्टाइनमा नेपालीलाई एक गाँस भातका लागि पनि पर्खिनुपर्ने अवस्था गरिरहेको दुखेसो गरेका छन् ।

कोठामा खाँदिएर बसेका अलपत्र कामदारहरु भन्छन्, सरकारले हामीलाई उद्दार नगरे ‘रोगभन्दा भोग र चिन्ताले मर्ने समेत गुनासो गरेका छन् । कोहलपुर नगरपालिका १ कौशिलानगरका रणसुर खत्रीले भने, निकै कष्टका साथ दिन विताएका छौ । नेपाल आउन आत्तुर छौ, नेपाल आउने वाताराण मिलाइदिनुपर्यो भन्दै रुदै फोन गरेका छन् ।

कैदी जस्तै व्यवहार खेपिरहेका छौ
सुदुरपश्चिम प्रदेशका नर बहादुर साहुले भने, भारत सरकारका कर्मचारीले आफूलाई इच्छा लागेको बेला मात्र हामीलाई खान दिन्छन्, खाना थप्न खोज्दो नमिठो गाली गर्छन, भने, आज सम्म कहिले भरी पेट खाना पाएका छैनौ भन्दै उद्दारका लागि गुहार गरेका हुन् ।

‘न खाना राम्रो छ न त बस्ने कोठा नै, झयाले नभएको कोठामा सासै फेर्न गाह्रो हुनेगरी कोचेकाले मच्छरले टोकेर रातभर सुत्न सकिदैन् गुल्मीका विष्णु पौडेलले पनि दुखेसो पोखेका छन् । ‘सायद यस्तो दयनीय अवस्था त कारागारमा पनि हुन्न होला । उनले भने, कम्पनीले निकालिदिएपछि घर न घाटको भएको नानपारा क्वारेन्टाइनमा रहेका प्रदेश ३ का चित्रबहादुर तामाङले बताए ।

आफूहरुको शरीर सुक्दै गएको भन्दै तामाङले भने, ‘एकातिर चिन्तैचिन्ताले हामी मर्ने भयौँ, अर्कोतिर परिवारका सदस्यको हालत पनि हामीभन्दा कम छैन । कहिले त परिवारको मुखै नदेखि मरिन्छकी भन्ने समेतको डल लाग्न थालेको समेत बताए । नानपारा सहित विभिन्न् क्वारेन्टाईनमा रहेका १ सय ५० जना नेपाली मजदुरको डेढमहिनाको अवधिमा उनीहरुको एक पटक पनि स्वास्थ्य परीक्षण भएको छैन ।

गर्मीका कारण आँखा पाक्ने, चिलाउने, शरीरमा घाउखटिरा आउने, रुघाखोकीजस्ता समस्या देखिए पनि स्वास्थ्यकर्मीको टोली अहिलेसम्म नआएको दैलेखका कल सिंहले बताए । नानपारामा कष्टकर दैनिकी बिताईरहेका सबैले भारतबाट लिएर नेपालकै क्वारेन्टाईनमा राख्न माग गरेका छन् । उनिहरुको खाना बस्न तथा आबश्यक व्यवस्थापनका लागि नेपाली मुल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गरिरहेको छ ।

तस्बिर र जानकारी मिथुन सिंह, नेपाली एकता समाज सचिव, रिकांगपिओ हिमाचाल भारत

 

तपाईको प्रतिक्रिया