बिहानीको अरुण हेर्न नपाएका अरुणहरु


अरुण कुमार यादव, कालिकोट

अस्तिकै कुरा हो साँझपख मौसम बिग्रेको जस्तो भयो हामी खान खाने बेला हुन लागेकै थियो हावाको तेज प्रवाहको शितलताले मनमा डर महसुस भयो अर्का साथिले भन्नू भो सर आज खाना छिटो खाउ है र त्यस लगतै हामी, दिनमा घाम नलागेको हुनाले  मोबाईलको  प्रकाशमा खाना खायौं । खाना खाएर सधैंझैँ हामी तिन साथी बसेर अर्काको कुरा काट्न सुरु गर्यो ।

हाम्रो कुरा राजनीतिक विशेषबाट सुरु भयो त्यसपछि आफ्नै कार्यालयको कमि कमजोरीको चर्चा गर्दै हामी आफ्नो जीवनमा आए र गएका प्रेमिकाहरुको धोका त्याग र बलिदानको कुरा गर्यो । एकजना साथिले प्रेमिका सित एकरातको कुरा खुब रमाइलो मानेर सुनाउँदा हामी पनि मख्ख परेर सुनिरहेका के थियो। तेहि बेला ठुलो चट्याङ परेको आवाज आयो र हामी नजिकै रहेको बल्ब फुट्यो चिन्ता तुरुन्तै बढ्यो हाम्रो कि हाम्रो इन्भर्टर त जल्यो कि भनेर तनाब बढेकै बेला बाहिर ठुलो पानी पर्न थाल्यो ।अवस्था, हाम्रो चारैतिर अध्यारो त्यसमाथी ठुलो पानी र बादलको गर्जनले मुटु नै काप्यो । यी घटना भैरह्दा सम्ममा हाम्रो गफ पनि बन्द भयो ।

हामी चुपचाप भयौं ।तेतिकैमा गार्ड भाईले सर माथिबाट पहिरो गएछ भनेर चिच्याउदै आयो हामी सबै जना बाहिर आयो हेर्दा माथिको पूरा बाटो हाम्रो घरमाथी नै आएको छ रातिको बेला पानी परेको बेला कति माटो ढुङ्गा आउँछ अनुमान गर्न निकै गाह्रो भो । गार्ड भाइले सर उता पर बस्नु भनेर सचेत गरिरहेकै बेला माथिबाट फेरि पहिरो आयो ।हामी सचेत भएकै कारणले कुनै किसिमको चोट त लागेन ।

पानी बन्द कति खेर हुन्छ हामी कति खेर सुत्न जाउला भनेर कुर्दा झन्डै रातिको १२ बजे छ एकातिर अनिदो अँाखा अर्को तिर  जिवित बच्ने रहरको बिचमा हामी ३ जना साथी र एकजना गार्ड भाइ बसिरहेम त्यस बाहेकको बिकल्प रहेन । करिब रातिको १२ बजे पानी पर्न रोकिए पछि हामी तुरुन्तै माथिको अवस्था बुझ्न खोज्यो हेर्दा अब सायद पहिरो जादैन होला भनेर ढुक्क जस्तै भएर ओछ्यानमा आयो केही बेर डरले निद्रा लागेन पछि निदाएको छु।

भोलि बिहान आँखा खुलेपछी बाहिर गएर  हेर्दा माथिको पूरा बाटो हामी बसेको घरमा आएको छ त्यो दृश्य हेर्दाहेर्दै भगवान शिव र भगवती दुर्गालाई सम्झे केवल एउटा मात्र भित्ता तल्कालै भत्कैको भए सायाद आजको अरुण बिहानको अरुण कसरी हेर्थ्यो होला । आफ्नो ज्यान बचेको खुशिको पूरा आन्नद लिनै बाकी के थियो रेडियो शुभकालिकाले खबर सुनायो महाबै गाउँपलिकामा पहिरोले पुरिएर छ जनाले ज्यान गुमाए यो समाचारले स्तब्ध बनायो कि एक जना अरुणले होइन आज त छ जना अरुणले बिहानको अरुण हेर्न पाएन्न अकालमा ती सबैले जीवन गुमाउनु पर्ने भयो । त्यसपछि सामाजिक संजालमा भद्र भलाद्मीको समबेदनाको रोइला  सुरु भयो  । म सोचे कि

सामाजिक संजालको रोइलाले सायद अब कोइ पनि जोखिममा पर्दैन  । किनकी समबेदना लेखेपछी त सकिगो नि । आत्माले शान्ती पायो घरले समबेदना अरु के चाहियो र ? जोखिम सकियो भन्नू नै मेरो मुर्खता भयो किनकि त्यो घटनाको लासको आगो चिसिन बाँकी रहँदा तिलागुफामा फेरि अर्को पहिरो गयो र ज्यान गुमाउनेको संख्या करिब १ दर्जन भयो ।फेरि रेडियो, पत्रपत्रिकाले समाचार बनाए भद्र भलाद्मीले सामाजिक संजालमा समबेदनाको रोइला गरे मृत शरिरको आत्माले शान्ती पायो घरपरिवारले समबेदनाको ठुलो भकारी ।

अब यति लेखेको कारणको बारेमा थोरै लेखी लेखको समाप्ती गर्छु -दुर्गम ठाउँ छ पहिरोको जोखिम छ यहाँ बस्ने घर,परिवार,समाज सबैलाई जानकारी छ तर पनि बर्सेनि हरेक ठाउँमा बाढी पहिरोको कारणले हजारौं अरुणको आकाल ज्यान गएको छ । म पनि तेहि भद्र भलाद्मी जस्तै मृत शरिरको आत्माले शान्ती पायोस र शोककुल परिवारले धैर्य धारण गर्ने शक्ति पाउन भन्न बाहेक केही भन्न सक्दैन तर स्थानिय सरकार सित अनुरोध छ कि यसलाई अलिक गम्भीरताले चिन्तन गरून् र सामाजमा जनचेतना मात्र गरेर भएन घरको अवस्था बुझी तुरुन्तै ज्यान बचाउन प्रयास गरौं बिकास त पछि गरे पनि हुनेछ ।

अन्तमा आफुपनी सतर्क राहौ र आसपासका सबैलाई सतर्क रह्ने कुराको जानकारी गराउ मानव जीवन अमुल्य छ आकालमा जाने ज्यान जोगाउ  ।

सम्पुर्ण आकालमा ज्यान गुमाएका मृत शरिरका आत्माले शान्ती पायोस  ।

हार्दिक श्रद्धाञ्जली !!!

तपाईको प्रतिक्रिया