सेनाद्धारा घरदैलोमै विशषज्ञ स्वास्थ्य सेवा,नागरिक खुसी !


सागर परियार ।
नागरिक सैनिक कार्यक्रम जुम्लामा प्रभावकारी बन्दै गएको छ । नेपाली सेनाले सामाजिक हितका लागि गाउँगाउँमा गर्ने विभिन्न कार्यक्रमको प्रभावकारीता बढ्दै गएको हो । विगतमा विद्यालय भवन, नमुना शौचालय,खेलमैदान निर्माण गरेको नेपाली सेनाले जुम्लामा दोस्रो पटक गाउँमा पुगेर विशषज्ञ स्वास्थ्य सेवा दिएको छ ।

नागरिक सैनिक कार्यक्रम अन्तरर्गत नेपाली सेनाले आईतबार जुम्लाको गुठिचौर गाउँपालिका ३ मा निशुल्क बृहत्त स्वास्थ्य शिविर संचालन गरेको छ । स्वास्थ्य शिविर संगै विभिन्न चेतना मुलक कार्यक्रम तथा शंकर माविलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

आईतबार गुठिचौर गाउँपालिका ३ मा नेपाली सेनाले संचालन गरेको बृहत्त निशुल्क स्वास्थ्य शिविरबाट दुर्गम गाउँका करिब ४ सय ३८ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् जसमा महिला १ सय ५१ र पुरुष २ सय ३५ र बालबालिका ५३ जना गरी ४ सय ३८ जना स्थानीय नागरिक स्वास्थ्य शिविरबाट लाभान्वित भएका हुन् ।

नागरिक सैनिक कार्यक्रम अन्तर्गत नागरिक र नेपाली सेवाबीचको सम्बन्ध समधुर बनाउने लक्ष्यका साथ गाउँमै पुगेर विषशज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको नम्बर २४ बाहिनी अडका बाहिनीपति यम सापकोटाले बताए । उनले नेपाली सेना पनि नागरिकको सुख दुखको साथी हो भन्ने महसुश गराउन बेला बेला गाउँगाउँमा सामाजिक हितका कामहरु गर्दै आएको उल्लेख गरे ।

साथै नन्दाबक्स गण जुम्लाका गणपति दिवाकर रायमाझिले चालु आवको पहिलो नागरिक सैंनिक कार्यक्रम अन्तरर्गत बृहत्त निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताए । उनले भने,“सेनाले देशको शान्ती सुरक्षा संगै पूर्वाधार विकास पनि गर्छ । भने, नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमलाई जोड दिएर गाउँगाउँमा स्वास्थ्य शिविर,जनचेतनामुलक कार्यक्रम गर्दै आएका छौ ।”

यता गुठिचौर गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले सस्थानीय सरकारले गर्ने काम नेपाली सेनाले गरेको बताउनुभयो । नागरिक र सेना बीचको सम्बन्ध समधुर बनाउन यस्ता सामाजिक हितका कार्यक्रम कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

अधिकांश महिलामा पाठेघरको समस्या 

आईतबार गुठिचौरको स्वास्थ्य शिविरमा जाँच गरिएका अधिकांश महिलाहरुमा पाठेघरको समस्या भेटिएको स्त्रीरोग विषशज्ञ डाक्टर सुबी बस्नेतले बताउनुभयो । उहाँका अनुसार आईतबार स्वास्थ्य जाँच गरेका १ सय ५१ जना महिला मध्य करिब ९० प्रतिशत महिलामा पाठेघर क्यान्सनको जोखिम,सेतो पानी बग्ने र महिनावारी भएको बेला रक्त श्राव हुने समस्या बढी देखिएको हो ।

३५ देखि ४० र ६० वर्ष मुनिका महिलामा बढी पाठेघरको समस्या देखिएको स्त्रीरोग विशषज्ञे डाक्टर बस्नेको भनाई छ । उनिहरुलाई आबश्यक औषधी र काम संगै प्रयाप्त पोषिला खानेकुरा खान र आराम गर्न समेत सम्झाइएको छ ।
जनन स्वास्थ्य परिपक्क नभई बच्चा जन्माउनु बिवाह गर्नु,कार्यभार धेरै हुनु,चुरोट तमाखुको प्रयोग गर्नु,भोरी बोक्नु आराम नगर्नु लगायतका कारणले दुर्गमका महिलाहरुमा पाठेघर क्यान्सरको जोखिम बढ्ने गरेको डाक्टर बस्नेतको भनाई छ ।

भने, अन्य पुरुष,बालबालिका,यूवा युवतीहरुमा,ग्यास्टीक,हाडजोर्नी,छाती दुख्ने लगायतका समस्या बढी देखिएको डाक्टर हेमन्त चौधरीले उल्लेख गर्नुभयो । उनका अनुसार उमेर नपुग्दै सानैमा विवाह,आराम भन्दा काम बढी गर्नाले पाठेघरमा समस्या हुने गरेको छ । यसको रोकथामका लागि गाउँगाउँमा चेतनामुलक कार्यक्रमहरु बढाउनु पर्ने डाक्टर चौधरीको सुझाब छ ।

नेपाली सेनाले स्वास्थ्उ शिविर संचालन गरेर दुर्गमका महिलाको समस्या बाहिर ल्याएको छ । उनिहरुको समस्या समधान गर्न, महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि सरकारी तथा गैरसकारी निकायले सचेतनामुलक कार्यक्रम गर्न आबश्यक छ ।

गाउँमै विषशज्ञ सेवा पाउँला नागरिक खुसी
नेपाली सेनाको नागरिक सैनिक कार्यक्रम अन्तरर्गत घरदैलोमै संचालन गरिएको स्वास्थ्य शिविरले स्थानीयले राहत महसुश गरेका छन् । गाउँमै पहिलो पल्ट बृहत्त निशुल्क स्वास्थ्य शिविर चल्दा गुठिचौर सयौ नागरिक खुसी भएका थिए । ७० वर्षिय महिला कालु बुढाले भनिन,“हिडेर सदरमुकाम जान सक्ने अबस्था थिएन् । गाउँमै पुगेर स्वास्थ्य जाँच गरी औषधी दिदाँ सारै खुसी लाग्यो ।” उहिले सेना देख्दा डर लागथ्यो अहिले गाउँमै पुगेर सेना नागरिकको सेवा गर्न थालेपछि कुनै डर त्रास नरहेको उहाँको भनाई छ ।

साथै उमेरले ७६ वर्ष नाघि सकेकी गुठिचौर ३ की नानीकला बुढाले पनि गाउँमै औषधी उपचार पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“पुरुष त विरामी हुँदा अस्पताल गएर जाँच गरिहाल्छन् । महिलालाई घरधन्दा मेलापात गर्दै ठिक्क हुन्छ । नेपाली सेनाले गाउँमै उपचार गरेर निशुल्क औषधी दिँदा खुसी व्यक्त गरिन् । नानीकला कालु बुढा जस्तै गाउँमै स्वास्थ्य शिविर संचालन हुँदा सयौ नागरिकले सेनाले सामाजिक उत्तरलायित्वका क्षेत्रमा गरिरहेको कामको प्रशांसा गरेका छन् ।

भ्ने, नेपाली सेनाले जुम्लामा यस अघि यस अघि नागरिक सैनिक कार्यक्रम अन्तरर्गत जुम्लामा नेपाली सेनाले यहाँको तातोपानी गाउँपालिका ४ हाँकु चन्दननाथ नगरपालिका ३ अनामनगरमा विद्यालय भवन, सत्यबादी मावि दशौदीमा नमुना शौचालय समेत निर्माण गरी हस्तान्तरण गरिसकेको छ । भने, पछिल्लो समय नागरिक सैनिक कार्यक्रम पनि निकै प्रभावकारी बन्दै गएको पाइएको छ ।

तपाईको प्रतिक्रिया