समुदायमा संक्रमण फैलिएपछि जुम्लाको खलङ्गामा पुन ः निषेधाज्ञा


जुम्लाको सदरमुकाम खलङ्गा अर्थात चन्दननाथ नगरपालिकामा कोरोना भाइरस फैलिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले पुन ः निषेधाज्ञा जारी गरिएको छ । मंगलबार एकै दिन चन्दननाथ नगरपालिका क्षेत्र भित्र सर्वसाधारण नागरिकसहित कैदीवन्दी, बैक तथा सरकारी कार्यालयका कर्मचारी र विद्युत प्राधिकरणका कार्मचारी गरी ३९ जनामा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार बुधबार बसेको विपद व्यवस्थापन समितिको निर्णय अनुसार सदरमुकाम खलङ्गा अर्थात चन्दननाथमा अर्को सूचना जारी नहुदासम्मका निषेधाज्ञा जारी गरिएको हो ।
सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिलानदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य सम्पुर्ण गतिविधि पूर्ण रूपमा बन्द गरिएको छ ।
बुधबार आठै स्थानीयतहका प्रमुखको सहभागितामा बसेको विपद व्यवस्थापन समितिको बैठकले कोभिडको संक्रमणबाट जुम्लालाई जोगाउन निषेधाज्ञाको परिचालनाका लागि समुदायस्तरमा सचेतनामुलक कार्यक्रममा जोड दिने समेत निर्णय भएको छ ।
जिल्लाका आठैतहको स्वाब स्वाब परिक्षण गर्ने क्रममा मंगलबार चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४ जना , तिला २ जना, तातोपानीका २ जना, सिञ्जाका १ जना, पातारासीका १ जना, कनकासुन्दरी गाउँपालिका १ जना, पेस नेपालका कर्मचारी १ जना, कृषि कार्यालयका १ जना गरी ३९ जनामा एकै दिन कोरोना संत्रमण देखिएको हो ।
गाउँमा धार्मिक मेला भिडभाड नगर्न निर्देशन गरिएपनि स्थानीयले अटेरी गरेकै कारण संक्रमण गाउँमा फैलिएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए । स्थानीय प्रशासनले संक्रामण रोग ऐन, २०२० को २९२० र स्थानीय प्रशासन ऐन २०२८ को ६ (३०) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

तपाईको प्रतिक्रिया