दैलेखका थप १४ नागरिक कोरोना संक्रमित


जुम्ला  ः कर्णाली प्रदेश दैलेख जिल्लाका थप १४ जना कोरोना संक्रमित पुष्टी भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा स्वाब परीक्षण गर्दा थप १४ जना कोरोना संक्रमित पुष्टी भएका हुन् । यस अघि सुर्खेतमा ३० जना, दैलेखमा १४ जना, एक जना बझाङ र एक जनाको पहिचान पुष्टी नभएको गरी ४६ जना कोरोना संक्रमित पुष्टी भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले सार्वजनिक गरेको थियो ।
नारायण नगरपालिका – ४ दैलेखका २८ वर्ष र २५ बर्ष, ३५ बर्षका पुरुष, ६ नम्बर वडाका ४१ बर्षका पुरुष, ३ नम्बर वडाका ३० बर्षका पुरुष, १० नम्बर वडाका १७ बर्ष र २२ बर्षका पुरुष, २ नम्बर वडाका २१ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यसै गरी सोही नगरपालिका – ८ नम्बर वडाका २० बर्ष र २० बर्षकै पुरुष, ११ नम्बर वडाका २० बर्ष र २७ बर्षका पूरुष, ९ नम्बर वडाका ५० बर्ष र २३ बर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण देखि प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले बताए । उनले भने उनीहरु सबै जना भारतबाट आएको बुझिन आएको छ ।
थप क्रस चेकजाँचका लागि भेरी अस्पताल नेपाल गज्ज पठाउने तयारी भईरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले बताए ।
कर्णाली प्रदेश सरकारले सुर्खेत र दैलेख जिल्लामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएको छ । प्रतिष्ठानलाई माथिल्लो कर्णालीको (जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट) कर्णाली प्रदेशले स्वाब परीक्षण जिम्मेवारी दिएपनि सुर्खेतमा परीक्षणको भार बढेपछि जुम्ला पठाएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले बताए । अहिले सुर्खेतबाट परीक्षणका लागि एक हजार ४० स्वाब आएको उनले बताए । प्रदेशले पठाएको स्वाब मध्ये केही परीक्षण भएर नतिजा प्रकाशन भएको र केही परीक्षण क्रममै रहेको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया