प्रदेश समृद्धि शान्ति सुरक्षा बिना सम्भव छैनः मन्त्री भण्डारी


सुर्खेत ः प्रदेश सरकारका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षा बिना समृद्धि सम्भव नभएको भन्दै विशेष किसिमको सुरक्षा नीति अपनाइने बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले बुधबार संघको कार्यालयमा ायोजना गरेको शुभकामना तथा सुझाव आदान प्रदानका क्रममा मन्त्री भण्डारीले शान्ति सुरक्षामा कसैसंग सम्झौता नगर्ने दृढता व्यक्त गरे ।

लगानी र व्यवसायी दुबैको सुरक्षाको प्रत्याभूति नभएसम्म लगानी भित्रिन नसक्ने भन्दै मन्त्री भण्डारीले सहकार्यका निजी क्षेत्रले पनि सरकारलाई उचित सुझाव र मार्ग्निर्देश दिनुपर्ने औंल्याए । समृद्ध र सुरक्षित प्रदेश बनाउने सरकारको पहिलो उद्देश्य रहेको भन्दै मन्त्री भण्डारीले प्रदेशस्तरका सुरक्षा योजना र नीति बनाउन नेपाल प्रहरीका डीआइजीको नेतृत्वमा समिति गठन गरिसकिएको जानकारी पनि उनले दिए ।

चुनौतिको चांगबाट समृद्धिको सम्भावना पहिल्याउनका लागि लगानी मैत्री वातावरण बनाउनु पहिलो शर्त रहेकोमा जोड दिंदै उनले भने, ‘तपाईंहरु साथ दिनुस, प्रदेशको मात्र होइन सिंगो देशकै गरिवी मेटाउने सामथ्र्य हामीसंग छ ।’

यस प्रदेशमा लगानी आकर्षित गर्नका लागि ठूला लगानीकर्तालाई कर छुट दिनेदेखि मुनाफाको थोरै हिस्सा मात्रै प्रदेश सरकारलाई बुझाए हुने गरी आपूmले योजना बनाइरहेको जानकारी पनि उनले दिए ।   अरु कसैको सिको गरेर होइन, हामी हाम्रै मौलिक खाका बनाएर समृद्धिको गन्तब्यमा पुग्ने हो । मन्त्री भण्डारीले भने, ‘निजी क्षेत्रले पनि यथास्थितिवादी मनस्थितिबाट माथि उठेर सरकारलाई सघाउनुपर्छ ।’

कार्यक्रममा संघका अध्यक्ष प्रकाश अधिकारीले अझैपनि बन्द, हड्ताल र चन्दा आतंकबाट व्यवसायीले मुक्ति नपाइरहेको भन्दै आन्तरिक मामिला मन्त्रीको ध्यानाकर्षण गराए ।   राष्टिय अन्तर्रा्ष्टियस्तरबाट लगानी भित्र्याउने पहल आपूmहरुले शुरु गरिसकेको जिकिर गर्दै उहाँले अब प्रदेश सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए ।

विगतमापनि लगानी मैत्री वातावरण बनाउनका लागि सरकारले थुप्रै राम्रा नीति ल्याएपनि कार्यान्वयन पक्ष फितलो हुँदा त्यसको प्रत्याभूति निजी क्षेत्रले गर्न नपाएको गुनासो गर्दै अध्यक्ष अधिकारीले भने, ‘अब नीति बनाउने मात्र होइन, प्रभावकारी कार्यान्वयनपनि हुनुपर्छ ।’

व्यवसायीहरुको सुरक्षाका लागि संघको पहलमा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको उल्लेख गर्दै अध्यक्ष अधिकारीले अब सुरक्षा निकायलाई पनि प्रविधिसंग जोड्नुपर्ने आवश्यक्ता औंल्याए ।

यस्तै, प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले अहिलेपनि कर तथा राजस्व बुझाउनका लागि कर्णालीका व्यापारीहरु नेपालगञ्ज धाउनुपर्ने बाध्यता रहेको भन्दै यो समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक नीति बनाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले लगानी आकर्षणका लागि निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै पूर्वाधार निर्माणमा पनि जोड दिन सरकारलाई आग्रह गरे ।

उद्योग उपाध्यक्ष वासुदेव शर्मा तथा कोषाध्यक्ष दीपेन्द्र ढकालले राजधानीका रुपमा रहेको सुर्खेतलाई अन्य जिल्लासंग जोड्ने सडकहरुको स्तरोन्नति गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

संघका महासचिव गोपालकृष्ण गिरीले राजस्व अनुसन्धान र छापा मार्ने नाममा अहिलेपनि व्यापारीहरुलाई त्रसित बनाउने काम राज्यबाट भैरहेको भन्दै सहज रुपले व्यापार व्यवसाय गर्ने वातावरण बनाउन माग गरे ।

कार्यक्रममा कार्य समिति सदस्य भद्र भण्डारी, डाक्टरसिंह गुरुंग, अग्रज व्यापारी हरिश्चन्द चलाउनेलगायतले मन्त्री भण्डारीलाई विभिन्न सुझाव दिए ।

तपाईको प्रतिक्रिया