जुम्लामा नयाँ भाडादर निर्धारण,कार्यान्वयनमा प्रशासनको जोड


सागर परियार ।
जुम्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीसाधनको फेरि नयाँ भाडादर निर्धारण गरिएको छ । यातायात व्यवसायीले मनपरी रुपमा भाडा अशुलि रहेको गुनासो आएपछि यातायात व्यवस्थापन समिति प्रशासन संयुत्त बैठकले नयाँ भाडादर निर्धारण गरेको हो ।
तर कार्यान्वयनमा विगतको जस्तै चुनौति हुने देखिएको छ । केही वर्ष पहिले पनि नयाँ भाडादर कायम गरिएकमु थियो । तर व्यवसायिहरुले मनपरि भाडा उठाउँदा निर्णय कार्यान्वयनमा आउन सकेन । तर अहिले प्रजिअ भुपेन्द्र थापाको नेतृत्वले जिल्लामा सबै काम प्रभावकारी भइरहेकाले नयाँ भाडादर कार्यान्वयनमा प्रभावकारी हुने नागरिकको विश्वास छ । प्रजिअ थापाले पनि नयाँ भाडादर कार्यान्वयनमा जोड दिईने बताउनु भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जेष्ठ नागरिक ,अपाङ्गता भएका व्यक्ति,महिला आरक्षण सिट र छुटको व्यवस्था प्रभावकारी रुपमा कार्यन्वयन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले यात्रु र व्यवसायी दुबैलाई मर्का नहुने गरि भाडा निर्धारण गरिएको बताउनुभयो ।

बैठकले पेट्रोलबाट चल्ने सवारीसाधनले प्रतिकिलोमिटर ८ रुपैयाँ भाडा उठाउन पाउने निर्णय गरेको हो । कच्चीबाटोमा प्रतिकिलोमिटर १० रुपैयाँ लिन पाउने निर्णय भएको छ । यो भाडा बस, जीप र भ्यानका लागि निर्धारण गरिएको हो ।
विगतको जस्तो भाडादर कार्यान्वयनमा चुनौती देखिए सबै पक्ष मिलेर नियमन तथा कार्यान्वयनमा जुट्ने उहाँको भनाई छ ।
प्रजिअ थापाले भन्नुभयो,“यातायात समिति तथा सवारी साधनका मालिकले मनपरी भाडा अशुलेको गुनासो आयो । सवारी साधनले अनिर्वाय रूपमा पंजिकृत हुनपर्ने र सवारी यात्रुलाई अनिर्वाय टिकटको व्यवस्था गर्नु पर्ने छ ।” भने, निर्धारित सवारी साधनमा भाडादर सबैले देख्ने ठाउँमा टाँस गर्न निर्देशन गरिएको छ ।

साथै सबै लामो तथा छोटो दुरीका सवारीले अनिवार्य रुपमा रुपमा भाडादर टास्नु पर्ने छ । उल्लेखित भाडादरभन्दा बढि लिएको पाईएमा प्रशासन,ट्राफिकलाई खबर गर्न अनुरोध गरिएको छ । भने ट्राफिक कार्यालयले पनि भाडादर कार्यान्वयन तथा ट्राफिक सम्बन्धी चेकजाँचलाई समेत कडा बनाउने डिएसपि माधव प्रसाद काफ्लेले बताउनुभयो ।

कुन ठाउँको कति भाडादर ?
छोटो तथा लामो दुरीका सवारीमा प्रतिकिलोमिटर १० रुपैया सम्म भाडादर घटेको छ । यसले सामान्य नागरिकलाई राहत हुने भएको छ । मंगलबारको बैठकअनुसार सदरमुकाम खलंगा देखि पुर्वमा पर्ने उर्थु सम्मको ५ किलोमिटर सडकमा ५० रुपैयाँ भाडा तोकिएको हो ।

खलंगा देखी गढीगाउँ सम्म २२ किलोमिटरको दुरीमा २ सय २० रुपैयाँ,खलंगा देखि सिँजाको गुठिज्युला बजार सम्म ३५ किलोमिटिरको दुरीमा २ सय ४५ रुपैयाँ लिन पाउने गरि निर्णय गरिएको हो ।

नाग्मा देखी मुगुको गमगडी सम्म ९३ किलोमिटरको दुरी छ । समितिले भाडा ६ सय ५० तोकेको हो । जुम्ला बजार देखी मणिसाँघु सम्म ३ सय ७५ रुपैयाँ र मणिसाँघु देखी चोत्रा गाउँ सम्म १ सय २० भाडा निर्धारित गरिएको छ ।
जुम्ला देखि गमगडी सम्म जिपको हकमा १ हजार २सय रुपैयाँ लिन पाउनेछन् । भने, बसले एक हजार रुपैयाँ भाडा उठाउन पाउनेछ । छोटो दुरीको पक्की सडकमा बस र जिप र भ्यानले जुम्ला बजार देखी उमगाड सम्म २५ रुपैयाँ भाडा लिने छन ।

जुम्ला देखी लाम्रा सम्म ४० रुपैयाँ तातोपानी सम्म ६० रुपैयाँ र कुडारी सम्म एक सय रुपैयाँ भाडा कायम गरिएको छ । रारालिही सम्म १ सय २० र नाग्मबजार सम्म १ सय ६० रुपैयाँ भाडा लिन पाउने भएका छन । लामो दुरीको सवारीसाधन बस, मिनी बस र जिपको लागी पनि नयाँ भाडादर कायम गरिएको छ ।

जसमा जुम्ला देखि सुर्खेत सम्मको दुरीमा बसको हकमा १ हजार १ सय ६० रुपैया, जुम्ला देखि नेपालगञ्ज सम्मको १५ सय ४ रुपैयाँ भाडा तोकिएको छ । जिपको हकमा जुम्ला देखी सुर्खेत सम्म १३ सय ९० रुपैया भाडा निर्धारित गरिएको हो ।

समितिले अटोरिक्साको नयाँ भाडादर कायम गरेको छ । खलंगा देखी उमगाड सम्मको ५ किलोमिटिरको दुरीमा ५० रुपैया तोकिएको छ । उमगाड देखी बाईराका गाँउ सम्म १३ किलो मिटरको १ सय ३० रुपैयाँ, बाइराँका गाउँ देखी नाग्मबजार सम्मको १४ किलोमिटरमा १४० रुपैयाँ भाडा लिन पाइने जिल्ला यातायात ब्यवस्थापना समिति जुम्लाले जाएको छ ।

सबै क्षेत्रको भाडादर कार्यान्वयन गर्न प्रशासन कडा रुपमा अघि बढ्ने छ । सबै सवारी साधनमा टिकट र भाडादर टाँस्ने ब्यवस्था गरेकाले कुनै पनि यात्रु नठगिने प्रमुख जिल्ला अधिकारी थापाले उल्लेख गर्नुभयो । यात्रुहरुले टिकट अनबिार्य माग्नु पर्ने उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया