‘शिक्षक बन्ने दौरानमै निजामति भए’


 

हरेक व्यक्ति पिच्छे आ–आफ्नै भोगाई, जीवन संघर्ष, लक्ष्य, फरक किसिमका हुन्छन् । ती मध्य एक हुन हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा । जीवनमा शिक्षक बन्न चाहान्थे तर निजामति हुनुभयो । जीवनमा अभाव झेल्नु नपरेपनि उहाँको जीवन संघर्ष भने निकै रोचक छ । थप विषयमा हाम्रा सहकर्मी सागर परियार गरेको कुराकानीको सार ः

आजभोलीको दैनिकी कसरी बित्दै छ ?
आजभोलीको दैनिक अधिकांश समय कार्यालयकै कामकाजमै बित्ने गरेको छ । विगत ५÷६ महिना पहिले देखि विश्वलाई नै शसंकित बनाउने गरि फैलिएको कोरोना भाइरसको व्यवस्थापन देखि अन्य कामकाज गर्दै दैनिकी बितिरहेको छ ।

बाल्यवस्था कसरी बित्यो ?
छोटकरीमा भन्दा बालवस्था राम्रैसँग बित्यो । किन भने आर्थिक अभाव मैले झेल्नु परेन् । जेजती संघर्ष गरियो पढाईका लागि गरियो । अन्य दुख भने केहि पाईन् । पढाई भने कक्षा ६ देखि ८ सम्म कैलाश मावि फुंग्रमा गरे । त्यसपछि डेढ घण्टाको बाटो हिडेर मावि तहकोे पढाईका लागि भैरब मावि नराकोट गरे अध्यायन गरे । २०५६ सालमा सेकेण्ड डिभिजनमा समेत पास भएको थिए ।

जीवनको लक्ष्य के थियो, के भइयो ?
मेरो मनकै अनि निकै भन्न चाहेको प्रश्न गर्नु भयो । मेरो जीवनको लक्ष्य मेरो बाबाको लक्ष्य भनेकै अगं्रेजीबाट आइएड पास गरी मलाई अंग्रेजी शिक्षक बनाउने थियो । बाबा आफु विद्यालयको प्रधानाध्यापक भएकोले मलाई अंग्रेजी शिक्षक बनोस भन्ने चाहानु हुन्थ्यो । त्यतिबेला बुबाले सुर्खेतमा अंग्रेजी पढाउनु भयो । बुबाकै लक्ष्य अनुसार मेजर अंग्रेजी पढ्दै थिए । तर ख्याल ख्यालमै निजामति कर्मचारी भए । त्यसको निकै रोचक दृष्टान्त छ ।

सुनाउँ हैत, ब्याचलर अंग्रेजीबाट पास गरिसकेपछि स्नातक तह पनि पढ्न शुरु गरे । फष्टडियरको परीक्षाको समय थियो । त्यतिबेला लोकसेवा आयोगले वन कार्यालय सहायक मुखिया तहको विज्ञान खोलेको रहेछ । एकजना मेरो साथीले फर्म लगाइदिनु भएको थियो । परीक्षामा ९ र १० का विज्ञान र गणितका टिक प्रश्न थिए । मलाई लोक सेवा बारे केही थाहा थिएन् । सबै टिक लगाए । त्यतिबेला म विदाको समय भएकाले जुम्ला आएर परीक्षा दिए । पुन पढ्न सुर्खेत तर्फ लागे । विएडको परीक्षा आउदै थियो । सुर्खेतको सिस्ने पुस्तक पसलमा कलम किन्न गएको थिए । त्यहाँ एकजना उदयराम डाँगी भन्ने सर हुनुहुन्थ्यो ।

उहाँले मलाई सर तपाईको लोक सेवामा नाम निस्केको रहेछ भन्नुभयो । महिले परीक्षा तयारी गर्दै जुम्लामा परीक्षा दिएको विर्सिसकेको रहेछु । के को नाम निस्को भने छक्क परे । पछि गोरखपत्र हेर्दा त नाम निस्केर पनि अन्तरवार्ताको समयनै सकिसकेको रहेछ । २०६० सालमा १७ सय भाडा तिरेर जहाजमा जुम्ला आई अन्तरवार्ता गरेर ३ नम्बर म सिफारिस भएर वन कार्यालय जुम्लामा पोष्टिङ भएछु । त्यो पनि मलाई थाहा भएन् । एकजना तिलक आर्चाय दाईले पोष्टिङ भएको जानकारी दिएपछि वन कार्यालयमा जागिर खाए । यसरी निकै रमाइलो तरिकाले ख्याल ख्यालमै लक्ष्य भन्दा विपरित निजामति भए ।

त्यसपछि मलाई निजामति सेवाको असास्दै रस पस्यो । त्यसको ६ महिनामै गाविस सचिवमा नाम निकाले । सह–लेखापालमा नाम निकाले । तत्तकालिन समयमा जनयुद्धको राप र तापले गर्दा पारिवारिक कारणले गाविस सचिवको जागिर खान सकिन् । युद्धले गर्दा परिवार विस्तापित भएपछि जूम्लाको इतिहासमा लोक सेवाको जागिर खादैन् भनेर अन्तवार्तामा सहभागी हु्न्न भनेर लाहा छाप गर्ने व्यक्ति मै हुँ । त्यसपछि २०६५ सालमा शिक्षा तर्फको नासुमा नाम निकाले । १३ महिनाकै अन्तरालमा शिक्षा सेवाको शाखा अधिकृतमा २०६७ सालमा पास गरेर १० वर्ष विभिन्न ठाउँमा कामकाज गरिसेको छु । यसरी मेरो जीवनको लक्ष्य एक सफलता अर्कै भएको छ । सम्झिदा पनि निकै रोचक लाग्छ ।

उत्प्रेरणाको स्रोत कसलाई भन्नु हुन्छ ?
मेरो लक्ष्य मेरो बुबाको लक्ष्य उद्देश्य भनेकै शिक्षक बनाउने थियो । तर म ख्याल ख्यालमै निजामति सेवामा प्रबेश गरे । लक्ष्य परिवर्तन हुँदा पनि विभिन्न आरोह अवरोहका बीच पनि साथ दिने सहयोग गर्ने भरोसा दिने मेरो बुबा श्रीमति र परिवारनै उत्प्रेरणाका स्रोत हुन् ।

दाम्पत्य जीवन ?
मेरो दाम्पत्य जीवन मेरो बाबाको सल्लाह अनुसार भएको हो । मेरो भागी विवाह भन्दा पनि मागी विबाह भएको हो । तत्तकालिन अबस्था कक्षा ८ मा पढ्दै थिईन भने म आइ.एको परीक्षा दिएर आएको थिए । २०६० सालमा बुबाकै सहमती अनुसार मागी विवाह गरे । त्यति बेला मलाई कुनै अभाव त थिएन् । तर रहरै रहरमा त्यतिबेला भारतमा सिलाजीत व्यापार गर्न गए । दुई महिना हिङ सिलाजीत बेचेर ३२ हजार भारु कमाएर ल्याए । हाल दाम्पत्य जीवन निकै खुसीका साथ अघि बढीरहेको सबैको आर्शिवादले नै हो । भारत गएर सिलाजीत बेच्नु मेरो रहर भएपनि जीवनको एक संघर्षको भाग सम्झेको छु ।

बाल्यवस्थाको सम्झिने पल छ केहि ?
हाम्रो सिंजामा हरेक बर्षको साउन महिनाको अन्तिम दिन काँफल खाने भन्ने हुन्छ । पाटनमा सबै काँफल खान निस्कछन् । त्यो दिन तत्कालिन शनिगाउँ, नराकोट र कनकासुन्दरी गाविसका सयौँ यूवायूवतीको भेला हुने भेट गर्ने त्यो पललाई धेरै सम्झिन्छु । अप्रिय पल जीवनमा धेरै नभएपनि व्यवस्थित जीवन बनाउनका लागि भने पढाईमा बढी संघर्ष गरे ।

स्थानीय तहको बसाई कस्तो छ ?
पहिला शिक्षा सेवा तिर काम गरेको मान्छे हु म । संघियता पछि सिंजा गाउँपालिकामा १६ महिना र हिमा गाउँपालिकामा २३ महिना गरी ३९ महिनाको कार्यकाल सफल भएको ठान्दछु । सिंजामा छदा पनि ५ करोडको वायूउर्जा, टेलिफोन विस्तार पालिकाको नाममा करोडौँ पर्ने जग्गा उपलब्ध गराउन पलह गरे । यता हिमा आईसकेपछि जुम्लामै पहिलो नदीजन्य वस्तुको वातावारण प्रभाब मुल्यांकन गरी व्यवस्थित गरे । ३१ किलोवाटको बत्तिको पहल गरे । गत आर्थिक बर्षको बेरुजुमा कर्णालीमै रेर्कड कायम गर्नु लगायतका काम मेरा उपलब्धी हुन् । समग्रमा स्थानीय सरकार सफल भएको छ । अबको यात्रा भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तिरको छ ।

संघियतालाई कसरी लिनु भएको छ ?
संघियता निकै राम्रो व्यवस्था हो । केन्द्रित राज्य व्यवस्थालाई विकेन्द्रीतकृत गरेर जनताका घरघरमा विकास पु¥याउनु अर्थात काठमाडौँको सिहंदरबार घरमा पु¥याउनु राम्रो पक्ष हो । संघियता राज्य संचालनका लागि आफैमा एक राम्रो प्रणाली हो । धेरै देशमा संघियता सफल भएका छन् । आर्थिक रुपमा सक्षम तथा नेतृत्व, आचरण सफा हुनु पर्दछ ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो छ ?
मेरो ३९ महिनाको दुई गाउँपालिकाको कार्यकालमा जनप्रतिनिधि कर्मचारी बीचको सम्बन्धलाई लिएर केहि भन्नु पर्दा हामी सबैले आफ्नो काम कतव्र्य र क्षेत्राधिकार अनुसार अघि बढनु पर्ने हो । तर काम कर्तव्य नबुझेकै कारण मनमुटाव हुने गरेको छ । यो विस्तारै कम हुदैछ ।

सफल कसरी हुने ?
सफल भन्ने शब्द उच्चाहरणमा जती मिठो र सजिलो छ । प्राप्त गर्नका लागि उत्तिकै कठिन पनि छ । आफ्नो लक्ष्यमा लगनशील, प्रतिबद्ध, धैर्यता, मेहनत गर्ने धेरै महोत्वकाँक्षी नभए सफल व्यक्तिको जीवन संर्षघलाईलाई अध्यायन गर्ने, बौद्धिक व्यक्तिको संगत गर्ने सबैभन्दा ठुलो धैर्यता राख्ने लक्ष्य प्राप्तीका लागि निरन्तरता दिनुपर्छ ।
((

तपाईको प्रतिक्रिया