शिक्षा

लकडाउन पूर्णरुपमा कार्यन्वयन गर्न मुल बाटो बन्द

लकडाउन पूर्णरुपमा कार्यन्वयन गर्न मुल बाटो बन्द

शिक्षा, समाज
जुम्ला ः जुम्लाको सिंजा भेग एक पर्यटकिय क्षेत्र हो । यो क्षेत्रमा आवत जावत बढी नै हुने गर्दछ । यहाँका स्थानीय व्यापार व्यवसायको लागि छिमेकी राष्ट्र भारत देखि तेस्रो मुलुकसम्म पुग्ने गर्दछन् । मंसिर महिना जाने र चैत महिना आफ्नो गृह जिल्लामा आउने उनीहरुको पुरानै चलन हो । कतिपय स्थानीय बाह्रै महिना जिल्ला बाहिर बसेर व्यवसाय पनि गर्ने गर्दछन् । तर यस बर्ष विश्वभर कोरोनाको त्रास भएपछि सिंजाका स्थानीय बासी आफ्नो गृह जिल्ला आउने क्रम बढ्दो क्रममा रहेको स्थानीय उपेन्द्र न्यौपानेले बताए । उनले भने कोरोनाको संक्रमणका कारण सरकारले देश नै लकडाउन गरेपछि यहाँका स्थानीय रात अर्धरात आफ्नो घरमा पुग्ने गरेका छन् । यहाँका स्थानीय बाहिर जिल्लाबाट आउने गरेकाले एक अर्काेको घरमा नजाउन र केही रुपमा उनीहरुलाई बन्देज होस भनेर कनकासुन्दरी गाउँपालिका – ५ लुड्कु गाउँका स्थानीय युवाले आवत जावत गर्ने मुल बाटो नै ब
जुम्लाको तिला गाउँपालिकामा ५० बेडको क्वारेन्टाइन

जुम्लाको तिला गाउँपालिकामा ५० बेडको क्वारेन्टाइन

शिक्षा, समाज, स्थानिय तह, स्वास्थ्य
जुम्ला ः तिला गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । यहाँको रारालिहि सितानगर बजारमा रहेको सिता माध्यमिक विद्यालय रारालिहीमा २० बेड, त्रिवेणीमा रहेको भैरव आधारभुत विद्यालयमा १० बेड, नाभिडाँडा आधारभुत विद्यालय सापुल्लीमा १० बेड र कुडारी वडा कार्यालयमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी र उपाध्यक्ष बिष्णु बुढा लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटा, स्थानीय राजनैतिक दलका प्रतिनिधि सहितको टोलीले क्वारेन्टाइन निर्माण गरेका हुन् । क्वारेन्टाइन स्थलमा बेड विस्तारा पुगेर तयारी भइसकेको छ । खानेपानी, शौचालय र सफा वातावरण भएका विद्यालयमा क्वारेन्टाइन बनाइएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनका अनुसार कामको शिलशिलामा कालापहाड लगायतका खाडी मुलुकबाट फर्किएकालाइ मध्येनजर गर्दै क्वारेन्टाइन
प्रत्येक घरधुरीका सदस्यलाई मास्क र साबुन वितरण

प्रत्येक घरधुरीका सदस्यलाई मास्क र साबुन वितरण

शिक्षा, स्वास्थ्य
जुम्ला ः हिमा गाउँपालिकाले कोरोना भाइरसबाट बच्नका लागि गाउँपालिका भरीका प्रत्येक घरधुरी सदस्यलाई माक्स र सावुन वितरण गर्दै आएको छ । पालिकामा १२ हजार ६ सय १२ जनसंख्या रहेको छ । यस भाइरसबाट बच्नका लागि सवै भन्दा उत्तम उपाया भनेको सफासँग सावुन पानी हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग गर्नुपर्ने हुन्छ स्वास्थ्यकर्मी मेनका देवकोटाले भनिन् होम क्वारेन्टाइनमा बस्नु पर्दछ । अहिले यहाँका आम नागरिकलाई यहि विधि नै सिकाउने गरेका छौँ । गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कोरोना भाइरसले देश संकटमा परेको अवस्थामा सावुन र माक्स बोकेर नागरिकको घरदैलोमा पुग्ने गरेको बताए । उनले भने सवै भन्दा पहिला हामीले रोग लाग्नबाट बच्नका लागि सावधानी अपनाउन नै उत्तम हुन्छ । भिडभाडमा नगएर घरभित्रै बस्न आवश्यक भएकाले सवै नागरिकलाई सम्झाउने गरेको उनले बताए । गाउँपालिका भरीका सवै घरधुरीमा पुगेर सवै परिवार सदस्यला
भारतबाट आएका एक युवा क्वारेनटाइनमा

भारतबाट आएका एक युवा क्वारेनटाइनमा

शिक्षा, समाज, स्वास्थ्य
जुम्ला ः जुम्लाका एक यूवालाई कोरोनाको आशंकापछि क्वारेनटाइनमा राखिएको छ । सिंजाका ३२ वर्षीय एक यूवालाई क्वारेनटाइनमा राखिएको हो । भारतको कास्मीरबाट आएको करिब ११ दिनपछि चेकजाँच गर्दा उच्च ज्वरो र निरन्तर खोकी लागेपछि क्वारेनटाइनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताए । उनका अनुसार उनी युवालाई विगत सात दिनदेखि निरन्तर उच्च ज्वरो र तीन देखि खोकी लागेको थियो । आफै उपचारका लागि शिक्षण अस्पताल जुम्ला पुगेका उनमा चेकजाँच गर्न कोरोनाको लक्षण देखिएपछि कर्णाली प्राविधिक शिक्षालय स्थित क्वारेनटाईनमा रोखिएको डाक्टर रावलको भनाई छ । जुम्लामा लकडाउनका बीच पनि दैनिक हजारौ नागरिक भारतबाट भित्रि रहेकाले कोरोना संक्रमणको उच्च जोखिम कर्णाली रहेको छ । हेल्थ डेक्समा चेकजाँचमा कडाई गर्न समेत निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । २५ सय य
जुम्लामा चैत १० देखि १६ गते सम्म ‘लकडाउन’,सय बेडको क्वारेन्टाईन स्थल तयार गरिदै

जुम्लामा चैत १० देखि १६ गते सम्म ‘लकडाउन’,सय बेडको क्वारेन्टाईन स्थल तयार गरिदै

शिक्षा, समाज, स्वास्थ्य
सागर परियार जुम्ला ।  विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नोवल कोरोना भाईरस रोगथामको पूर्वतयारीका लागि जुम्लामा एकहप्ता सम्म जनता कफुयू ‘लकडाउन’ गरिने निर्णय गरिएको छ । आईतबार बसेको विपद व्यवस्थापन समितिको बैठकले चैत १० देखि १६ गते सम्म जुम्लामा ‘लकडाउन’ गरिने निर्णय गरेको हो । अत्याआबश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा कोरोनाको जोमिखबाट बच्न एक हप्ताका लागि ‘लकडाउन’ नीति अपनाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार मानिसको भिडभाड कम गर्न तथा कोरोनाको प्रतिकार्य गर्नका लागि पनि ‘लकडाउन’ नीति आबश्यक रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मंगल रावलले कोरोना संक्रमरणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लकडाउन’ निर्णय स्वागत योग्य भएको बताए । उनले भने, आईतबारनै जुम्ला विमानस्थल तथा नाग्म जुम्लाको सिमाना नाग्ममा हेल्थडेक्स स्थापन
खस भाषा संरक्षण अभियान : नेपाली भाषाको जननी जोगाउने जमर्को

खस भाषा संरक्षण अभियान : नेपाली भाषाको जननी जोगाउने जमर्को

शिक्षा, समाज
जुम्ला चन्दननाथ नगरपालिका–१ का रमानन्द आचार्यको एक दशकको प्रयासले सार्थकता पाउँदै छ । ३५ हजार शब्दसहितको खस भाषाको शब्दकोश बजारमा ल्याउने तयारीमा छन्, उनी । ७५ वर्षीय आचार्य पूर्वशिक्षक हुन् । भन्छन्, ‘आफ्नो जीवनकालमै शब्दकोश तयार पार्ने लक्ष्य पूरा हुँदै छ ।’ प्राचीन खस राज्यको आधिकारिक भाषा खस वर्तमान नेपाली भाषाको जननी पनि मानिन्छ । डोटेली, बैतडेली, अछामी, दैलेखी, बझांगी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेलधुरी र गढवाली भाषाको जन्म पनि खसबाटै भएको मानिन्छ । पछिल्ला वर्षमा यो प्राचीन भाषा जोखिममा परेको छ । त्यसैले कर्णाली प्रदेशमा यो भाषाको संरक्षणलाई अभियानकै रूप दिने प्रयास सुरु भएको छ । त्यसैको एक अंग हो, पूर्वशिक्षक आचार्यले तयार पारेको शब्दकोश पनि । जुम्लाको सिँजा उपत्यकालाई खस भाषाको उद्गम थलो मानिन्छ ।  खस भाषामा पाठ्यपुस्तक कर्णालीका स्रष्टाले त खस भाषा संरक्षण अभ
कोरोना बिरुद गाउँगाउँमा सचेत जोगाउँदै पातारासी गाउँपालिका

कोरोना बिरुद गाउँगाउँमा सचेत जोगाउँदै पातारासी गाउँपालिका

शिक्षा, स्वास्थ्य
सागर परियार । पातारासी गाउँपालिकाले नोवल कोरोना भाईरसबाट त्रसित नहुन तथा संक्रमण हुनबाट बच्न गाउँगाउँमा सचेतना अभियान संचालन गरेको छ । विश्व व्यापी माहामारीका रुपमा फैलिएको कोरोनाबारे नागरिकलाई सचेत गराउन गाउँगाउँमा अभियान चलाईएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । उनका अनुसार पहिलो दिन बिहिवार गाउँपालिकाको पूर्वमा पर्ने १,२, र ३ वडाका तल्फी, परे, छुमचौर लगायतका गाउँमा कोरोना भाईरसबाट बच्ने उपायका बारेमा सिकाईएको छ । कोरोनाबाट वचन तथा बचाउन सम्पुर्ण तयारी तिब्र भैईरहेको अध्यक्ष बोहोराको दाबी छ । पालिकाभरीका ७ वटै वडाका करिब २७ वटा गाउँ बस्तीमा पुग्ने गरि अभियानै संचालन गरेको प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । स्वास्थ्यकर्मि सहितको टोली लिएर गाउँगाउँ सर्वसाधारणहरु कोरोनाबाट बच्ने उपाय तथा यसको मनोबैज्ञानिक त्रासलाई कम गर्न परामर्श समेत गरिएको बु
भैरब माबि नराकोटको डकुमेन्ट्री सार्वजनिक

भैरब माबि नराकोटको डकुमेन्ट्री सार्वजनिक

शिक्षा
जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकामा रहेको भैरब माध्यमिक बिध्यालय नराकोटको बृत्तचित्र सार्बजनिक गरिएको छ । २०१७ सालमा स्थापना भएको भैरब माध्यमिक बिद्यालयमा अहिले कक्षा १–१२, १५ महिने कृषि जेटिए र ३ बर्षे वाली बिज्ञानको पठान पाठन भईरहेको छ । यस बिद्यालयले गरेका उपलब्धी, हालको शैक्षिक वातावरण विभिन्न सुबिधाको वर्णन डकुमेन्ट्रीमा देखाइएको छ । पत्रकार मोहन बिक्रम शाहीले छायांकन र निर्देशन गरेको डकुमेन्ट्रीको विहिबार भैरब मावि नराकोटमा अबिभाबक, बिद्यार्थी र जनप्रतिनिधिको उपस्थितिमा सार्वजनिक गरिएको हो । सिजा गाउँपालिका सामाजिक शाखा प्रमुख नवीन शर्माले डकुमेन्ट्री बिद्यालय क्षेत्रमा बनाईएको यो डकुमेन्ट्री कर्णालीकै पहिलो प्रयास भएकाले बिद्यालय प्रति सरोकारवाला सबैको जिम्मेवारी थप बढेको बताए । करिब चार लाख रुपैयाँ खर्चमा बनाईएको डकुमेन्ट्रीमा बिद्यालयको भौगोलिक वातावरण प्रस्ट देखाइनुका सा
एसईई परीक्षा स्थगित

एसईई परीक्षा स्थगित

शिक्षा
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए । बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् । एसइईको परि
एसइई परीक्षा ः जुम्लामा एक मात्र महिला केन्द्राध्यक्ष

एसइई परीक्षा ः जुम्लामा एक मात्र महिला केन्द्राध्यक्ष

शिक्षा
जुम्ला ः चैत ६ देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि जुम्ला जिल्लामा एक जना मात्र महिला केन्द्राध्यक्ष नियूक्ति भएकी छन् । एक नगरपालिका सहित सात गाउँपालिकामा कुल १६ वटा परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्दाध्यक्ष नियूक्त गरिएको जिल्ला परीक्षा समन्वय समितिका सदस्य सचिव तथा शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए । चन्दननाथ माध्यामिक विद्यालयका मावि शिक्षक समृता बुढालाई जनता माध्यामिक विद्यालय महतगाउँ परीक्षा केन्द्रको केन्द्राध्यक्ष नियूक्त गरिएको उनले बताए । माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८(संशोधनसहित) बमोजिम परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक माध्यामिक तहका स्थायी शिक्षक भएमा त्यस्ता प्रधानाध्यापक तथा शिक्षकलाई नै केन्द्राध्यक्ष नियूक्ति गर्ने प्रावधान रहेको छ । जनता माध्य