संविधान दिवसको अबवरमा कोभिड फन्टलाईनरलाई सम्मान


जुम्ला ः पाँचौ संविधान दिवसको अवसरमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको फन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । यहाँको चन्दननाथ नगरपालिकाले संविधान दिवसको अवसरमा सम्मानपत्रसहित दोसल्लाह ओडाएर स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल जुम्लाका रजिष्ट्रार विश्वराज काफ्ले, अस्पताल निर्देशष्क डाक्टर मंगल रावल, डाक्टर धिरज गुरुङ रहेका छन् । त्यसैगरी जनस्वाथ्य सेवा कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रेम सोमाई, आयूर्वेद डाक्टर प्रतिभा शर्मा सम्मानित भएका हुन् ।

चन्दननाथ नगरपालिकाका स्वाथ्य शाखा प्रमुख पृथ्वीनाथ योगी, जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महत लगायत नगरपालिकाले १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।

नगरप्रमुख कान्तिका सेजुवालले आधारभूत नागरिक अधिकार नागरिकताको विवाद पनि अहिलेसम्म सम्बोधन भएको छैन । मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताइन । उनले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्ष चरण सम्पन्न भएकाले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित हुन सबै लाई सबै आग्रह गरिन् ।

जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख कार्मा बुढाले आ–आफ्नो तर्फबाट इमानदार पुर्वक काम गर्न सबैमा आह्वान पनि गरे  । उनले भने नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको हो । संविधानको पुर्ण कार्यन्वयनका लागि कानुन कार्यव्यन निकायको महत्वपूर्ण भुमिका रहने उनले बताए ।

तपाईको प्रतिक्रिया