‘श्रीमतीकै उत्प्रेरणाले सरकारी जागिर भए’


संघर्षको उपनाम हो मिनल बुढ्थापा । नाम मिलन भएपनि ईन्टर लेवल पढ्दै गर्दा बाबाको मृत्यु भएपछि आफ्नो साहाराबाट बिछोड हुनुपर्यो । साँझ विहान खाना पकाउने र भाडा माझेरै बाल्यकाल विताएका बुढ्थापा यतिबेला नेपाल सरकारको लेखाअधिकृत जस्तो उच्च वहोदामा कार्यरत छन् । जीवन संघर्ष, लगायतका विषयमा सहकर्मी सागर परियारले तातोपानी गाउँपालिकाका लेखाअधिकृत मिलन बुढ्थापा संग गरेको कुराकानीको सार ः

जीवनलाई कसरी लिनु हुन्छ ?

जीवन संघर्षको उपनाम हो । यो पृथ्वीमा संघर्ष गर्नका लागि नै रहेक नागरिकले आमाको कोख बाट जन्म लिन्छन् । तर सबैको जीवन संघर्षशील नहुन पनि सक्छ । तर तनाव र अभावका बीच जीवनलाई सफल बनाउन संघर्ष गर्ने मध्य म पनि एक हुँ । धेरैले आफुलाई पृथ्वीको बोझ भनेर चित्रण गर्दछन् ।

त्यसलाई म गलत ठान्छु, जीवन धर्तीका लागि बोझ हैन् बरदान हो । सास रहुन्जेल सफलता प्राप्तीका लागि संघर्ष गर्नुपर्दछ । अनि मात्र जीवनको अर्थ पत्ता लगाउन सकिन्छ । मेरो जन्म २०४५ साल भदौ ११ गते भयो । त्यसपछि संघर्ष दिन शुरु भए ।

आफ्ना कार्य अनुभव सुनाउनोस न ?
कार्य अनुभव त धेरै छैनन् । तर पहिला यातायात व्यवस्था कार्यालयमा काम गर्थे । जहाँ लाईसेन्स वितरण गर्ने,कार्यालयको आन्तरिक कामकाज हुन्थ्यो । अहिले तातोपानी गाउँपालिकाको लेखाअधिकृतमा कार्यरत छु ।

यहाँ कार्यालय सहयोगी देखि हाकिम सम्मको काम गर्नुपर्छ । विगतको भन्दा जिम्मेवारी बढी भएर पनि होला । अलि कार्यबोझ धेरैनै हुन्छ । असार तिर राती १२÷१ बजे सम्म पनि काम गर्नुपर्ने हुन्छ । यस्तै छन् अनुभव गर्दै सिक्दै नागरिकको सेवा छिटो छरितो गर्ने प्रयासमा छु ।

बाल्यवस्थामा केहि लक्ष्य थिए भन्न मिल्ने ?
अबश्यक पनि, लक्ष्य थिए । २०६१ सालमा एसएलसी पास भए । त्यसपछि ओभरसियर पढ्ने ठुलो धोको थियो । तर आईकम पढियो । त्यसपछि पनि क्याम्पसतिर पढाउने, बैंकतिर जागिर गर्ने लक्ष्य राखेको थिए । बिबिएस पढ्दै गर्दा बिवाह हुन पुग्यो ।

घरको एक्लो छोरा भएकाले पनि परिस्थितीले २०६४ सालमा बिवाह गरे । भविष्यमा लक्ष्य बदलिन्छ भन्ने कल्पना थिएन् तर पछि गएर सरकारी जागिरे भए ।

त्यसो भए उत्प्रेरणको सा्रेत कसलाई भन्नुहुन्छ ?
क्याम्पस पढ्दै गर्दा लभ परेको थियो । उनीसंगै बिवाह भयो । जसले मेरो बाल्यकालको लक्ष्यलाई मोडेर सरकारी जागिरमा होमिन साथ सहयोग उत्प्रेरणा जोगाईन् । मेरी श्रीमतीको उत्प्रेरणा, आमाको मायालेनै म आज सरकारी जागिरे भएको छु । बुबा वन रक्षक थिए । जाडरक्सी बढी खाने भएकाले तलब कहिले बच्थेन् । हुँदाहुदै २०६३ सालमा बुबाको ४१ वर्षको उमेरमै मृत्यु भयो । जतिबेला म ईन्टर पढ्दै थिए । कलिलै उमेरमा विधुवा भएकी आमा मेरैे आश भरोसामा बसेर माया दिनु भयो । आमाको त्यो माया र संघर्ष झनै उर्जा दियो । त्यहि उर्जा आज म यहाँ पुगे ।

त्यसपछि २०६४ सालमा बिवाह भएपछि हामी काठमान्डौ गएका थियौ । मलाई थाहा नदिई श्रीमतीले नासु टयूसन कक्षामा फर्म भरेर पढ्न बाध्य बनाईन् । म नासु पढ्दै गर्दा श्रीमती जागिरे थिईन् । उनकै सहयोगमा पढेर परिक्षा दिँदा दुईपटक सम्म असफल भए । तर पनि श्रीमतीले हार नखान भन्दै उत्प्रेरणा र साथ दिईराखिन् ।

अन्ततः तेस्रो पटक लेखापालमा सिफारिस भए । आमाको माया र संघर्ष, श्रीमतीको साथ र उत्प्रेरणाले नै जीवन सफल भएको अनुभूति भएको छ । अहिले श्रीमती जिल्ला समन्वय समिति जुम्लामा नासुका रुपमा कार्यरत छन् । घरमा आमा २ छोराछोरी र अम र श्रीमती गरी ५ जनाको खुसी परिवार छ । खुसी र सफल जीवनको भागेदार श्रीमती दुर्गा स्वाँर र आमानै हुन् । त्यसैले म छाती फुलाएर भन्छु “मेरो जीवनको आईडलनै आमा र श्रीमती हुन् ।”

बाल्यकाललाई कसरी सम्झीनु हुन्छ ?
मेरो बालकाल अरु भन्दा निकै फरक ढंगबाट बित्यो । घरको एक्लो छोरा बाबा, आमा र म मात्रै थियौ । बुबाको वन रक्षक जागिर थियो । आमा खेतीपाती बेस्थ हुन्थीन् । दिउँसो स्कुल जाने विहान बेलुका खाना पकाउने र भाडा धुदै मेरो बाल्यकाल बित्यो । अरु जस्तो साथी संगी संग घुम्न जाने खेल्न जाने,रमाईलो गर्ने समयनै पाईन् । घरको परिस्थितीलेनै मलाई बाल्यकालदेखि संघर्ष गर्न सिकायो, मेहनत गर्न सिकायो ।

त्यतिबेला त निकै झयाउ लाग्थ्यो । तर विगतको संघर्षलाई अहिले स्मृतीमा ताजागरी हेर्दा एक सफल व्यक्ति बन्न त्यो संघर्ष पनि निकै कम गरे जस्तो लाग्छ ।

विगतको धेरै सम्झीने पल केहि छन् ?
हरेक व्यक्तिका आफ्नै कथा कहानी हुन्छन् । जस्ता मेरो पनि छ । प्रया सम्झीने दुइवटा क्षण छन् । जुन एक रमाईलो एक दुखद । दुखद के भने, बुबाको जाडरक्सी खाने बानीले गर्दा ४१ वर्षकै उमेरमा मृत्यु भयो । जतिबेला म ईन्टर पढ्थे । बाबाको मृत्युपछि कसरी पढ्ने कसरी अगाडी बढ्ने भन्ने चिन्ताले निकै तनाब भयो ।

सानैदेखि घरको जिम्मेवारी थपियो जो पल धेरै सम्झीन्छु । त्यस्तै एक सुखद पल के भने, क्याम्पसप पढ्दै गर्दा दुर्गा स्वार नामकी केटी संग माया बसेको थियो । २०६४ साल असार ६ गतेको कुरा हो । हामी भेट्यौ, कुराकानी गर्दा गर्दै साँझ पर्यो । दिनभरी भेटेको सबैलाई थाहा भईसकेको थियो । घर धेरै टाढा भएकाले पुराउन जान सम्भव थिएन । उनलाई तत्तकाल मेरै घरमा ३÷४ घण्टा राखे । तर गाउँमा भगाएर ल्याई सकेको हल्ला चलेछ । मैले ३÷४ घण्टापछि उनलाई घरमै पुराईदिए । तर परिस्थिती प्रतिकुलन भएपछि २०६४ साल ११ गतेनै मेरो बिवाह भयो । यो पल धेरै सम्झीन्छु ।

संघियतालाई कसरी बुझ्नु भएको छ ?

संघियता अधिकारको हस्तान्तरण हो । केन्द्रित राज्य व्यवस्थालाई विकेन्द्रिकृत गर्दै नागरिकको घरदैलो विकास पुराउनु अर्थात संघियताकै भाषा भन्दा गाउँगाउँमा सिंह दरबार आउनु हो । तर संघियता कार्यान्वयनका लागि राज्य आर्थिक हिसाबले सम्पन्न हुनुपर्दछ ।

नेपालजस्तो विकासउन्मुख देशमा संघियत कार्यान्वयन निकै जटिल छ । संघियतालाई टिकाई राख्न आर्थिक समृद्धीका कुरालाई प्रथामिकता दिनु पर्दछ ।

जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध कस्तो छ ?
संघियतापछि धेरै उठेको प्रश्न मध्य यो पनि एक हो । कर्मचारीलाई दबाब दिने कानुन ऐन विपरित चलाउन खोज्ने । त्यस्तै जनप्रतिनिधिलाई कानुन ऐनका नाममा घुमाउने कर्मचारी भएका ठाउँ विबाद होला । तर तातोपानी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधि बीच निकै समधुर सम्बन्ध छ । सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रयासमा छौ ।

केहि सन्देश दिनुहुन्छ पाठकलाई ?
हरेक सफल कर्मचारी,कलाकार,पत्रकार राजनीतिज्ञको पछि रहस्य र संघर्ष हुन्छ । आफु भन्दा शिक्षित विज्ञ, बौद्धिक व्यक्तिबाट धेरैले सिक्नु पर्दछ । मैले पनि मेरो अग्रजहरुबाट धेरै सिकेको थिए । सम्पुर्ण पाठक वर्गलाई के भन्छु भने, आफुलाई धर्तीको बरदान सम्झीनुहोस,धैर्यता,लगनशीलता राख्नुहोस । भने गलत संगत कहिले नगर्नुहोस आफ्नो लक्ष्य प्राप्तीका निरन्तर जुट्नु भयो भने पक्कै सफल हुने दुईमत छैन् ।

तपाईको प्रतिक्रिया