लकडाउनमा तातोपानीका २ सय ६३ लाई रोजगारी


सागर परियार

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण उद्योग कलकारखाना सबै बन्द छन् । जसले गर्दा काम गरेर खाने विपन्नहरुको रोजीरोटीनै खोसिएको छ । काम गर्न नसक्ने अशक्त बृद्ध,विपन्नलाई राहतको अभाव देखि यूवालाई रोजगारी अभावले लकडाउनको मारमा लाखौ नागरिक परेका छन् । तर तातोपानी गाउँपालिकाले लकडाउनको अबस्थालाई मध्यनजर गर्दै यूवालाई रोजगारी र पहिचान गरी अति विपन्नलाई राहत उपब्ध गराएको छ ।

लकडानले अति विपन्नको रोजगारी गुमेको छ । भने अधिकांश यूवा जनशक्ति काम विहिन भएका छन । कोरोना त्रासले घर फर्किएका हजारौ यूवा काम विहिन हुन् । तर यो बीचमा यूवालाई रोजगारी दिन सकिने प्रयाप्त सम्भााना हुँदा सबै स्थानीयतह कोरोनामै केन्द्रित छन् । तर तातोपानी गाउँपालिकाले कोरोना नियन्त्रण संगै लकडाउनका बीच २ सय ६३ जना यूवालाई रोजगारी प्रदान गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट लकडाउनले रोजगारी खोसिएका अति विपन्नलाई रोजगारी दिइएको रोजगार संयोजक सरिता शर्माले बताईन् । उनले भनिन, “चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५३ लाख ८८ हजार बजेट आएको थियो । पालिकाले अति विपन्नलाई मात्र रोजगारी उपलब्ध गराउने निर्णयगरे अनुसार कार्यक्रम शुरु भएको छ ।

पालिकाका ८ वटै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भएको उनको भनाई छ । भने, उनिहरुले गाउँमा पुल पुलेसा बनाउने, बाटो निर्माण गर्ने,ससिचाई कुलो जिर्माण गर्ने सडक निर्माण लगायतका कामहरु गरिरहेका छन् । कोरोनाको विषम् परिस्थितीमा रोजगारी पाउँदा अति विपन्न यूवा खुसी भएका छन् । लाभग्राहि परिचय पत्र, मास्क, लगायतका सुरक्षा सामाग्री सहित यूवालाई काममा लगाइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए ।

उनले भने, अन्य स्थानीयतह भन्दा तातोपानीले राहत वितरण देखि रोजगारी, क्वारेन्टाईन व्यवस्थापनका विषयमा पृथक ढंगबाट काम गरिरहेको दाबी गरे । भने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन दिएका मध्य (भ्ःक्ष्क्) सूचिकृत बेरोजगार यूवाले मात्र प्रथामिकताका आधारमा रोजगारी पाएका हुन् ।

४४ जनालाई राहत वितरण
जौकला दमाई जसको घरको उत्पादनले ३ महिना धान्दैन । केहि समय अघि श्रीमानको मृत्युपछि एक्लै भएकी उनलाई जारी लकडाउनले परिवार चलाउन हम्य भएको थियो । पालिकाले राहत दिने भन्दै नाम लिएको थियो । उनले भनिन, “जेठो छोरा भारतमा छ, घरमा खाने कुरा सकिनै लागेको थियो ।

तर तातोपानी गाउँपालिकाले घरमै पुगेर चामल नुन तेल दिदा उनि खुसीले मख्ख भई । विपद व्यवस्थापन अधिकृत अंगराज डाँगी विहानै घरमा पुगेर राहतका लागि हस्ताक्षर गराउँदा निकै खुसी भएकी उनलाई विपत्तीमा राहत दिने स्थानीय सरकार आफ्नो लागी भगवान भएको बताउँछिन् ।” उनी जस्तै पिडा भएकी छुमकली कामीलाई पनि घरमै राहत दिँदा खुसी छन् ।

उमेर ६० नाघि सकेकी उनलाई लामो लकडाउनले विहान बेलुका छाक टार्न धौधौ थियो । तर पालिकाले घरमै राहत पुराउँदा दंग छन् । जौकला र हिराकली मात्र हैन तातोपानी गाउँपालिकाका ४४ जना अति विपन्न नागरिक अहिले राहत पाउँदा खुसी छन् । राहतका लागि ८ वटै वडाबाट सिफारिस भएका ११ सय जना मध्य आबश्यकता पहिचान गरी पारिवारिक अबस्था हेरी ४४ अति विपन्नलाई मात्र राहत दिएको विपद व्यवस्थापन अधिकृत अंगराज डाँगीले बताए ।

उनले भने,“हचुवाको भरमा राहत दिँदा विवाब आउने र बास्तविक विपन्न छुट्ने समस्या देखियो,
त्यसैले अति विपन्नलाई मात्र पहिलो चरणमा राहत दिँदा प्रभावकारी देखिएको छ ।” साथै तातोपानी गाउँपालिकामा हाल सम्म जम्मा ६८ जा क्वारेन्टाईनमा बसेका छन् । भने, आईतबार मात्र करिब ७६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता पठाइएको तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाँईले बताए ।

 

तपाईको प्रतिक्रिया