लकडाउनले सडक निर्माणको करोडौ बजेट खर्च भएन


सागर परियार ।

लकडाउनकै बीच ग्राभेल भएको नाग्मगमडी सडक । तस्बिरःकर्णाली पोष्ट ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी लडकडाउनले गर्दा विभिन्न विकासे कार्यालयको करोडौ बजेट फ्रिज भएको छ । पूर्वाधार विकास कार्यालयदेखि सडक डिभिजन कार्यालयका करोडौ बजेट लकडाउनका कारण खर्च हुन नसकी फिर्ता भएको हो । जसमा सडक डिभिजन कार्यालयमा आएको बजेट मध्य लकडाउनका कारण साढे ३९ करोड बजेट फिर्ता भएको छ ।

गत आवमा सडक डिभिजन कार्यालयमा जुम्ला, कालिकोट, र मुगुमा सडक निर्माण, मर्मत सम्भार,पुल निर्माण, नयाँ ट्रयाक निर्माण ग्राभेल लगायतका शिर्षकमा आएको करिब साढे ३९ करोड खर्च हुन नसकी फिर्ता भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

उनले भने, “विभिन्न ७ वटा शिर्षकमा विनियोजित ८६ करोड ४५ लाख बजेट मध्य कोरोना त्रासका बीच पनि ४६ करोड ९३ लाख ३८ हजार खर्च भएको छ । भने बाँकी ३९ करोड ५१ लख ६४ हजार बजेट कोरोना त्रासले गर्दा चाहेर पनि खर्च गर्न सकिएन् ।”
कोरोना त्रासले गर्दा ३९ करोड विकासे बजेट फिर्ता भएपछि विकास निर्माणमा बाधा भएको छ । तर पनि लकडाउनकै बीच सडक डिभिजनले दर्जनौ योजनाहरु सम्पन्न गरेको छ ।

रणनीतिक सडक मर्मत संभार मुगु, कालिकोट र जुम्ला, शिर्षकका ७ योजना, रणनीतिक पुल निर्माण तथा पुलेसा संरक्षण शिर्षकका ३ योजना, स्थानीय सडक पुल निर्माण अन्तरर्गत २ पुल सम्पन्न,राजमार्ग स्तरोन्नती तथा पुन स्थापना कार्यक्रम अन्तगरर्गत ४ योजना सम्पन्न भएका छन् ।

भने, मनाङ, मुस्ताङ र डोल्पा जुम्ला सडक निर्माण अन्तगरगर्त ४ योजना,नेपालगन्ज सुर्खेत दैलेख बजार महावुलेक गाल्जे भातडी रतडा नाग्मगमगडी सडक शिर्षकका ४ योजना सडक पूर्वाधार विकास कार्यक्रमका ७ वटा योजना गरी जम्मा दुईदर्जन योजना सम्पन्न भएका हुन् ।
साथै भौतिक प्रगती तर्फ सामरिक महत्वका सडक मर्मत सम्भार १ सय ९७ किमी, पूल निर्माण २ वटा, कालोपत्रे तथा सर्वे डे«सिङ १९ किमि, ग्राभेल सडक १७ किमि, नयाँ ट्रयाक निर्माण २७ किमि र सडक चौडा ७४ किलोमिटर गरिएको प्रमुख ईन्जिनियर भण्डारीको भनाई छ ।

चालु आवमा नाग्मगमगडी सडक ग्राभेल
गत आर्थिक वर्षमा नाग्म गमगडी सडकको ग्राभेल,स्तबृद्धिका लागि करिब १४ करोड विनियोजीत थियो । त्यसमा ९ करोड ४८ लाख मात्रै खर्च भयो । तर ठेकेदारहरुकै कारण बीचमा ग्राभेलको काम अलपत्र भयो । १९ किलोमिटर ग्राभेल हुनुपर्नेमा ९ किलो मिटर मात्रै भएको छ ।
प्रमुख ईन्जिनियर लिला बहादुर भण्डारीले भने, “नाग्मगमडी सडकको ग्राभेल तथा सुधारमा ठेकेदार लकडाउनले गर्दा दोहोरो असर पर्यो, तर चालु आवमा नाग्म सडकको ९३ किलोमिटर सडक ग्राभेल गरेरै छाड्छौ । त्यसका लागि ६ वटा ठेक्का भई काम संचालनको अबस्थामा रहेका छन् ।”

दुईलेनको बनाउने लक्ष्य अनुसार नाग्म गमगडी सडकको ४२ किलोमिटर सडक चौडाई बनाएको छ । गत आवमा काम गर्ने सिजनमै लकडाउन भयो । जसले गर्दा बजेट खर्च लक्ष्य अनुसार भएन् तर चालु आवमा बजेट खर्च लक्ष्यअनुसार गरेरै छाड्ने उनको दाबी छ ।
फोटो क्याप्सन ः लकडाउनकै बीच ग्राभेल भएको नाग्मगमडी सडक । तस्बिरः सागर परियार ।

तपाईको प्रतिक्रिया