थप तीनजनामा कोरोना संक्रमणको पुष्टि, देशभर कोरोना संक्रमित दुई सय ७६ पुगे


कपिलवस्तुका थप तीनजनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५ वर्षीय, ३४ वर्षीय र ४४ वर्षीय पुरुषहरूमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएको हो ।

योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या ४२ पुगेको छ ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

नयाँ संक्रमित तीनैजनाको स्वाब प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा संक्रमण भएको पाइएको मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार बिहानै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा थप संक्रमित फेला परेका दिए।

नयाँ संक्रमितमा बर्दियाको नार्खु– ११ निवासी २८ वर्षीया महिला, सिराहाको सखुवा १९ का ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज– १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर– ४ की १८ वर्षीया युवती र चितवनको राप्ती नगरपालिका– १ की २५ वर्षीया महिला छन्। शनिबार बिहान संक्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

https://www.nayapatrikadaily.com/news-details/43438/2020-05-16

तपाईको प्रतिक्रिया