स्थानिय सरकारले पुरायो गाउँ गाउँमा सडक


सागर परियार जुम्ला । स्थानिय सरकार आएपछि भौतिक विकास निमार्णले केहि रुपमा भएपनि गति लिएको छ । स्थानियले पनि स्थानिय सरकारले पाँच स लाई विशेष प्रथामिकतामा राखेर विकास निमार्ण भईरहेको बताएका छन् ।

शिक्षा, स्वास्थ्य, सडक, सिचाई र संचारको विकासलाई विशेष प्रथामिकता दिएर अहिलेका जनप्रतिनिधिहरुले काम गरिरहेका छन् । विकासको लागि सबै पुर्वाधार आबश्क परेपनि ति मध्यको सडक भनेको पहिलो आबश्कता हो । अहिले पनि जुम्लाका अधिंकाश ग्रामिण बस्तीका कृषि उत्पादनले सडकको अभावमा बजार पाउन सकेको छैनन् ।

जसले गर्दा कृर्षकहरुले आफ्नो परिश्रम अनुसार मुल्य नपाएको बेला बेला गुनासो गर्ने गरेका छन् । प्रत्यक बस्तीमा सडक पुराउने तातोपानी गाउँपालिकाको प्रथामिकता अनुसार ६ नम्बर वडाको हियाखोला गाउँमा सडक पुगेको छ । पहिलो गोरेटो बाटो भएको उक्त हियाखोला गाउँमा स्थानिय सरकार आएपछि मात्रै सडक पुगेको स्थानियले बताए ।

अहिले तातोपानी गाउँपालिकाले सबै गाउँमा सडक पुराउने योजनाका साथ काम अगाडी बढाएको छ । जस अन्तरर्गत ६ नम्बर वडाको हियोखोला गाउँ र ५ नम्बर वडाको नगर गाउँमा सडक पुगेको गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताए । उनका अनुसार सबै वडामा यसै आर्थिक भित्र सडक विस्तार भई सक्ने छ ।
यस आर्थिक वर्षमा आएको झण्डै २३ करोड बजेट नै ८ वटा वडाको विकासका लागि विनियोजित भएको अध्यक्ष न्यौपानेको भनाई छ । जस अनुसार सडक विस्तारका लागि प्रत्यक वडा पालिका १५ लाख बढि बजेट छुटाइएको छ । केहि बस्तीमा सडक पुगि सकेका छन् । भने केहिमा पुग्ने क्रममै छन् ।
तातोपानी गाउँपालिकाका, १,२,३,४,५,र ६ का अधिंकाश बस्ती सडक संजालको पहुँचमा पुगी सकेका छन् । भने, ७ र ८ नम्बर वडा ताम्तीमा कुडारी ताम्ती जोड्ने पुल नबनेकै कारण संडक संजाल जोडिएको छैन् । त्यसको लागि तिला गाउँपालिका र तातोपानी गाउँपालिकाको समन्वयमा निमार्ण गर्ने छलफल थालिने तातोपानी गाउँपालिकाका उपप्रमुख गंगा उपाध्यायले बताईन ।

स्थानिय उत्पादनले अब बजार पाउला त ?
विकासको पहिलो आधार मानिने सडक संजाल विस्तार भएपछि गाउँमा उत्पादन हुने कृषि उपजले बजार पाउने भन्दै स्थानिय कृषकहरु मख्ख भएका छन् । तातोपानी ६ हियाखोला गाउँका कृर्षक भैरब केसीले भने, पहिले गाउँमा उत्पादन गरिएको आलु, सागपात, सिमी लगायत अन्य कृषि उपज सडक नहुँदा गाउँमै थन्कीन्थ्यो, तर अब भने, बजारमा लिन सहजता हुने आशा पलाएको उनको भनाई छ ।

गत वर्ष हियाखोला गाउँमा सडक नहुँदा बजारीकरणको अभावले झण्डै ५ हजार क्वईन्टल आलु गाउँमै थन्कीएको गुनासो गरे सोहि गाउँका स्थानिय महिला हरिदेबी सुनारले । अब त गाउँमै सडक पुगेको व्यवसायीक कृषि खेती गरी कृषि उपजको बजारी करणमा निकै राहात हुने उनको पनि आशा छ । केहि खाएर केहि बजारमा विक्री गर्नको लागि सडक सहजता गरे छोराछोरीको कापी कलम गर्न सकिने आशा धेरैको छ । सडक विस्तार भइसकेपछि स्थानिय उत्पादनले सजिलै बजार पाउला भन्ने ग्यारेन्टी छैन् तातोपानी ३ की मोतीपुरा रावलले भनिन, गाउँपालिकाले संकलन केन्द्रको व्यवस्थापन पनि चाडै गर्नु पर्छ ।

यो वर्ष रोड निमार्णको काम सकाएपनि अर्को वर्ष जसरी पनि कालोपत्र गरे सडक विस्तारको कामले पुर्णता पाउने र अन्य विकासका ढोका खोलिने मोतीपुरा रावलको जस्तै धेरैको अपेक्षा छ ।

तातोपानी गाउँपालिकाले लिएको ५ स को निति अनुसार सडकको विस्तार संगै संचारको विकासका लागि निरन्तर काम अघि बढिरहेको वडा नम्बर ३ का अध्यक्ष डिल्ली रावलले बताए । उनका अनुसार गाउँमै जिएसएम टावरको निमार्ण कार्य भईरहेको छ । भने, सोलार जडान कार्य सकिएको छ । अबको केहि दिनमै तातोपानी गाउँपालिकाका स्थानियले गाउँमै बसेर नेट ईन्टरनेट चलाउनुका साथै स्पष्ट फोन गर्न पाउने अध्यक्ष रावलले विश्वास दिलाए ।

तपाईको प्रतिक्रिया