‘गुन्द्रीमै सुतेर बाल्यवस्था बित्यो’


 

स्यांजा जिल्ला पुतली बजार नगरपालिका ५ निवासी शोभाखर रेग्मी हाल जुम्लाको चन्दननाथ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । जीवनका २० वर्ष उनले निजामती क्षेत्रमै बिताईसकेका छन् । २० वर्षे जागिर जीवन संगै बाल्यकालको संघर्ष लगायतका विषयमा हाम्रा सहकर्मी सागर परियारले प्रमुख प्रशासकिय अधिकृत शोभाखर रेग्मी संग गनुए भएको कुराकानीको सारः

जागिरे जीवनका बारेमा केहि भन्दीनुहोस न ?

मेरो जागिरे जीवनको यात्रा २० वर्ष भयो । खरिदारबाट शुरु भएको जागिरे जीवन उपसचिव सम्म आईपुगेको छ । गृहमन्त्रालय, उद्योग बाणिज्य मन्त्रालय हुदै उर्जा मन्त्रालयमा पनि केहि वर्ष काम गरेर हाल जुम्लामा आएको छु । बीचमा कर्मचारीको हितका लागि पनि केहि समाज सेवाको काम गरे । नागरिक सेवामा आफुलाई सर्मित गर्न पाउँदा निकै खुसी छु । तर पनि काम गर्न सहज हुने ठाउँहरुमा अलि खुलेर नमुना गर्न मन लाग्छ । भने कतै गुम्सीनुपर्ने बाध्यता आइपर्दो रहेछ । तथापी जागिरे जीन्दगीको सफर निरन्तर चलिरहेकै छ ।

बाल्यवस्थाको लक्ष्य के थियो ?
सानोमा सबैका नानाथरी लक्ष्य हुन्छन् । त्यो स्वभावैले पनि हो । म ठुलो भएपछि योे बन्छु उ बन्छु भन्ने कुरा हुन्थो । तर मेरो लक्ष्य भनेकै सानै देखि निजामती क्षेत्रमै जाने थियो । लामो संघर्षपछि हुन पनि निजामतीनै भइयो । लक्ष्य माडिएन् ।

त्यसो भए उत्प्रेरणाको स्रोत को हुन त ?
लक्ष्य लिनु मात्रै सबै थोक हैन् । त्यो अनुसार लगानी, त्याग, परिवारको साथ सबैभन्दा उत्प्रेरण दिने हौसला दिने व्यक्ति चाहिन्छ । म निजामती कर्मचारी बन्नुको उत्प्रेरणा भनेकै मेरा दाजुहरु हुनुहुन्छ । म घरको सबै भन्दा कान्छो हु । म भन्दा अगाडी तीन दाई हुूनुहुन्छ सबै जना सरकारी जागिर हुनुहन्छ । अहिले जेठो दाई रिटार भईसक्नु भएको छ ।

म सानो दाईहरुले जसरी पनि निजामती तिरै जानु पर्छ भन्ने कुरामा जोड दिएपछि उनिहरुकै उत्प्रेरणाले गर्दा आज उपसचिव सम्म पुग्न सफल भएको छु । मेरो जीवनको आईडल समेत मेरा दाजुहरुलाई मान्दछु ।

बाल्यबस्थामा केहि संघर्ष गर्नु परेको थियो र ?

जीवन संघर्षको उपनाम हो । यो पृथ्वीमा संघर्ष गर्नका लागि नै रहेक नागरिकले आमाको कोख बाट जन्म लिन्छन् । तर सबैको जीवन संघर्षशील नहुन पनि सक्छ । तर तनाव र अभावका बीच जीवनलाई सफल बनाउन संघर्ष गर्ने मध्य म पनि एक हुँ । धेरैले आफुलाई पृथ्वीको बोझ भनेर चित्रण गर्दछन् । तर त्यसो पनि हैन संघर्ष जसलाई पनि गर्नु पर्दछ । पहिला हाम्रो त्यति सम्पन्न पनि हैन् ।

मलाई विहान बेलुका सधै घाँस दाउरा गर्न जानु पर्ने, त्यतिबेला बत्ति थिएन । बैनबत्तिको साहारामा पढ्नु पर्ने र गुद्रीमै सुतेर रात कटाउनु पने तीन दिनलाई म सधै सम्झीन्छु । गुद्रीमै सुतेर बाल्यवस्था वित्यो । २०३३ सालमा जन्म भएपछिनै मेरा संघर्षका दिनहरु शुरु भएका थिए । संघर्ष अहिले पनि जारी फरक यति उतिबेला अभाव विरुद्ध संघर्ष हुनथ्यो अहिले नागरिकको सेवा संगै बाँकी लक्ष्य प्राप्तीका लागि संघर्ष गर्नुपर्दछ ।
आफ्ना कार्य अनुभव सुनाउनोस न ?

२० वर्ष जागिरे जीवनमा धेरै कार्यअनुमव छन् । सबै भनेर सुनाएर पनि सम्भव नहुन सक्छन् । यसो तपाईको प्रश्न अनुसार विभिन्न मन्त्रालय हुदै यतिबेला साविक कर्णालीकै पहिलो चन्दननाथ ननगरपालिकामा प्रमुख प्रशासकियको रुपमा कार्यरत छु । जुम्ला आउनु पहिले उर्जा मन्त्रालयमा कार्यरत थिए । केहि समय समाज सेवामा पनि बिताए । तर ठाउ परिबेश, जनप्रतिनिधि, उनिहरुको नेतृत्व शैली अनुसार तिता मिठा अनुभवहरु धेरै छन् । यति बेला जुम्लाको छोटो बसाई केहि मिठो केहि तितो भईरहेको छ । धौधौले नागरिकको कामलाई अगाडी बढाईरहेका छु ।
दाम्पत्य जीवनका बारेमा पनि भन्नुहोस न ?
दाम्पत्य जीवन निकै खुसी छ । उच्च शिक्षा पढेर पनि श्रीमती एक असल गृहणाी छन् । मेरो बिवाह २०६४ सालमा भयो । अहिले १ छोरा १ छोरी छन् । उनिहरुको पढाई लेखाई, पालनपोषणका लागि पनि असल गृहणाी भनेकी छन् । मेरो बिवाह भने मागी विबाह भएको हो । परिवारकै सहमतीमा बिवाह भयो । तर जीवन हाल सम्म खुसीकै साथ बितेको छ । जागिरको शिलशिलामा टाढा जानु परेपनि तन मन प्रिय श्रीमती, बालबच्चा जा छन् त्यतै छ ।

संघियतालाई कसरी लिनुहुन्छ ?
संघियता राज्य संचालनका लागि आफैमा एक राम्रो प्रणाली हो । धेरै देशमा संघियता सफल भएका छन् । त्यसका लागि नेतृत्व, आचरण सफा हुनु पर्दछ । तीनै तहका कर्मचारी जनप्रतिनिधि आम नागरिकको जिम्मेवार कर्तव्य निष्ठ भएर अगाडी बढ्ने हो भने संघियता निकै राम्रो हुन्छ । केन्द्रको राज्य व्यवस्था, अधिकार कानुन सबैलाइृ गाउँ सम्म हस्तान्तराण् गर्नुनै संघियता हो ।

तर संघियता कार्यान्वयनका लागि राज्य आर्थिक हिसाबले सम्पन्न हुनुपर्दछ । मैले अघिनै भने सफल नेतृत्व स्वच्छ स्वार्थ विहिन आचरण हुनु पर्छ । अनमिात्र नेपालजस्तो विकासउन्मुख देशमा संघियत कार्यान्वयन हुन्छ । तथापी बैदेशिक ऋणको सहायता, नागरिकको करको भरमा संघियता टिकाउन मुस्किल पर्न सक्छ । अनुदान, व्यवसाय संगै करको दायरा बढाउने, आन्तरिक आम्दानीका स्रोत पहिचान गर्ने जस्ता कुरामा विशेष ध्यान दिन आबश्यक छ । अनि मात्र सघियता सफल हुन्छ ।

कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्धबारे केहि भन्नुहुन्छ ?
देशको विकास र समृद्धीका लागि कर्मचारी र जनप्रतिनिधि बीचको सम्बन्ध नङ मासु जस्तै हुन आबश्यक छ । संघियतापछि धेरै उठेको प्रश्न पनि हो जनप्रतिनिधि र कर्मचारीको सम्बन्धको बारेमा यस सन्र्दभमा जनप्रतिनिधि कर्मचारीले आ आफ्नो क्षेत्राधिकार, काम कर्तव्य र जिम्मेवारीलाई स्पष्ट बुझ्नु पर्दछ आफैमा बिवाद समधान हुन्छ । जनप्रतिनिधि भनेको ऐन कानुन बनाउने पद हो ।

कार्यान्वयन कर्मचारीले गर्ने हो । तर स्थानीय तहमा ऐन कानुन पनि आफै बनाउने स्वयम आफै कानुन विधि विधान र पद्धती विपरित गएर काम गर्न खोज्ने, आफु निर्वाचित हु जनताको भोट पाएर आएको हुँ भन्ने दम्ब जनप्रतिनिधि राख्ने, म पढेर नाम निकाले आएको हुँ भन्ने कर्मचारीको दम्बले नागरिकको सेवा प्रवाहमा असर परेको छ । मुलतः जनप्रतिनिधि र कर्मचारीले आआफ्नो क्षेत्राधिकार अनुसार काम गरेर अघि बढेमा बिवाद हुदै हुदैन् । तर यहि कुरा सम्झाउन तथा बुझाउन मुस्किल छ । यस्तो अबस्था जुम्लामा मात्र नभई दशैभरीको समस्याका रुपमा देखिन्छ ।
अन्त्यमा सफल व्यक्ति कसरी बन्ने ?
सफल भन्ने शब्द उच्चाहरणमा जती मिठो र सजिलो छ प्राप्त गर्नका लागि उत्तिकै कठिन पनि छ । कुनै पनि क्षेत्रमा नाफा घाटाको सोच राख्नु हुदैन् । लक्ष्य बिना मानिस सफल कदापी हुन सक्देन् । लिन त हरेक मान्छेले लक्ष्य लिएकै हुन्छन् । तर सफल थोरै हुन्छन् । कारण हामी आफ्नो लक्ष्यमा लगनशील, प्रतिबद्ध, धैर्यता, मेहनत गरिरहेका छैनो भन्ने बुझिन्छ । त्यसैले धेरै महोत्वकाँक्षी नभए सफल व्यक्तिको जीवन संर्षघलाईलाई अध्यायन गर्ने, बौद्धिक व्यक्तिको संगत गर्ने सबैभन्दा ठुलो धैर्यता राख्ने लक्ष्य प्राप्तीका लागि निरन्तरता दिने यी विषयमा केन्द्रित भएको खण्डमा कोहि पनि व्यक्ति सफल हुनका लागि धेरै समय कुर्नै पर्दैन् ।

तपाईको प्रतिक्रिया