आगलागी हुँदा डेढ हेक्टर सामुदायिक वनमा क्षति


जुम्ला ः जुम्लाको एक सामुदायिक वनमा आगालगी हुँदा डेढ हेक्टर वनक्षेत्रमा क्षती भएको छ । चन्दननाथ नगरपालिका ४ मालाभिड स्थित सिद्धि बिनायक सामुदायिक वनमा मंगलबार दिउसो १२ बजे आगलागी हुँदा डेढ हेक्टर वन क्षेत्रमा क्षती भएको हो । स्याउला सोत्तर ल्याउन वनमा गएका महिलाहरुको लापरबाहिले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तथा वन कार्यालयका कर्मचारीको सहभागीतामा आगालगी नियन्त्रण भएको सिद्धि बिनायक सामुदायिक वनका सचिव देबिप्रसाद सिमखाडाले बताए । उनका अनुसार वनमा आगलागी हुँदा साना तथा ठुला सयौ रुख विरुवा जलेर नष्ट भएका छन् । भने, समयमै पुगेको नेपाली सेना, प्रहरी तथा स्थानीयको सहयोगका कारण ठुलो क्षती हुनबाट जोगिएको सचिव सिमखाडाको भनाई छ ।
सचिव सिमखाडाका अनुसार सिद्धि विनायक सामुदायिक वनका डेढ हेक्टर सामुदायिक वनमा आगलागी हुँदा करिब १५ सय देखि २ हजार सम्म साना विरुवा तथा ठुला रुखलाई असर परेको छ । भने, साना विरुवा जलेर नष्ट भएपनि ठुला रुखलाई सामान्य असर पारेको स्थानीयले बताएका छन् । ठुला रुख जलेर नष्ट नभएपनि सुक्ने समस्या हुने स्थानीयको चिन्ता छ । चाडै बृक्षारोपणको कार्यक्रम गरिन दिन समेत माग गरेका छन् ।
यता,जिल्ला वन कार्यालय जूम्लाका सहायक वन अधिकृत भावना शाहिले आगालगीबाट सामुदादिक वनको डेढ हेक्टर जमिनमा क्षती भएको बताईन् । उनले भनिन,“डेढ हेक्टर वनमा आगलागी हुँदा देवदियार तथा सल्लाका सयौ साना विरुवा जलेर नष्ट भएका छन् ।” आगलागी भएको वनमा चाडै वृक्षारोपण कार्यक्रम गरिने सहायक वन अधिकृत शाहिको भनाई छ । वन क्षेत्र घट्दै गएको अबस्था वन जंगलको सरंक्षण तथा प्रर्बद्धनमा सबै जुट्नु पर्नेमा जोड दिईन् ।
वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेकाले सबै सचेत रहन वन कार्याले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया