विद्युत सप्लाई नियमित गर्न उद्योगी,व्यवसायीको एकहप्ते अल्टीमेटम


जुम्ला । जुम्ला सदरमुकाम खलंगा विगत दुई सातादेखि नियमित पुणर् रुपमा लोडसेडिङमा छ । भारतिय ठेकेदारले पावर हाउसमा जडान गरेको मेसिन वारेन्टी समयवधि नसकिदै पटक पटक बिग्रीएपछि विगत दुईहप्तादेखि खलंगा पुणर् रुपमा अध्यारो भएको हो । पहिला एक दिन आउने एक दिन नआउने गरिरहेको खलंगाको बत्ति दुई सातादेखि पुणर् रुपमा आउनै छाडेपछि उद्योगी व्यवसायी आक्रोसित भएका छन् । एकातर्फ लकडाउन र बन्दाबन्दीले ६ महिनादेखि आम्दानी खोस्यो, अर्कोतर्फ भर्खर लकडाउन खुल्यो, बत्ति पुणर् रुपमा नआउने हुँदा दोहोरो मारमा जुम्लाका व्यापारी उद्योगी परेका छन् । भने, करिब ३३ सय उपभोक्ता दैनिक क्यान्डील बालेरै गुजरा चलाई रहेका छन् । यदपी, बत्ति नबालेरै उपभोक्ताले नियमित रुपमा महशुल भने बुझाई रहेका छन् ।

विगत दुई हप्तादेखि निरन्तर खलंगा अध्यारो भएपनि मंगलबार जुम्लाका उद्योगी व्यापारीले विद्युत सप्लाई गर्न एक हप्ते अल्टीमेट दिएका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई जुम्लामा सोमबार अपरान्न ध्यानकर्षण पत्र बुझाइएको छ । उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जबअलि मनिहार,नेपाल घरेलु तथा सना उद्योग महासंघ जुम्लाका अध्यक्ष रामकृष्ण चौलागाई, नागरिक समाज अध्यक्ष राज बहादुर महतद्धारा हस्ताक्षेरित ज्ञापन पत्र प्राधिकणमा बुझाइएको हो । ज्ञापनपत्रमा प्राधिकरण आउनु पहिले उपभोक्ता समितिले गरेको आर्थिक गतिविधिको सार्वजानिक सुनुवाई हुनुपर्ने, एकहप्ता भित्र नियमित बत्ती आउनु पर्ने, लगायतका विषय उल्लेख गरिएको छ ।

यता, नेपाल विद्युत प्राधिकरणले भने उपभोक्ता समितिले जडान गरेको मेसिनमा प्राय समस्या आईराख्ने गरेकाले उपभोक्ताको माग अनुसार विद्युत सप्लाई गर्न नसकिएको बताएको छ । मेसिनको पिएलसी सप्टवयरमा आएको समस्याका कारण खलंगामा भएको लोडसेडिङलाई कम गर्न प्राधिकरणको सिंगो टिम लागि परेको नेपाल विद्युत प्राधिकरण जुम्लाका प्रमुख गौरब पाण्डेले बताए । उनले भने, “आम सरोकारवालाको सहयोग पाएको खण्डमा आउने ३र४ महिना भित्रै राष्ट्यि प्रशारण लाईन जुम्लामा जोड्न सकिने अबस्था छ । ”

तर उपभोक्ताले बत्ति बाल्न पाएका छैनन, दैनिक विद्युत कसरी सप्लाई गर्न सकिन्छ, ठेकेदारलाई कसरी छिटो बोलाउन सकिन्छ भन्ने बारे छलफल गरिरहेको समेत उल्लेख गरे । उता प्राधिकरणका प्राविधिक सहायक हेमन्त शाहुले राष्ट्यि प्रशारण लाईन विस्तारका लागि पोल गाड्न समस्या भईरहेको बताए । स्थानीय आफ्नो घर, होटल अगाडी पोल गाड्न नदिएको गुनासो गरे । तर नागरिकलाई बत्ति चाहिने पोल गाड्न नदिने गलत प्रबृत्ति देखाउनु राम्रो नभएकाले आबश्यक सहजीकरण गर्ने उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जव अलिमनिहारले बताए । व्यवसायीले ७ दिन भित्र विद्युत नियमित र आबश्यक छलफल नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया