
उपकुलपति ज्यूलाई पत्रकारको चिठी
श्री उपकुलपति राजेन्द्रराज वाग्ले ज्यू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
सर्वप्रथम, नमस्कार टक्र्याउन चाहान्छौं ।
उपकुलपति ज्यू, हामी यहाँ आराम छौं, त्यहाँ तपाईको पनि आरामको कामना गर्दछौं । दुई हप्ता अघि प्रतिष्ठानको सम्पर्क कार्यालय काठमाडौैैं छोडेर केन्द्रीय कार्यालय जुम्लामा आईपुग्नुभएका तपाई र हामी बस्ने स्थान र कार्यालय मुस्किलले मात्र एक सय मिटर दूरी टाढा छ । यहाँ सामान्यतः हिँडडुल गर्दा समेत भेट भईहाल्ने ठाउँमा सूचनाको साधनहरु उपयोग गर्दा पनि तपाईसँग भेट हुन नसक्ने नियत र प्रवृतिको कारण यो सूचना र प्रविधिको तीव्रतम् विकास भईरहेको बेला २०औं शताब्दीको पराम्परागत हुलाक सेवालाई तपाईसँग भेट गर्ने माध्यमको रुपमा अंगिकार गर्न विवश भएको छौं ।
यतिबेला तपाई चन्द्र धरातल र हामी पृथ्वी रहेको जस्तो बिडम्बनायुक्त परिवेशको सामना गर्नु परिरहेको छ । उपकुलपतिज्यू, शक्तिशाली कर्णाली राज्