सुरक्षामा मापदण्ड पालना नगर्ने १० व्यापारीलाई चेतावनी


सागर परियार ।

जुम्लाका अधिकांश व्यापारीले सुरक्षा मापदण्ड पुरा नगरी किबेच गरिरहेका छन् । मंगलबार गरिएको बजार अनुगमनमा सुरक्षा मापदण्ड पालना नगरी किनबेच गरेको पाइएको हो । कोभिड रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा मापदण्ड लागु नगर्ने व्यपारीलाई कारबाहि गर्ने चेतावनी दिइएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको नेतृत्वमा जुम्ला सदरमुकाम खलंगा बजारमा गरिएको अनुगमनमा १० जना व्यापारीलाई चेतावनी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताउनु भयो । खाद्य, खुद्रा, फेन्सी तथा अन्य गरी १० व्यापारीलाई सुरक्षा मापदण्डको पालना गर्न सम्झाइएको छ ।

साउन ३१ गते यता जुम्लामा गरिएको निषेधाज्ञा पछि जुम्लामा दैनिक ७ घण्टा बजार खुल्ने गरिएको छ । अत्याआबश्यक बस्तु किनबेचका लागि बजार खोल्न व्यापारीलाई विभिन्न सुरक्षा मापदण्ड अपनाउन निर्देशन गरिएको थियो । दुईमिटरको दुरी कायम गर्ने, अनिवार्य साबुन पानीको व्यवस्था गर्न भनिएको थियो । तर बजारमा सुरक्षा मापदण्ड पालना नभएको भन्ने गुनासो आएपछि प्रशासन र उद्योग बाणिज्य संघ जुम्लाको सहकार्यमा बजार अनुगमन गरिएको होे ।

अतिआवश्यक वस्तु किनबेचको लागी जुम्ला बजार ७ घण्टा खुला गरिएको छ । गत साउन ३२ गते देखी निषेधाज्ञा गरेको प्रशासनले नागरिकलाई खाद्ययन्न अभाव हुन नदिनका लागी अहिले सात घण्टा बजार खुल्ला गरेकोे छ । पसलमा सामान किनबेच गर्दा अनिवार्य रुपमा पञ्जा लगाउनु पर्ने प्रशासनले ब्यापारीका लागि सर्त तोकेको थियो । तर ब्यापारीले प्रशासने तोकेका सर्त पालन नगरे पछि मगंलबार बजार अनगमान गरिएको छ ।

बजारका विभिन्न टोलमा १४ जना स्वयमसेवकलाई परिचालन गरिएको छ । सुरक्षा मापदण्ड पालना गरे नगरेको बारे सम्झाउन १४ जना स्वयम सेवक राखिएपनि व्यापारीहरुले सुरक्षा मापदण्ड पालना गन अटेरी गरेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले अब पसल संञ्चालकले सेवा दिदा पुर्ण रुपमा जनस्वास्थ्य सेवाको मापदण्ड पालना गर्नुपर्ने बताउनु भयो । आईतबारको बजार अनुगमनमा १० जना फर्म तथा व्यक्तिलाई चेतावनी दिएका छौ । पछिल्लो अनुगमनमा पनि सुरक्षा मापदण्ड पालना नगरेको भेटिए सिधै कारबाहि गरिने प्रजिअ थापाको भनाई छ ।

ब्यापारी लाई दुई मिटरको समाजिक दुरीमा गोलो घेराको व्यवस्था गर्नु पर्ने पसल र ग्राहकलाई छुट्याउने गरि डोरीको व्यवस्था गर्न भनिएको छ । बजारमा हिडडुल गर्दा दुई जना भन्दा बढि समुह बनाई हिडडुल गर्न पाइने छैन ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा ,साहयक प्रमुख जिल्ला अधिकारी ओमप्रकास देवकोटा ,उद्योग बाँणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुरी चन्द्र देवकोटा, प्रहरी नायब उपरिक्षक लालबहादुर धामी लगायतको टोलीले बजार अनुमगन गरेको हो ।

तपाईको प्रतिक्रिया