जुम्लामा दुई प्रहरीसहित कर्णालीमा ७५ नयाँ कोरोना संक्रमित थपिए


जुम्ला ः कर्णाली प्रदेशमा दुई सुरक्षाकर्मीसहित ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेतमा ३२ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गरिएका ४३ गरी ७५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । जसमा दुई सुरक्षाकर्मी पनि रहेका छन् । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एकसय ९८ पुगेको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको पछिल्लो पीसीआर रिपोर्ट तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र ३४ वर्षीय दुई पुरुष सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पृष्टी भएको हो । दुई सुरक्षाकर्मीसहित जुम्लामा थपिएका ४३ नयाँ कोरोना संक्रमितमध्य १९ जना जुम्ला र २४ जना दैलेखका हुन् । जसमा जुम्ला हिमा गाउँपालिका–१, ५, ६, ७ का ३६, ६३, २३, २६, २३, ४३, ४६ र ५९ वर्षीय पुरुष, जुम्ला सिंजा गाउँपालिका–३, ४, ५, ६ का २४, २३, २३, २१, २६, १६, ४५, ११, १२, ३४ र २७ वर्षीय पुरुष रहेका छन् ।
दैलेख दुल्लु नगरपालिकाकी २३ र ३० वर्षीया महिलासहित दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । यस्तै सुर्खेतमा परीक्षण गरिएका मध्ये दैलेख १७, सुर्खेत ५ र सल्यान १० जनामा कोरोना पृष्टी भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ ।
कर्णालीमा कुल केरोना पृष्टी भएका एकसय ६६ जनामध्ये दैलेखका ८९, सुर्खेत ३४, सल्यान ३५, जुम्ला १९ (दुई प्रहरी संक्रमितसहित), कालिकोट १८ र मुगुका एक जना रहेका छन् । कर्णालीमा हालसम्म कोरोनाका कारण दैलेखका एक जनाको मृत्यु भएको छ । भने बाजुरा र बझाङ घर भएका दुई जनामा परीक्षणका क्रममा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया