कर्मचारीको सेटिगंमा ल्याएको बजेट प्रति सांसद महतको आपत्ति


विजय रावत, जुम्ला ः नेकपाका सांसद गजेन्द्र बहादुर महतले सरकारले अघि सारेको आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि तिब्र असन्तुष्टि जनाएका छन् । यो बजेटलाई कर्मचारीको सेटिगंबाट चलाएको बजेटको संज्ञा दिदै उनले यसले जनताको माग सम्बोधन गर्न नसक्ने टिप्पणी गरे ।
आइतबारको प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा आफ्ना धारणा राख्दै सांसद महतले यस्तो बजेट ल्याउन मन्त्री नै नचाहिने कर्मचारीले नै ल्याउन सक्ने बताए । सांसदहरुलाई बजेट बनाउन कतै पनि समावेश नगरिएको भन्दै उनले सरकार बनाईसकेपछि सांसदहरुलाई घर पठाएर सरकारले हस हजुर भन्ने कर्मचारीसँग मिलेर बजेट ल्याए हुने बताए ।
’नयाँ मन्त्रीहरु आएपछि बजेट सुल्टो बनाउलान् भनेको हुन सकेन । यत्तिको बजेट ल्याउन त मन्त्री हैन सचिवले ल्याउन सक्थे । माननीयले आफ्नो कार्यक्रम बजेटमा पार्न गुटको सेवा गर्नु पर्छ कि के गर्नुपर्छ । यो त माननीयको बजेट नै छैन । कर्मचारीले सेटिगंमा ल्याएको बजेट जस्तो छ,’ संसदमा बोल्दै उनले भने, ’बजेट बनाउदा माननीयसँग औपचारिकता निभाउन मात्र छलफल गर्ने र उता छुट्टै डिल हुदो रहेछ । शिक्षामा देखियो । विद्युतीय गाडीमा कर बढ्यो । चकलेटमा कर घट्यो । त्यहाँ पनि पक्कै केही छ ।’
सांसद महतले थपे, ’अहिलेको बजेट पुरा दलालहरुले चलाएको, कर्मचारीले चलाएको गुटबाट चलेको बजेट छ ।

तपाईको प्रतिक्रिया