
मार्सीधानामा ब्राउन स्पोट रोग तर उत्पादन नघट्ने
जुम्ला । विगतका वर्षमा प्राय बलाष्ट रोग लाग्ने जुम्ली मार्सीधानमा यस वर्ष ब्राउन स्टोप रोग लागेको छ । आईतबार कृषि विज्ञ सहितको टोलीले तातोपानी गाउँपालिकाका ४ र ५ वडाका मार्सीधान रोपेका खेतमा गरिएको अनुगमनबाट ब्राउन स्पोट रोग लागेको पाइएको हो । तातोपानी गाउँपालिका कृषि संयोजक धर्मराज आर्चायले भने,“अनुसन्धानका क्रममा फाटफुट रुपमा बलाष्ट रोग देखिएको छ । भने ब्राउन स्पोट रोग मार्सीधानमा अलि बढी देखिए छ ।”
प्रयाप्त सिचाई र नाईट्रोजनको अभावले मार्सीधानमा ब्राउन स्पोट रोग लाग्ने कृषि संयोजक आर्चायले उल्लेख गरे । यदपी, ब्राउन स्पोट रोगका कारण मार्सीधानको उत्पादनमा भने कुनै गिरावट नआउने कृषि विज्ञको भनाई छ । कार्तिक महिना मार्सी भित्राउने समय सम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने बताएका छन् । यतिबेला जुम्लाका पुर्वमा पर्ने विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने छुमचौर र पश्चिममा