कोरोना संक्रमित पाँच सय ८४ पुग्यो


काठमाडौँ ः देशमा कोरोना संक्रमितको संख्या पाँच सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमितको संख्या झन्डै ६ सयनजिक पुग्न लागेको जानकारी दिएको हो ।

मन्त्रालयले पछिल्लोपटक ३६ जनामा संक्रमण भेटिएसँगै कुल संक्रमितको संख्या पाँच सय ८४ पुगेको जनाएको हो ।

जसमा बाँकेमा २७, बैतडीमा ४, बर्दियामा एक, झापामा एक र सुर्खेतमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये ७० जनाको उपचारपछि घर फर्किसकेका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले देशभर गरी पिसिआर विधिबाट ४५ हजार नाै सय ५७ जनाको परीक्षण गरेको जानकारी दिए ।

त्यसैगरी आरडिटी विधिबाट ८६ हजार दुई सय ३५ जनाको परीक्षण गरेको उनले जानकारी दिए ।

https://www.nayapatrikadaily.com/news-details/43871/2020-05-23

तपाईको प्रतिक्रिया