जुम्ली दाजुभाईको अभिभावक बन्दै ‘जुम्ली सेवा समाज कतार’


सागर परियार ।

जुम्ली सेवा समाज कतारको पहिलो वार्षिक उत्सव सम्पन्न भएको छ । बैदेशिक रोजगारीको शिलसिलामा छिमेकी राष्ट कतारमा छरिएर रहेका जुम्ली दाजुभाईहरुको सहभागितामा प्रथम वार्षिक उत्सव सकिएको हो ।

कतारमा छरिएर रहेका जुम्ली दाजु भाइहरुको एकेबद्धता कायम गर्न, सुख दुख साट्न तथा विभिन्न समस्याहरुको समधानका विषयमा छलफल गरिएको जुम्ली सेवा समाज कतारका अध्यक्ष बल बहादुर रोकाया (बिबिसी) जुम्लीले कर्णालीष्टलाई बताए ।

उनका अनुसार कतारमा रहेक जुम्लीहरुले कोरोना कहरबा बेला पुराएको योगदानको कदर गर्दैै धन्यबाद समेत ज्ञापन गरिएको छ । कोरोनाको कहरको विषम परिस्थिति पार गर्दै जुम्ली सेवा समाज कतार लाई सहज स्थितिमा पुर्याउन सफल भयकोमा समेत अध्यक्ष रोकायाले खुसी व्यक्त गरे ।

अध्यक्ष रोकायाले थपे,“आगामी दिनमा जुम्लाका दरदराजका गाउँबस्तीबाट रोजगारीका लागि कतारहरु दाजुभाईहरुको अभिभाकत्व ग्रहण पनि जुम्ली सेवा समाज कतारले गर्ने छन् । एक अर्कामा आइपर्ने कठिनाइ साझा बनाउदै अगाडि बढ्ने हामी दृढ छौ ।”

जुम्ली सेवा समाजको सामाजिक कार्यलाई प्रभावकारी बनाउन विश्वभर छरिएकार जुम्ली दाजुभाईहरु एकढिक्का भएर अघि बढ्न आबश्यक रहेको समेत जूम्ली सेवा समाज कतारका सचिव कमल थापाले बताए ।

गएको शुक्रबार कतारमा सम्पन्न जुम्ली सेवा समाज कतारको पहिलो वार्षिक उत्सवले आगामी दिनमा कतार आउने जुम्ली दाजुभाईको अभिभाकत्व ग्रहण गर्ने, समस्या समधान गर्ने, विभिन्न अबसरमा भेला जमघट गर्ने, असहाय,दुखी विपन्न आबश्यक सहयोग राहत दिने लगायतका छलफल गरिएको सचिव थापाले जनाए ।

तपाईको प्रतिक्रिया