
नेतालाई सत्ताको टन्टा, जनतालाई महंगीको डण्डा
राजनीतिक अस्थिरताको फाइदा उठाउँदै कालोबजारी सुरु
६ माघ, काठमाडौं । शुक्रबार बिहान खानेतेल किन्न किराना पसल छिरेकी बालाजु बाइपासकी सुभद्रा अर्याल तेलको मूल्य सुनेर तीनछक्क परिन् । चारदिनको फरकमा सूर्यमुखी र भटमासको खाने तेलको मूल्य लिटरमा १५ रुपैयाँ महंगो भएपछि पसलेतिर उनले प्रश्न गरिन्– अब जनता कसरी बाँच्ने ?
किराना पसले सुवास पन्थीले जवाफ फर्काए– ‘होलसेलबाटै महंगो भएको छ, हामीले नै ठगे जसरी नभन्नु न दिदी ।’
पसलको छेउमै उभिएका मकवानपुरका सुमन सिग्देलले तेल मात्रै नभई अत्यवश्यक सबै खाद्यवस्तुको मूल्य अस्वाभाविक रुपमा बढेको सुनाए । उनी भन्छन् ‘तेल मात्रै होइन, चामल, चिनी र कुखुराको मासुसमेतको भाउ मनपरी वृद्धि भएको छ । घर बनाउने सिजन सुरु भएसँगै सिमेन्ट र फलामको दामसमेत बढेको छ ।’
शुभद्राले थपिन्, ‘नेतालाई कुर्सीको टन्टा, हामीलाई महंगीको डण्डा । खोइ एक लिटर सनफ्लावर