कम्यूनिष्ट आन्दोलनका अगुवा नेता रोकायाको निधन (२०३२ सालदेखिको राजनीतिक इतिहास)


मानदत्त रावल, जुम्ला


चन्दननाथ नगरपालिका – ८ रोकायावाडाका पुराना पाका कम्यूनिष्ट नेता कालीबहादुर रोकायाको ६४ बर्षकै उमेरमा निधन भएको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार दिउसो निधन भएको हो । शुक्रबार साँझदेखि विरामी परेका नेता रोकायाको ह्दयघातका कारण निधन भएको अस्पताल स्रोतले जानकारी गरेको पूर्वराज्यमन्त्री तथा नेकपा कर्णाली प्रदेश सदस्य बलबहादुर महतले बताए । उनले भने रोकायाको अन्त्यष्ठि आइतबार गरिने तयारी गरिएको छ ।
२०३० सालमा नेपाल कम्यूनिष्ट पार्टीको पहिलो पटक स्थापना भएपनि रोकाया २०३२ सालदेखि पार्टीको सदस्य भएका हुन् ।

पूर्वराज्य मन्त्री महत, तत्कालिन वन मन्त्री भक्तबहादुर रोकाया, तोयानाथा योगीलगायतका व्यक्तिले जुम्लामा कम्यूनिष्ट पार्टी जुम्लामा स्थापना गरेपछि रोकाया २०३२ सालमा पार्टीमा जोडिएका थिए ।
२०३५ सालमा सोही पार्टी नेपाल मजदुर किसान संगठनमा परिणत भयो । पुर्वराज्य मन्त्री महतले भने हामी सवै सोही पार्टीमा जोडियौँ । मजदुर किसान संगठन २०४७ सालमा नेकपा माले पार्टी जुम्लामा आएपछि अरु सार्थीहरु मालेमा गएपनि रोकाया २०५१ सालसम्म मजदुर किसान संगठनमै बसेर काम गरे । नेता रोकाया २०४९ सालमा मजदुर किसान संगठनबाटै तत्कालिन तलिउम गाउँ विकास समितिको अध्यक्षसमेत निर्वाचित भए, पुर्वराज्य मन्त्री बलबहादुर महतले बताए ।
पुराना कम्यूनिष्ट नेता रोकाया नेपाल कम्यूनिष्ट पार्टी मालेपछि २०५२ सालमा नेकपा एमाले पार्टीमा प्रबेश गरेका हुन् । नेकपा एमाले र नेकपा माओवादी पार्टी एकता नहुदा अधि नेता रोकाया एमाले पार्टीको जिल्ला सचिवालय, जिल्ला कमिटि सदस्य भएर काम गर्दै आएका थिए । नेकपा एकतापछि रोकायालाई जिल्ला कमिटि सदस्यमा पार्टीले मनोनित गरेपनि उनले जिल्ला कमिटि सदस्यबाट राजीनामा गरेर नेकपा संगठित सदस्य भएर काम गर्दै आएका थिए । यसअघि स्थानीय शान्ति समितिको सहसंयोजक र छोटो समयमा सुकुम्बासी आयोगको जिल्ला अध्यक्ष समेत भएको नेता रोकाया अहिले चन्दननाथ नगरपालिका – ८ स्थित भैरब माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए ।
पार्टीले मनोनित रुपमा जिल्ला कमिटि सदस्यमा ल्याएपनि पुर्वराज्य मन्त्री महतले भने पार्टीले सहि मुल्यांकन गर्न नसकेको भन्ने बुझाई भएर नेता रोकायाले सदस्यबाट राजीनामा दिएका होलान् ।
पुनारा पाका इमान्दार कम्यूनिष्ट नेता कालीबहादुर रोकायाको निधनप्रति दुःख व्यक्ति गरिएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले बताए । उनले भने कम्यूनिष्ट पार्टीले इमान्दार कुशल नेता गुमायो । उनलाई पार्टीले कहिले पनि मुल्यांकन नगरेरै आज निधन भयो । जुम्ली कम्यूनिष्ट पार्टीको इतिहासमा हामीले फरक नेताका रुपमा चिनेका थियौँ तर पार्टीले चिनेन । पार्टीले राजननीतिक रुपमा कुनै पनि अवसर नदिएरै उनको निधन भयो ।

तपाईको प्रतिक्रिया