नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो


कोरोना भाइरसको संक्रमण भएका थप दुईजना पुरुषको निधन भएको छ । योसमेत नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५ वर्षीय एक पुरुष र ललितपुरको पाटन अस्पतालमा ५० वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा ८ असारमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनी निमोनिया र मधुमेह रोगबाट पीडित थिए ।

ललितपुरको पाटन अस्पतालमा बिहीबार ५० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवन घर भएका उनको पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण भएको थियो । गौतमले उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गरिँदै आएको जानकारी दिए ।

https://www.nayapatrikadaily.com/news-details/46098/2020-06-25

तपाईको प्रतिक्रिया