लकडाउन प्रभावित बालबालिकालाई राहत वितरण


जुम्ला ः लकडाउनले विपन्न घरपविारलाई जीवनयापन गर्न समस्या भइरहेको अवस्थामा चन्दननाथ नगरपालिकाको सदरमुकाम खलङ्गा बजारस्थित अशोक नमुना प्रथामिक विद्यालयका विपन्न बालबालिकालाई राहत वितरण गरिएको छ ।
विद्यालयमा दुई सय अध्ययनरत बालबालिका मध्ये दोस्रो चरणमा ५० जना विपन्न बालबालिका छनोट गरी पोषणयूक्त आहारा एक÷एक क्वारेट अण्डा, हर्लिक्स, सावुन र घरमा पढ्नका लागि बालकथाका किताब राहत स्वरुप उपलव्ध गराएको हो । मानवता फाउण्डेसन क्यानडा, श्रीसत्य साई बाबा भजन केन्द्र जुम्ला, कर्णाली स्पोर्ट क्लव र अशोक नमुना प्रथामिक विद्यालयको समन्वयमा बालबालिकालाई राहत वितरण गरिएको हो । पहिलो चरणमा पनि बालबालिकालाई यसरी नै ५० जना बालबालिकालाई राहत वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्कीका अनुसार कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले देश नै लकडाउन (बन्दाबन्द) गरेपछि सवै विद्यालय बन्द छन् । बालबालिकाको पठनपाठन प्रभावित भइरहेको छ । उनले भने “मानव जातीको हितका निमित्त अहिले यसबाट बच्नका लागि लकडाउन उपयुक्त नै छ ।” बालबालिकामा मनोसामाजिक असर परेको के कस्तो परेको छ र उनीहरुलाई मनोविर्मश गर्नका लागि छोटो समयमा सामाजिक दुरी कायम गरी राहत वितरण गरिएको उनले बताए ।
यस्तै राहतसँग बालबालिकाका आमालाई सुरक्षित महिनावारीका लागि दुई÷दुई प्याकेट सेनटरी प्याड पनि वितरण गरिएको जनाएको छ । बालबालिकालाई राहत स्वरुप विस्कुट पनि उपलव्ध गराएको अध्यक्ष कार्कीले बताए ।

तपाईको प्रतिक्रिया