‘ट्यूसन टिचर बन्ने लक्ष्य थियो निजामती भए’


सल्यान जिल्लाको सारादा नगरपालिका १८ निवासी लिला बहादुर भण्डारी सडक डिभिजन कार्यालय जुम्लाको प्रमुखमा कार्यरत हुनुहुन्छ । २०५३ सालबाट जागिरे जीवन शुरु गरेका भण्डारीले लामो संषर्घ र परिश्रमबाट सफलता प्राप्त गरेका हुन् । दर्जनौ देशहरुको भ्रमण, विज्ञहरुबाट लिइएको तालिम र प्रशिक्षणले विकास र समृद्धीका लागि सबैतहबाट खट्नुपर्ने मान्यता राख्दछन् । जीवन संघर्ष,जागिरे जीवन लगायतको विषयमा केन्द्रित रहि पत्रकार  सागर परियारले सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारी संग गरेको कुराकानीको सार ः

आजभोलीको दैनिकी कसरी बित्दै छ ?

आजभोलीको दैनिक अधिकांश समय कार्यालयकै कामकाजमै बित्ने गरेको छ । फेरी वर्षातको समय भएर पनि कर्णाली राजमार्गमा पहिरो गईराख्ने समस्या छ । रातदिन नभनी कालिकोट दैखोलादेखि जुम्ला तर्फका सयौ ठाउँमा गएको पहिरो पन्छाउने, सवारी आवागमनलाई सहज बनाउने यसरीनै दैनिकी बितेको छ । भन्नुपर्यो ।

जागिरे जीवन कहिलेबाट कसरी शुरु भयो ?

मेरो जागिरे जीवनको शुरुवातको कुरा गर्नु हुन्छ भने, २०५३ सालबाट शुरु भएको हो । पोखरामा सिभिल ईन्जिनियरिङ पास गरेर पर्वत जिल्लाको मोदीखोला जलविद्युत आयोजनाबाट जागिर शुरु गरेको हुन । करिब पाँच वर्ष २०५७ सम्म पर्वतमै काम गरे । निर्माण व्यवसायीहरु संगको सहकार्यमा जागिरे जीवन शुरु गरेको हुँ । २०५७ सालमा फन्बोर्ड भन्ने गैससमा १ वर्ष काम गरे । २०५९ सालमा सडक विभाग सुर्खेतलाई कर्मथलो बनाएर काम गरियो । त्यहा पनि करिब ६ वर्ष बिताइयो । २०६४ मै विई पास गरे । ६४ देखि ६८ सम्म पनि पोखरामै काम गरे । त्यसपछि २०६८ मै ईन्जिनियरमा नाम निकालेर २०६९ सालमा बाग्लुङ जिल्लाको कालिगण्डकी करिडोरमा काम गरियो । भने,०७०÷७१ म सडक डिभिजन प्रमुखका रुपमा झापामा काम गरे । २०७२ मा सडक डिभिजन बुटवलमा,२०७४ मा बेलैया बुटवल सडक योजना २०७५ मा मास्टर सके । भने २०७४ देखि ७६ सम्म सडक डिभिजन दाङमा बसेर काम गर्दै गएको माघ महिनाबाट जुम्लाको सडक डिभिजनको प्रमुखका रुपमा कार्यरत छु । यसरीनै मेरो जागिरे जीवनको चक्र अहिले सम्म चलिरहेको छ ।

बाल्यवस्था कसरी बित्यो ?

छोटकरीमा भन्दा बालवस्था निकै सामान्य रुपमा बित्यो । सक्षिप्तमा भन्नुपर्दा बाबा निमावी विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । पछि निजामती सेवामा पनि प्रबेश गर्नुभयो । बाल्य अबस्थामा मेरो बाबाले कुनै कुराको अभाव हुन दिनुभएन् । आफु रातदिन खटेर पनि मेरो उज्वल भविष्यका लागिरहनु हुन्थ्यो । मैले गाउँकै विद्यालयबाट एसएलसी पास गरे । त्यो पनि जिल्लामै तेस्रो स्थान हासिल गरेर पास भएको थिए । आज जहाँ सम्म आईपुगेको छु मेरा बाबाको त्याग संघर्ष सबै जोडिएको छ । मलाई अहिले लाग्छ मेरा बुबा आमाले त्यतिबेला मेरा लागि संघर्ष, लगानी नगरेको भए म यहाँ सम्म पक्कै पुक्थेन् । मेरो बाल्य अबस्थादेखि अहिले सम्मको आईडलनै मेरो बुबा हुन् ।

जीवनको लक्ष्य के थियो, के भइयो ?
हरेक मान्छेका जीवनमा भिन्नै किसिमका लक्ष्य हुन्छन् । लक्ष्य प्राप्तीका लागि दौडिरहन्छन् । म पनि मेरो लक्ष्यका लागि दौडिरहेको एक घोडा जस्तै थिए । म पोखरा पढ्दा त्यतिबेला त्यहा सबैभन्दा बढी कमाउने भनेकै ट्यूसन कक्षा पढाउने शिक्षक मान्थे । महिनामै लाखौका हिसाबले कमाउन्थे ।
मलाई कुनै पनि विषय पढाउन मेरा बुबाको पुर्ण साथ थियो । पारिवारिक अबस्था पनि राम्रै थियो । तर किन किन मलाई ट्यूसन पढाएरै जीवन चलाउने सोच थियो । गणित र विज्ञान विषयबाट आईए पास गरेर ट्यूसन कक्षा संचालन गर्ने त्यहि कमाईबाट जीविकोपार्जन गर्ने ठुलो सपना र लक्ष्य थियो । त्यहि अनुसार म पढिपनि रहेको थिए । यो प्राविधिक लाईन त मैले कुनै कल्पनामा पनि सोचेको थिएन् । एक दिन मेरो मिल्ने एकजना साथी संग भेट भयो ।
उनले ओभरसियर पढ्नु पर्छ भनेर भने सोहि अनुसार पोखराको यूनिभरसिटिमा ओभरसियरमा भर्ना पनि गरिदिए । ख्यालख्यालमै प्राविधिक लाईन तर्फ प्रबेश गरियो । कमाउदै पढ्दै गरेको संर्घष लक्ष्यनै नभएको क्षेत्र सपना नै नबुनिएको क्षेत्रमा आइ पुगियो । कोहि भन्छन् लिएकै लक्ष्य पुरा गर्नुपर्दछ । तर समय परिस्थिती अनुसार आफुलाई बदल्न तथा परिस्थिती अनुकूल बनाउन सक्नु पर्दो रहेछ । आज सम्झीन्छु त्यतिबेला प्राविधिक क्षेत्रमा नआएको भए साहेत के हुन्थ्यो होला ।

उत्प्रेरणाको स्रोत कसलाई भन्नु हुन्छ ?
तपाईले सोधे अनुसारको जवाफ भन्ने हो सबैले आफ्ना आफ्न्त श्रीमती आमा बाबा भन्छन् । त्यो पनि होला । मेरो सफलता संग प्रियजनहरुको पनि सदभाव, सहानुभूति, उत्प्रेरणा होला । तर मुलत म चाहि आफ्नो जीवनको सफलता, चाहि मैले गर्ने कामबाट पाएको प्रतिक्रिया, मैले गरेको कामबाट प्राप्त हुने राम्रो नतिजानै मेरो सफलताको उत्प्रेरणा हो । मेरो कार्यसम्पादनले नागरिक खुसी भए, सन्तुष्ट भएभने मेरोलागि त्यहि उत्प्रेरणा अहिले सम्म त्यसरीनै मेरा कामकाज अघि बढाईरहेको छु ।

तपाईले संघियतालाई कसरी लिनु भएको छ ? के बुझाई
संघियता निकै राम्रो व्यवस्था हो । केन्द्रित राज्य व्यवस्थालाई विकेन्द्रीतकृत गरेर जनताका घरघरमा विकास पु¥याउनु अर्थात काठमाडौँको सिहंदरबार घरमा पु¥याउनु राम्रो पक्ष हो । संघियता राज्य संचालनका लागि आफैमा एक राम्रो प्रणाली हो । धेरै देशमा संघियता सफल पनि भएका छन् । तर मेरो विचारमा थोरै भएपनि संघियता प्रति फरक धारणा छ । राज्यसत्ता विकेन्दीकृत हुनै पर्छ ।
तर नेपालमा संघियताको नाममा विलासीता बढेको छ । विभिन्न विकास निर्माणका योजना तय भने केन्द्रबाटै हुने मात्र स्थानीयतहमा केहि प्रतिनिधि, कर्मचारी आम उपभोक्ता मिलेर ती योजना निर्माण गर्ने प्रावधान हुनु पथ्र्यो । अहिले देशमा तीन तहका सरकार छन् । आफ्नै अनूकुलका कानुन बनाएका छन् । खास विकास भएको जस्तो महसुश पनि नागरिकले गरेको अबस्था छैन् । यहि तरिकाले अघि बढ्ने हो भने, नेपालका संघियता टिकाउन निकै गाह्रो हुने अबस्था देख्छु ।

अन्त्यमा, सफल कसरी बन्ने ?
सफलता भन्ने शब्द उच्चाहरणमा जती सजिलो र मिठो । प्राप्त गर्नका लागि उत्तिकै कठिन पनि छ । यहाँ धेरै मान्छे आफ्नो जीवन लक्ष्यबाट बिमुख भएर विदेशीएका छन् । भौतारिएको अबस्था छ । तर थोरै त्यस्ता व्यक्ति सफल हुन्छन् जो आफ्नो लक्ष्यमा लगनशील, प्रतिबद्ध, धैर्य गर्छन् । धेरै मेहनत गर्ने, अभाव तनावलाई सहन सक्ने धेरै महोत्वकाँक्षी पनि हुनु हदैन् । संगत गर्दा गर्दा धेरै ख्याल गर्ने यस्तै कुरामा जोड दिइयो भने आफ्नो लक्ष्य हरकोहि मान्छेपनि प्राप्त गर्न सक्छ ।

तपाईको प्रतिक्रिया