जेष्ठनागरिकलाई न्यानो कपडा उलव्ध गराएर मनाए डाँगीले ३३ औँ जन्मदिन


जुम्ला, तातोपानी गाउँपालिका – ५ श्रीनगरका सुर्य डाँगीले आफ्नो ३३ औँ जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् । ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक, सहिद परिवार र अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो । महिलालाई न्यानो पच्छौरा र पुरुषलाई न्यानो टोपी, गलवन्दी वितरण गरिएको हो । जुम्ला जिल्लाकै जेष्ठ नागरिक एक सय ४ वर्षीया हरिकला डाँगीलगायत ६३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको हो ।
यहाँका तापक्रम मंसिरको पहिलो सातमै माइनसमा झरेको छ । आफ्नो जन्मदिनमा फजुल खर्च गर्नु भन्दा पनि थोरै भएपनि जाडोमा जेष्ठ नागरिकलाई राहत होस भनेर न्यानो कपडा वितरण गरिएको उनले बताए ।


न्यानो कपडा वितरण कार्यक्रममा उपस्थित पुर्वराज्य मन्त्री गोमा कुवँरका अनुसार अहिले जन्मदिन मनाउन पश्चिमा संस्कृति हावी भएको बेलामा यहाँका एक असल सर्जन व्यक्तिले जेष्ठ नागरिकलाई न्यानो कपडा उपलव्ध गराएर मनाउनु धेरै सरानिय कुरा हो । जन्मदिनमा केक काट्ने होटल बारमा फजुल खर्च गर्ने धेरै छन् । तर पनि हाम्रो समाज यस्तो व्यक्ति छन् जसले समाजमा सकारात्मक प्रभाब पर्ने गरी काम गर्ने गरेको उनले बताइन् ।


जन्मदिनमा फजुल खर्च जोगाएर समाजका बयबृद्ध जेष्ठ नागरिक सम्मान गर्नु र उनीहरु प्रति आदारप्रकट गर्नु धेरै असल कार्य भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने जुम्लामा पनि पश्चिमा संस्कृति अनुसार होटल, रेष्टुरामा फजुल खर्च गर्ने धेरै छन् । तर पनि हाम्रो समाजमा यस्तो व्यक्ति पनि छन् जसले त्यो फजुल खर्च जोगाएर जेष्ठनागरिकलाई माया रुपी चिनो प्रदान गर्न छन् । समाजका हरेक नागरिकले फजुल खर्च जोगाउनु पर्दछ । थोरै भएपनि समाजको उन्नती र प्रगतिका लागि काम गर्नु पर्नेमा उनले जोड दिए ।


६३ जना जेष्ठ नागरिक, ३ जना सहिद परिवार र ५ जना अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको हो ।
जन्मदिनमा आविष्कार केन्द्रलाई सहयोग
चन्दननाथ नगरपालिका – ५ जुम्लाका नेकपा जिल्ला कमिटि सदस्य तथा युवा उद्यमी मनोज बुढाथोकी मगरले आफ्नो जन्मदिनको खर्च काटेर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषण गरेका छन् ।

उनले ३४ औं जन्मदिनका अवसरमा आविष्कार केन्द्रको खातामा दुई हजार रकम जम्मा गर्दै अब प्रत्येक महिना २८ गते रकम जम्मा घोषण गरेका हुन् ।

तपाईको प्रतिक्रिया