‘एउटै लक्ष्य र संघर्षले प्राविधिक क्षेत्रमा सफल भए’


 

संघर्षकै बीच सफलता प्राप्त गर्ने मध्यका एक हुन जुम्लाका चन्द्र खड्का । बा,आमाको व्यापारलाई सघाउदै स्कुल पढ्दै बाल्यकाल बिताएका खड्का यतिबेला नेपाल सरकारको सव–ईन्जिनियर जस्तो उच्च वहोदामा कार्यरत छन् । भने, नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रिय सदस्य पनि हुनुहुन्छ ।

आफ्नो लक्ष्य, बा आमाको रुची अनुसारनै प्राविधिक धारमा होमिएर सफल भएका खड्काको जीवन संघर्ष, सफलता लगायतका विषयमा कर्णाली पोष्टकर्मी सागर परियारले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–ईन्जिनियर चन्द्र खड्का संग गरेको कुराकानीको सारः

जीवनलाई कसरी लिनु हुन्छ ?
जीवन संघर्षको उपनाम हो । यो पृथ्वीमा संघर्ष गर्नका लागि नै हरेक नागरिकले आमाको कोख बाट जन्म लिन्छन् । तर सबैको जीवनमा देखिने खालको संघर्षशील नहुन पनि सक्छ । संघर्ष, चुनौतीको सामना बिना प्राप्त सफलताको कुनै मुल्यपनि हुदैन् । त्यसैले जीवन कालमा धेरै नभएपनि थोरै संघर्ष,अभाव झेल्दै आइयो ।

हुन त धेरैले जीवनलाई पृथ्वीको बोझ भन्छन् । त्यसलाई म गलत ठान्छु, जीवन धर्तीका लागि बोझ हैन् बरदान हो । सास रहुन्जेल सफलता प्राप्तीका लागि कुनै न कुनै किसाबले संघर्ष गर्नुपर्दछ । अनि मात्र जीवनको अर्थ पत्ता लगाउन सकिन्छ । मेरो जन्म २०३३ साल असार २४ गते भयो त्यसपछि नै लक्ष्य प्राप्तीका लागि संघर्ष दिन शुरु भए । छोटोमा भन्दा जीवन संघर्ष सास रहुन्जेल कर्म गर्नु पर्छ । आफु संग जे छ त्यसैमा सन्तोष हुनु पर्दछ यहि खास जीवन हो जस्तो मलाई लाग्छ ।

दैनिकी कसरी बिताईरहनु भएको छ ?
मेरो खास्सै भिन्नै खालको दैनिकी, जीवन शैली छैन् । मेरो कर्मथलो मेरो कार्यालय हो । दैनिक कार्यालयकै कामकाजामा समय बित्छ । कार्यक्षेत्रका हिसाबले साविक कर्णालीका पाँच जिल्ला हेर्नु पर्ने भएकोले नियमित पाँच जिल्लामा समन्वय गर्ने,सहकार्य गर्ने योजना अनुगमन निरिक्षण गर्ने । कार्यालय समय बाहेक फुर्सदमा घरायसी व्यवसायलाई सघाउने काम गर्दै मेरो दैनिक बितिरहेको छ ।

बाल्यवस्थामा के के बन्ने लक्ष्य थियो ?
अबश्यक पनि, रहेक मान्छे संग भविष्यसलाई लिएर हरेक लक्ष्य हुन्छन् । तर मेरो लक्ष्य भनेकै प्राविधिक क्षेत्रमा पढ्ने थियो । सोहि अनुरुप २०४९ सालमा सालमा मैले एसएलसी पास गरे । एसएलसी पास हुना बित्तिकै कर्णाली प्राविधक शिक्षालयमा पढ्न थाले ।

साहेत प्राविधि क्षेत्र मेरो रुचिकै विषय भएर होला २०५४ सालमबाट ओभरसियर पदमा अस्थायी जागिर शुरु गरियो । अस्थायी जागिर शुरु गरेको करिब ९ वर्षपछि अर्थात २०६२ सालमा सव–ईन्जिनियर पदमा बढुवा भए । अहिले पनि सव–ईन्जिनियर पदमै कार्यरत छु । ‘एउटै लक्ष्य लिएर होला म प्राविधिक क्षेत्रबाटै सफल भए । चाउचाउ बेचीबेची पढाउने मेरो बा आमा र जीवनको मार्ग देखाउने मेरो गुरुनै जीवनका आइडल हुन् ।’

कुनै घरपरिवारमा यो विषय पढ्नु पर्छ, अर्को पढनु पर्छ भन्ने बाध्यता हुन्थ्यो । तर पारिवारिक स्थिती पनि राम्रै भएकोले बा आमाले मेरो प्राविधिक तर्फको रुचिलाई आत्मसाथ गर्र्दै कुनै अभावको महसुस नहुने गरी पढाउनु भयो । प्राविधिक क्षेत्रकै एक अब्बल कर्मचारी हुन्छु भन्ने सोच थियो ।ढिलै भएपनि प्राविधिक धारकै सव ईन्जिनियर सम्म पुग्दा खुुसी छु । अन्नतः लक्ष्य अनुसारनै मैले सफलता प्राप्त गरे भन्नु पर्छ ।

त्यसो भए,उत्प्रेरणको सा्रेत कसलाई भन्नुहुन्छ ?
उत्प्रेरणको स्रोत बन्न बित्तिकै धेरै श्रीमती,आमा बाबा,ईष्ट मित्र भन्छन् । तर मेरो सफलताको एक मात्र उत्प्रेरणाको स्रोत भनेकै मलाई पढाउने मेरो गुरु नामै लिन चाहान्छु,(कलानन्द माझि) हुनुहुन्छ । यसो भनिरहँदा बा आमा,इष्टमित्रबाट उत्प्रेरण मिलेन भन्न खोजेको हैन् । खास मैले मेरो जीवनको आइडल मेरो गुरुलाइनै मान्छु ।

चन्दननाथ मावि विद्यालयमा पढ्दै गर्दा मेरो गुरुले मलाई ठुलो साथ, सहयोग माया गरेकै कारण म आज यहाँ सम्म पुगे । त्यतिकै रुपमा मेरा बा आमा पनि मेरा आइडल हुन् । शिक्षा गुरुले दिनुभयो । तर आजको चन्द्र खड्का बनाउन मेरो बा आमाको ठुलो लगानी छ । बा आमाको सर्मपण छ । किराना पसल गरी गरी मलाई पढाउनु भयो । त्यसैले पहिलो गुरु, दोसा्रो बा आमा मेरो उत्प्रेरणाका सा्रेत हुन् ।

जीवनका संघर्षलाई कसरी लिनु हुन्छ ?
मैले शुरुमा पनि भने जीवन भनेकै संघर्ष । फरक यति हो, तुलनात्मक रुपमा कसैले धेरै कसैले थोरै संघर्ष गर्नु पर्छ । २०४९ साल तिर प्राविधिक क्षेत्रमा पढ्नु त्यति सजिलो पनि थिएन् । तर मेरा बा आमाले मलाई निकै कष्टका साथ कुनै कुराको अभाव महशुस नहुनेरी गरी पढाउनु भयो । त्यो जीवनको संघर्ष हो ।

म प्राविधिक क्षेत्रमा पढ्दै गरेपनि पढेर आएर बा आमालाई व्यापारमा सघाउन्थे । हाम्रो पुर्खेउली रुपमै व्यापार व्यवसाय भएकोले उतिबेला मलाई पढाउने एक मात्र माध्यम भनेको व्यापार थियो । कमाई होस या नहोस बा आमाले मेरो लक्ष्य प्राप्तीका लागि कुनै कुरा कमी राख्नु भएन् । त्यहि संघर्ष छाप अहिले सम्म पनि छ ।

लै जागिर छ, व्यवसाय छ । तर मैले संघर्ष गर्न भने छोडेको छैन् । कर्णालीमा २०६३ सालमा पहिलो पटक जुम्लामा जिप ल्याउदा खेरीका संघर्ष सम्झीदा अहिले पनि मन झसंग हुन्छ । जीवनका आरोह अवरोहलाई पार गर्दै जीवनको एक सुखद मोडमा पुगेका छौ । तथापी मैले विगतको संघर्ष, बा आमाको लगानीलाई भुल्दैन् । साथै मेरो बुबाको मृत्युपछि मले झनै संघर्ष गर्न सिके ।

दाम्पत्य जीवन कसरी शुरु भयो ?
दाम्पत्य जीवनको शुरु त लभ गरेरै शुरु भयो । हुन त त्यतिबेला भागि विवाह गर्ने चलन पनि धेरै थियो । अधिकांशले भगाएरै विबाह गर्थे । तर मैले लभ पारेरै बिवाह गरेको हु । दुबै जना चन्दननाथ माविमा पढ्थेउ । कक्षा भने फरक थियो । भनिन्छ नि भाग्यमा लेखेकै हुन्छ भनेर,मेरो पनि साहेत उनि संग भाग्यमै लेखेकी थियो होला । विद्यालयमा भेटघाट हुन्थ्यो, एकअर्कामा बोलचाल हुन्थ्यो । तर कसले पहिला मन परायो भन्ने कुरा थाहानै नभएर हामी प्रेममा पर्यौ ।

हाम्रो सम्बन्ध दुबै परिवारलाई मन्जुर भएपछि सहमतीमा २०५३ सालमा विबाह गर्यौ । हाम्रो माया त्यतिबेला ‘कति कुरा नबोलेरै मिठा मिठा हुन्छन्’ भनेजस्तै भयो मनमनै मनपराएर विवाह गर्यौ । खास्सै अहिलेका यूवायुवतीले गर्ने लभ जस्तो नभई मनै मनदेखि मन पराएर एकअर्कालाई बुझेर हाम्रो प्रेम दाम्पत्य जीवनमा परिणतको थियो । अहिले मेरा १ छोरा १ छोरी आमा श्रीमती भाई बुहारी साथमै छौ । सानोमै छदा मेरो बुबाको मृत्यु भयो । आमा बुबाको माया अहिले सम्म पनि आमाबाटै पाईरहेको छु ।

व्यवसायीक क्षेत्रका बृहसपत्ति भन्छन् नि हजुरलाई कस्तो लाग्छ ?
म धेरै खुसी छु । साहेत यो सबैको माया, विश्वास साथनै मेरो सफलता हो । हुन त म घरायसी व्यवपारमा पुर्ण सग्लन छैन् । तर मेरो साथ सहयोग छ । अहिले हामीले अंकित जनरल स्टोर एण्ड सप्लार्यसबाट यामहा बाईकको डिलर,जेसिवि मेसिनको डिलर,सोनापुर सिमेन्टको डिलर,डिसहोमको डिलर र एकता प्रकाशनको डिलर संचालन गरिरहेको छौ । साथै सन्ध्या स्टेशनरी,इलेक्टोनिक पसल र सोरुम पनि संचालनमा छन् । श्रीमती,भाईले सबै व्यवसाय समालेका छन् ।

म जागिरको शिलसिललामा व्यापारमा प्रत्यक्ष सहभागी नभएपनि मेरो देन छ । हामीले यहाँको विकास, निर्माण सहज गर्न,नागरिकलाई विकासको महसुश गराउन व्यवसायीक दृष्टिबाट विभिन्न कम्पन्नीका डिलरहरु जुम्लामै संचालन गरी सेवा दिईरहेका छौ । अझै व्यवसायलाई विस्तार नागरिकलाई सहज सेवा पुराउने सोच पनि छु ।

विगतको भन्दा सबै कुरा अहिले सहज र सरल हुदै गएको छ । परिवारमा खुसीयाली छ । यो सबैको साथ मायाको उदाहरण हो । यस सुखद अडिमा माछापुच्छ्रे बैंक,सिर्दाथ बैंक,कृषि विकास बैंकलाई ह्रिदय देखिनै सम्झीन चाहान्छु । साथ सहयोग गर्ने माया गर्नेलाई नमन गर्न चाहान्छु ।

भविष्यका केहि योजना छन् भन्न मिल्ने ?
भविष्यका खाष योजना त्यस्ता केहि छैनन् । अझै १०÷१२ वर्ष जागिर छदैछ । त्यसपछि आफ्नो व्यापार समाल्ने, समाज सेवा गर्ने बस्ने हो । खास्सै कुनै ठुलो लक्ष्य छैन् । राजनीतिमा छिर्नुहुन्छ की ? भन्ने प्रश्नमा, हेरौ भोली गएर राजनीति गरिदैन पनि भन्न सकिदैन गर्छु पनि भन्न मिल्दैन् । परिस्थितीले जुन मार्ग देखाउछ त्यहि हुन्छ ।

तर स्वार्थका लागि सेवा भने कहिले गरिदैन् । अहिले जागिरमा छु त पनि समाज सेवा बेला बेला गरेकै छु । भोली पनि गर्छु । तर राजनीतिक र स्वार्थलाई विल्कुल फरक पाटो बनाएर अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता छ ।

केहि सन्देश दिनुहुन्छ पाठकलाई ?
हरेक सफल कर्मचारी,कलाकार,पत्रकार राजनीतिज्ञको पछि रहस्य र संघर्ष हुन्छ । आफु भन्दा शिक्षित विज्ञ, बौद्धिक व्यक्तिबाट धेरैले सिक्नु पर्दछ । मैले पनि मेरो अग्रजहरु ग्ुरु बा आमाबाट धेरै सिकेको थिए । सम्पुर्ण पाठक वर्गलाई के भन्छु भने, आफुलाई धर्तीको बरदान सम्झीनुहोस,धैर्यता,लगनशीलता राख्नुहोस । भने गलत संगत कहिले नगर्नुहोस आफ्नो लक्ष्य प्राप्तीका निरन्तर जुट्नु भयो भने पक्कै सफल हुने दुईमत छैन् ।

तपाईको प्रतिक्रिया