रोजगारीका लागि कर्णालीका हरेक वडामा ३० लाख


सुर्खेत-कर्णाली प्रदेश सरकारले रोजगारी सिर्जना गर्नका लागि प्रदेशका ७९ पालिकाका सबै वडामा ३० लाखका दरले बजेट पठाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ‘आफ्नो गाउँ, आत्मनिर्भर बनाऔँ’ भन्ने नारासहित हरेक वडामा तीस लाखका दरले पुग्नेगरी दुई अर्ब ९७ करोड ७१ लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । उक्त बजेट युवाहरुलाई रोजगारी दिन र संरचना निर्माण गर्न खर्च गरिनेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शाखा अधिकृत एवम् मुख्यमन्त्री रोजगार कार्यक्रम संयोजक सर्वदल शाहीका अनुसार चालु खर्चतर्फ एक अर्ब ४० करोड एक लाख १८ हजार र पुँजीगततर्फ एक अर्ब ५७ करोड ७० लाख ३३ हजार रुपैयाँ छुट्याइएको छ । उक्त कार्यक्रमले गाउँमा रोजगारीका अवसरहरु सिर्जना गर्ने, बेरोजगार र कोरोनाका कारण रोजगारी गुमाएका व्यक्तिको जीविकोपार्जनमा सुधार गर्ने, गरिबी निवारणमा योगदान पु¥याउने प्रदेश सरकारले लक्ष्य राखेको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि प्रदेश सरकारले कार्यविधि निर्माण गरी पालिकाहरुमा पठाएको छ । कार्यविधिअनुसार कृषि पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै भौतिक पूर्वाधारतर्फ सडक, खानेपानी, पोखरी तथा जलाशय, सिँचाइ तथा नदी नियन्त्रणलाई दोस्रो प्राथमिकतामा राखिएको छ । त्यस्तै सामुदायिक फलफूल तथा जडिबुटी खेती र वृक्षारोपण जस्ता कार्यक्रम तथा योजनाहरुलाई तेस्रो प्राथमिकतामा राखेर योजना छनौट गरिएको छ । रोजगार कार्यक्रमका लागि शिक्षा, स्वास्थ्य र खेलकुद पूर्वाधार, लघु जलविद्युत् विकास, लघुउद्यम तथा उद्यमशिलता विकास, पर्यटन पूर्वाधार जस्ता योजनाहरु छन् । त्यस्तै सोही कार्यक्रमबाट गत आर्थिक वर्षमा सञ्चालित मुख्यमन्त्री रोजगार कार्यक्रमका अधुरा आयोजना पूरा गरिने छ । योजना कार्यान्वयन गरेर बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारी र आत्मनिर्भर गाउँ बनाउने सरकारको योजना छ ।
कुन पालिकामा कति बजेट
सुर्खेतमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ४४ करोड २१ लाख १२ हजार रुपैयाँ पठाएको छ । जसमध्ये सिम्ता गाउँपालिकामा तीन करोड ८२ लाख ३१ हजार, चिंगाड गाउँपालिकामा दुई करोड ५५ लाख चार हजार, लेकबेशी नगरपालिकामा चार करोड ३० लाख ७१ हजार, गुर्भाकोट नगरपालिकामा ६ करोड आठ लाख तीन हजार, भेरीगंगा नगरपालिकामा पाँच करोड ६७ लाख ४६ हजार, वीरेन्द्रनगर नगरपालिकामा आठ करोड ६९ लाख ८० हजार, बराहताल गाउँपालिकामा चार करोड ७६ लाख तीन हजार, पञ्चपुरी नगरपालिकामा चार करोड ६९ लाख ६८ हजार र चौकुने गाउँपालिकामा चार करोड २० लाख ४६ हजार रुपैयाँ पठाइएको छ । यस्तै दैलेखमा ३९ करोड ६३ लाख ३४ हजार रुपैयाँ पठाइएको छ । जसमा भैरवी गाउँपालिकामा तीन करोड ११ लाख ७० हजार, नौमुलेमा तीन करोड ४२ लाख ६० हजार, महावुमा दुई करोड ७१ लाख ४१ हजार, ठाँटीकाँध गाउँपालिकामा दुई करोड ७५ लाख १३ हजार, आठबीस नगरपालिकामा चार करोड आठ लाख ३४ हजार, चामुण्डाविन्द्रासैनी नगरपालिकामा चार करोड चार लाख ६ हजार, दुल्लु नगरपालिकामा पाँच करोड ८७ लाख १६ हजार, नारायण नगरपालिकामा चार करोड ५५ लाख ३७ हजार, भगवतीमाई गाउँपालिकामा तीन करोड दुई लाख पाँच हजार, डुंगेश्वर गाउँपालिकामा दुई करोड ५८ लाख सात हजार र गुराँस गाउँपालिकामा तीन करोड ४७ लाख ४५ हजार रुपैयाँ पठाइएको छ ।
सल्यानमा ३५ करोड ६१ लाख ८२ हजार रुपैयाँ पठाएको छ । जसमध्ये दार्मा गाउँपालिकामा दुई करोड ६९ लाख ११ हजार, कुमाख गाउँपालिकामा तीन करोड बीस लाख १४ हजार, बनगाड कुपिण्डे नगरपालिकामा पाँच करोड २३ लाख ९२ हजार, सिद्धकुमाख गाउँपालिकामा दुई करोड १३ लाख चार हजार, बागचौर नगरपालिकापाँच करोड ६ लाख ३९ हजार, छत्रेश्वरी गाउँपालिकामा तीन करोड सात लाख १८ हजार, शारदा नगरपालिकामा ६ करोड १६ हजार, कालिमाटी गाउँपालिकामा तीन करोड १२ लाख ८९ हजार, त्रिवेणी गाउँपालिकामा दुई करोड ५१ लाख ५९ हजार र कपुरकोट गाउँपालिकामा दुई करोड ५७ लाख ४० हजार रुपैयाँ पठाइएको छ । त्यसैगरी कालिकोटमा ३३ करोड ८० लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै रुकुम पश्चिममा २९ करोड ६० लाख ७९ हजार र जुम्लामा २४ करोड ७३ लाख १२ हजार पठाएको छ । त्यस्तै मुगुमा १७ करोड ४३ लाख ९६ हजार, हुम्लामा १७ करोड पाँच लाख १८ हजार रुपैयाँ र जाजरकोटको बारेकाट गाउँपालिकामा तीन करोड ७३ लाख ५७ हजार, कुशे गाउँपालिकामा तीन करोड ८३ लाख ७२ हजार, जुनीचाँदे गाउँपालिकामा चार करोड ५५ लाख ११ हजार, छेडागाड नगरपालिकामा पाँच करोड ७६ लाख ३१ हजार, शिवालय गाउँपालिकामा तीन करोड ६२ लाख ३२ हजार, भेरी नगरपालिकामा पाँच करोड ४६ लाख ६० हजार र नलगाड नगरपालिकामा पाँच करोड ३७ लाख ४९ हजार रुपैयाँ पठाइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया