मार्सीधानामा ब्राउन स्पोट रोग तर उत्पादन नघट्ने



जुम्ला । विगतका वर्षमा प्राय बलाष्ट रोग लाग्ने जुम्ली मार्सीधानमा यस वर्ष ब्राउन स्टोप रोग लागेको छ । आईतबार कृषि विज्ञ सहितको टोलीले तातोपानी गाउँपालिकाका ४ र ५ वडाका मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो । तातोपानी गाउँपालिका कृषि संयोजक धर्मराज आर्चायले भने,“अनुसन्धानका क्रममा फाटफुट रुपमा बलाष्ट रोग देखिएको छ । भने ब्राउन स्पोट रोग मार्सीधानमा अलि बढी देखिए छ ।”

प्रयाप्त सिचाई र नाईट्रोजनको अभावले मार्सीधानमा ब्राउन स्पोट रोग लाग्ने कृषि संयोजक आर्चायले उल्लेख गरे । यदपी, ब्राउन स्पोट रोगका कारण मार्सीधानको उत्पादनमा भने कुनै गिरावट नआउने कृषि विज्ञको भनाई छ । कार्तिक महिना मार्सी भित्राउने समय सम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने बताएका छन् । यतिबेला जुम्लाका पुर्वमा पर्ने विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने छुमचौर र पश्चिममा पहिलो पटक धानखेती भएको लाछु ज्युलोमा मार्सीधान बाला झुलि सकेका छन् ।

तर ब्राउन रोगका कारण उत्पादन नघटेपनि साउनमा वर्षातका कारण ढुवानमा परेका मार्सीखेतहरुको उत्पादन घट्ने चिन्तामा किसान छन् । खेतभरी बालुवा भरिएपछि मार्सीखेत बगरमा परिणत भएका थिए । धान फल्ने बेला बालुवाले खेत भरिँदा उत्पादन सोचे जस्तो नहुने तातोपानीका २ का किसान दत्त बुढाले बताए । उनले भने,“के रोग लाग्यो, के भयो ? भन्ने हामीलाई थाहा हुदैन् । तर यस वर्ष बाढीले खेत डुवानमा पर्दा धानका बाला नै लागेका छैनन् । आफ्नो विगतको भन्दा दोब्बर उत्पादन कम हुने देखिएको छ ।”

जलवायु परिवर्तन कारण स्थानीय बालीमा लाग्ने रोग किरा ब्यवस्थापन तथा उत्पादनमा बृद्धि ल्याउने लक्ष्यका साथ लिबर्ड जुम्लाले हरेक वर्ष स्थानीय धान बाली र सिमी बालीको अनुसन्धान गर्दै आएको छ । जुम्लामा  बिगत एक वर्षदेखि  स्थानीय बाली धान र सिमीको संरक्षण गरी बिभिन्न ठाउँमा बीउ बैंकको रूपमा काम गर्दै आएको छ ।

 

वर्षेनिक मार्सीधानमा विभिन्न खाले रोग किरा लाग्ने गरेका छन् । तर वर्षैपिच्छे हुने अध्यायन अनुसन्धानले मार्सीधानमा लाग्ने रोग किरा नियन्त्रणको दिगो समधान भने अझै हुन सकेको छैन् । गत वर्ष मार्सी संरक्षणका लागि  रुस,इथुपिया,इटली पोखरा लमजुङका दर्जर्ना विज्ञ टोली जुम्लामा पुगेर बिहीबार मार्सीको अनुगमान तथा अनुसन्धान गरिएको थियो ।

जुम्लाको धौलीघाट समुहले १२ वटा प्लटमा  ३५ जातका  स्थानीय धान खेती गरेको छ ।  ३५ जात मध्ये जुम्लामा पाइने कालीमार्सी धान अनुसन्धान कर्ताको रोजाइमा पर्ने गरेको छ । मार्सीधानको खेतीमा आधुनिकरण गर्न अनुसन्धानले टेवा पुराउनेमा विज्ञहरु विश्वस्त छन् । तर हाल सम्म मार्सीको चर्चा जस्तै उत्पादन बृद्धिमा सरोकारवालाले ध्यान नदिएको स्थानीय किसान धन बहादुर बुढाले बताए ।

जुम्लाको चर्चित ब्राण्ड मानिएको काली मार्सी धान खाना स्वादिलो हुने भएपनि मार्सीधानको अनुसन्धान, संरक्षणको सन्दर्भमा परिणाममुखी कुनै काम नभएको समेत किसान बुढाको गुनासो छ ।

तातोापानीका ४ र ५ का धौलिघाट समुहमा १२ प्लटमा जुम्ली मार्सी, चन्दननाथ तीन, तिरासी, चुरेना, पाखोधान, चुरेना क्रस, खच्चे लेखाली, काली, चुरेना क्रस  लाडामाट लगायतका ३५ प्रकारका धानको अनुसन्धान भईरहेको लिर्बडका बरिष्ठ प्राविधिक सहायक सुन्दर रावतले बताए । उनले भने, “कणर्ालीमा पाईने विभिन्न रैथाने बालीको अनुसन्धान गर्न ४ वर्षे परियोजना छ । अहिले दुई वर्ष भयो । अनुसन्धानको नतिजा चारवर्षपछि आउने छ ।” दुईवर्षमा मार्सी र मिक्स धानबीच अनुसन्धान गर्दा मिक्सको उत्पादन मार्सीको भन्दा बढी देखिएको रावतले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया